• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 19, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

टी-२० विश्वकप : दीपेन्द्रको अर्धशतकमा १२ वर्षपछि नेपालको जित

खप्तड मालिका न्युज February 18, 2026 मा प्रकाशित (१ दिन अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँः दीपेन्द्र सिंह ऐरीको आक्रमक अर्धशतकमा नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डलाई ७ विकेटले पराजित गर्दै १२ वर्षपछि विश्वकपमा पहिलो जित हात पारेको छ ।

मुम्बईको वानखेडे मैदानमा स्कटल्याण्डलाई हराउँदै यस विश्वकपमा सान्त्वना जित निकालेको नेपालले सन् २०१४ पछि टी२० विश्वकपमा पहिलो खेल जितेको हो । सन् २०१४ मा बंगलादेशमा विश्वकपमा डेब्यु गर्दा हङकङ र अफगानिस्तानलाई पराजित गरेको नेपालले त्यस यता ६ खेलमा हार व्यहोरेको थियो ।

यस पटक सुपर एट पुग्ने लक्ष्य राखेको नेपालले इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिजसँगको खेल गुमाएपछि समूह चरणबाटै बाहिरिसकेको थियो । तर प्रतिष्ठाको लागि भएको अन्तिम खेलमा नेपालले जितसहित सुखद रुपमा अन्त्य गरेको हो ।

स्कटल्याण्डले दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा दीपेन्द्रले अर्धशतक प्रहार गरे ।यस्तै कुशल भुर्तेलले ४३ र आसिफ शेखले ३३ रन योगदान गरे ।

कुशल र आसिफको सुरुवात, दीपेन्द्रले गरे फिनिङ

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमै ५६ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए । यस संस्करणमा नेपालको पावर प्लेमा यो सबैभन्दा उच्च स्कोर हो । यसअघि पहिलो खेलमा इंग्ल्याण्ड विरुद्ध नेपालले पावर प्लेमा ४७/२ रन बनाएको थियो ।

पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफले ९.१ ओभरमा ७४ रनको साझेदारी गरे । तर अर्धशतक नजिक पुगेका भुर्तेललाई माइकल लिस्कले टम ब्रुसबाट क्याचआउट गराएपछि नेपालको रनगतिमा केही अंकुश लागेको थियो ।

आसिफ र कप्तान रोहितले नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेपनि लिस्कले लगातार विकेट लिँदै नेपाललाई दबाबमा राखेका थिए ।अर्का ओपनर आसिफ पनि १२ औं ओभरमा लिक्सकै बलमा आउट भए । आसिफले २७ बलमा २ छक्का प्रहार गरी ३३ रन जोडे । लिस्कले  तेस्रो ओभरमा नेपालका कप्तान रोहित पौडेललाई माइकल जोन्सबाट क्याचआउट गराउँदै तेस्रो सफलता दिलाए ।

९८-३ को अवस्थाबाट उपकप्तान दीपेन्द्र सिंह ऐरी र पाँचौ नम्बरमा प्रमोट भएका गुल्सन झा मिलेर नेपालको इनिङ्स अघि बढाएका थिए ।   आक्रमक ब्याटिङ गरेका दीपेन्द्रलाई गुल्सनले राम्रो साथ दिएका थिए ।दीपेन्द्रले १६ औं ओभरमा लिस्कलाई २ छक्का र १ चौका प्रहार गरेपछि नेपालले एकै ओभरमा २० रन जोडेको थियो ।

दीपेन्द्रले अन्तिम ओभरमा २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै जारी विश्वकपमा लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन् । यसअघि उनले वेस्ट इन्डिज विरुद्ध अर्धशतक प्रहार गरेका थिए । टी२० विश्वकपमा लगातार अर्धशतक हान्ने उनी पहिलो नेपाली खेलाडी बने । यस्तै गुल्सन झाले अविजित २४ रन बनाए । १७ बल खेल्दै उनले १ चौका र २ छक्का प्रहार गरे ।बलिङमा स्कटल्याण्डका माइकल लिस्कले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।

माइकल जोन्स र जर्न मुन्सेको सुरुवात:

मुम्बईस्थित वानखेडे स्टेडियममा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ओपनर माइकल जोन्सको अर्धशतकमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो ।

स्कटल्यान्डका लागि ओपनर माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए । यस्तै जर्ज मुन्सेले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन जोडे । नेपालका सोमपाल कामीले ३ र नन्दन यादवले २ विकेट लिए ।पहिलो १० ओभरमा १ विकेट मात्र गुमाएर ८० रन बनाएको स्कटल्यान्डले त्यसपछि १० ओभरमा ९० रन जोड्दा ६ विकेट गुमाएको थियो ।

सुरुवाती १० ओभरमा स्कटिङ ब्याटरले नेपाली बलरमाथि डोमिनेट गरेपनि पहिलो विकेट लिएपछि भने नेपालले खेलमा केही दबाब सिर्जना गरेको थियो । १० ओभरपछि भने खेलमा नेपालले डोमिनेट गरेको थियो ।ओपनरद्वय माइकल जोन्स र जर्ज मुन्सेले पहिलो विकेटका लागि ८० रनको साझेदारी गर्दै स्कटल्यान्डका लागि राम्रो सुरुवात दिलाएका थिए ।

नेपालका लागि चार बलरले विकेट लिन नसकेपछि कप्तान रोहित पौडेलले आफैँ बलिङ गर्दै ब्रेक थ्रो दिलाएका थिए । आठौं ओभरमा आएका रोहितले ६ रन दिएका थिए भने दशौँ ओभरको अन्तिम बलमा ओपनर जर्ज मुन्सेलाई सन्दिप जोराबाट क्याचआउट गराएका थिए । मुन्सेले २९ बल खेल्दै ४ चौका मदतमा २७ रन बनाए ।दोस्रो विकेटका लागि पनि माइकल जोन्सले ब्राण्ड म्याकुमलेनसँग अर्धशतकिय (५२ रन) साझेदारी गरे ।

डेथ ओभरमा नेपालको कमाल

अन्तिम पाँच ओभरमा नेपाली बलरले लगातार विकेट लिँदै स्कटल्यान्ड दबाबमा राख्यो । सोमपालले एक ओभरमा दुई विकेट लिएपछि नेपालले हरेक ओभरमा विकेट लिएको थियो । नेपालले अन्तिम ओभर ओभरमा ६ विकेट लिँदा ३९ रन मात्र खर्चेको थियो । यस विश्वकपमा डेथ ओभरमा नेपालको यो उत्कृष्ट बलिङ हो ।

१६औं ओभरमा दोस्रो स्पेल लिएर आएका सोमपालले एकै ओभरमा दुई विकेट लिए ।उनले अर्धशतक बनाएर अघि बढिरहेका माइकल जोन्सलाई १६औं ओभरको दोस्रो बलमा बोल्ड गरे भने त्यसपछि चौथो बलमा म्याकमुलेनलाई कट एण्ड बोल्ड गरे । म्याकुलमलाई १५ रन हुँदा सन्दिप जोराले क्याच ड्रप गरेका थिए । तर सोमपालले भने आफ्नै बलिङमा विकेट लिए ।

यो दुई विकेट पछि सोमपाल टी२० विश्वकपमा नेपालका लागि सर्वाधिक (९) विकेट लिने खेलाडी बने । यसअघि दीपेन्द्र सिंह ऐरी ८ विकेटसहित अघि थिए ।१७औं ओभरको अन्तिम बलमा कुशल भुर्तेलले स्कटिस कप्तान रिची बेरिङटनलाई सन्दिप जोराबाट क्याचआउट गराए । बेरिङटनले ६ बलमा १० रन बनाएर आउट भए ।

१८औं ओभरमा नन्दन यादवले म्याथ्यु क्रस (४ रन) लाई बोल्ड गरे । सोमपालले १९औं ओभरको चौथो बलमा टम ब्रुस (५) लाई बोल्ड गर्दै व्यक्तिगत तेस्रो र टिमको छैटौं सफलता दिलाए ।  नन्दनले २०औं ओभरमा माइकल लिस्कलाई आउट गर्दै व्यक्तिगत दोस्रो विकेट लिए ।

मार्क वाटले ४ बलमा १ छक्का प्रहार गर्दै अविजित १० रन जोडे ।बलिङमा नेपालका लागि सोमपाल कामीले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । नन्दन यादवले २ तथा कप्तान रोहित पौडेल र कुशल भुर्तेलले १-१ विकेट लिए ।

सम्बन्धित पोस्ट
  • उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात
  • आज ७६औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’
  • विश्वकपः भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात

    आज ७६औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’

    विश्वकपः भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित

    समाचार

    उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात

    आज ७६औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’

    विश्वकपः भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑