• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 30, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुरामा पुन:बाक्लाे हिमपात,जनजीवन कष्टकर

खप्तड मालिका न्युज January 28, 2026 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुरामा पुन: हिमपात भएको छ।गत शुक्रबार पहिलोपटक हिउँदे वर्षा संगै हिमपात भएको थियाे। पुन: मंगलबार रातीदेखि वर्षा र बाक्लाे हिमपात भएको हाे।

लगातारको मौसम बदलीपछि वर्षासंगै यहाँका उच्च हिमाली तथा लेकाली भेगहरुमा मंगलबार रातिबाटै वर्षा र हिमपात भएको हाे।पुन:वर्षासंगै हिमपात भएपछि यहाँका किसानहरु खुसी भएका छन् ।

बाजुराका ९ वटै स्थानीय तहका उच्च हिमाली तथा लेकाली भू-भागमा बर्षा र हिमपात जारी छ। बाक्लाे हिउँ परेसंगै यहाँकाे जनजीवन निकै कष्टकर बनेकाे छ।हिमपातसंगै चिसो बढेपछि वृद्धवृद्धा बालबालिका र दीर्घरोगीहरु बढी प्रभावित भएका छन् ।

बाक्लो हिमपात भएपछि यहाँका बडीमालिका, पोरखेलेक,कालाजग्रा,बुढीनन्दा,रानीसैन,सुनन्दा लगायतका अग्ला डाँडापाखा र हिमालहरु सेताम्ये बनेका छन् । वर्षासंगै हिमापात भएपछि सुक्न लागेको गहुँ बालीलाई थप राहत पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

पुन: वर्षा संगै हिमपात हुँदा हिउँदे बालीनालीलाई थप राहत मिलेकाे कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जसीराम सहानीले बताए । वर्षासंगै हिमपात हुँदा किसानहरुलाई राहत पुग्नुका साथै सुक्न लागेको गहुँ बाली राम्रोसँग सप्रिने सहानीले बताए ।

गहुँ बालीसंगै चैतमा लगाउने धान बालीका लागि समेत सहज भएको उनकाे भनाई छ।बाजुराका उच्च हिमाली तथा लेकाली क्षेत्र अहिले हिउँकाे घुम्टाेमा सजिएकाे छ। अत्याधिक वर्षा र हिमपात भए पछि वन्यजन्तु समेत चिसाेले तलतिर झरेका छन्।

वर्षासंगै हिमपात भएपछि वन्यजन्तुको चोरी सिकारी बढ्ने भएको छ । हिमपातका कारण चिसोबाट बच्न वन्यजन्तुहरु बेसी झर्न थालेपछि स्थानीयहरुले त्यसको सिकारी गर्ने सम्भावना बढेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ। वन्यजन्तुकाे चाेरी,सिकारी नगर्न हुन समेत आग्रह गरिएको छ।

बाक्लाे हिमपातका कारण बाजुराकाे मार्तडी-काेल्टी सडकखण्ड अबरुद्ध भएको छ। बाजुराकाे पाेरखेलेकमा अत्याधिक हिउँ जमेकाेले यस सडकखण्डमा चल्ने सवारीसाधन ठप्प बनेका हुन्। हिजाे राती देखि सुरु भएको वर्षा र हिमपात अहिलेसम्म जारी छ। हिमपातका कारण विद्युत र टेलिफाेन सेवा समेत प्रभावित बनेकाे छ।

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑