
बाजुरा- बाजुरामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ। बाजुराको बडीमालिका नगरपालिका(१ पिनालेख बस्ने ४८ वर्षीय लालबहादुर कार्कीको रुखबाट लडेर मृत्यु भएको हो।

बेलुकी रुखमा चढेर डाँले घाँस काट्ने क्रममा लडेर घाइते भएका कार्कीको उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याउँदा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिए।
घर नजिकैको रुखबाट डाँले घाँस भैंसीका लागि काट्न गएका कार्की रुखबाट लडेर गम्भीर घाइते भएपछि आफन्तले उपचारका लागि जिल्ला अस्पताल बाजुरा पुर्याएको थियो । अस्पतालमा उपचार हुन नपाउँदै कार्कीको चिकित्सकले मृत्यु घोषणा गरेको थिए।मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर