
बाजुरा: आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाकाे निर्वाचनकाे लागी बाजुरामा एक स्वतन्त्र सहित ७ दलले उम्मेदवारी मनाेनयन दर्ता गरेका छन्।मुख्य निर्वाचन कार्यालका अनुसार,बिहान १० बजे देखी बेलुका ५ बजे सम्म एक स्वतन्त्र सहित ७ दलले उम्मेदवारी दर्ता गराएकाे जनाएको छ।

एक मात्र निर्वाचन क्षेत्र रहेकाे बाजुरामा नेपाली कांग्रेस,नेकपा एमाले,नेपाली कम्युनिष्ट पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय प्रजातान्त्रिक पार्टी(राप्रपा) प्रगतिशिल लाेकतान्त्रिक पार्टी (प्रलाेपा) नेपाली कम्युनिष्ट पार्टी(नेकपा) नेपाली कम्युनिष्ट पार्टी माओवादी र स्वतन्त्र गरी ८ दलले उम्मेदवारी मनाेनयन दर्ता गरेका हुन्।
आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनेमा नेपाली कांग्रेसबाट जनक गिरी,नेकपा एमालेबाट लालबहादुर थापा,नेपाली कम्युनिष्ट पार्टीबाट प्रकाश बहादुर शाह,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हेमराज थापा हरेका छन्।
त्यस्तै स्वतन्त्र उपेन्द्र शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशर बहादुर शाही, प्रगतिशिल लाेकतान्त्रिक पार्टीबाट दिपक कुमार डि.सी, र नेपाली कम्युनिस्ट पार्टी (माओवादी) बाट भुपेन्द्र ल्वारले मनाेनयन दर्ता गराएकाे मुख्य निर्वाचन अधिकृत सञ्जीव पाेखरेलले जानकारी दिए ।
बाजुरामा उत्साहपुर्वक उम्मेदारीकाे मनाेनयन पत्र दर्ता भएको हाे।एक-आपसमा नेताहरुले फूलमाला सहित बधाई तथा शुभकामना दिएका थिए।चुनावी अभिभायलाई सहज वातावरणमा सञ्चालन गर्न समेत आग्रह गरिएको छ।
विगतका जस्ता घटना घट्न नदिन याे बर्ष सबैले सहज रुपमा भयरहित वातावरणमा चुनावी प्रचार-प्रचार र निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन कार्यालयले आग्रह गरेकाे छ।
बाजुरामा २०७९ सालकाे प्रतिनिधि सभा निर्वाचनमा दुई जनाले ज्यान समेत गुमाएका थिए।त्यसदेखि बाजुरा चुनावकाे बेला चर्चामा आउने जिल्लाकाे रुपमा चिनिदै आएकाे छ।साेही घटनालाई मध्यनजर गरि बाजुराका ६२ वटा मतदान स्थल अतिसंवेदनशील सूचीमा राखिएको छ।
९ वटा स्थानीय तह रहेकाे बाजुरामा ८७ हजार बढि मतदाता छन्। ४५ हजार ४ सय २८ पुरुष र ४२ हजार ४ सय ३१ महिला र अन्य २ जना मतदाता संख्या छन्।जिल्लामा हाल ७७ वटा मतदानस्थल र एक सय १८ वटा मतदान केन्द्र निर्धारण रहेकाे निर्वाचन कार्यालय बाजुराले जनाएको छ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर