
बाजुरा: नेपाली कांग्रेस बाजुबाट प्रतिनिधि सभाकाे लागी जनक गिरी उम्मेदवार बनेका छन्। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाकाे निर्वाचनकाे लागी पार्टीले बाजुराबाट गिरीलाई उम्मेदवार बनाएकाे हाे।

गिरी कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापा समूहबाट केन्द्रीय सदस्य समेत बनेका हुन् । यसअघि कांग्रेस जिल्ला कार्यसमितिले गिरीसहित पार्टी सभापति रामसिंह रावल, पूर्व सभापति कविराज पण्डित लगायत ६ जना उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको थियो ।
सिफारिस गरिएका मध्येबाट गिरीले टिकट पाउनु भएको हाे। जिल्लामा कविराज पण्डित र गिरी दुई जनाकाे चर्चा चलिरहेकाे वेला पार्टीले भने गिरीलाई टिकट दिएकाे हाे। पार्टी सभापतिमा गगन थापा निर्वाचित भएसँगै गिरीले सहज रुपमा टिकट प्राप्त गरेका हुन्।
बाजुरेली जनताका आशा,भराेसाका केन्द्र गिरी नेपाल सरकारका पूर्व भूमिसुधार सहायक मन्त्री समेत हुन् ।गिरीले टिकट पाए पश्चात् कांग्रेस बाजुराले चुनावी अभियानलाई तिब्रता दिने भएको छ।त्यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट बाजुरेली जनताका लाेकप्रिय नेताकाे रुपमा स्थापित प्रकाश बहादुर शाह,एमालेबाट लाल बहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट हेमराज थापा चुनावी मैदानमा उत्रिएका छन्।
नेकपाका नेता प्रकाश शाह पुर्व मन्त्री समेत हुन्। उनले बाजुरेली जनताकाे माझ मन्त्री हुँदा प्रशंसनीय काम समेत गरेका छन्।एमालेबाट नेता थापा पुर्व प्रतिनिधि सभाका सदस्य समेत हुन्। यता रास्वपाबाट चुनावी मैदानमा उत्रेका हेमराज दुखी,पिडितका सहारा बन्दै विगत लामाे समयदेखि सामाजिक अभियान्ताकाे रुपमा काम गर्दै आएका छन्।
जिल्लामा चुनावकाे आँकलन गर्दा दुई थापा बिच कडा प्रतिष्प्रर्धा हुने सम्भावना निकै बढि छ। यता नेकपाका नेता शाह विना प्रतिष्प्रर्धाका साथ आफ्नो लाेकप्रियताले मत ल्याउने देखिन्छ। भने कांग्रेस यतिवेला विभाजनकाे संघारमा पुगेकाेले एक पक्षले अर्काे पक्षलाई सहयाेग नगर्ने अवस्थामा छ।त्यसैले नेकपा एमालेका लाल बहादुर थापा र रास्वपाका हेमराज थापा विच कडा प्रतिष्प्रर्धा हुने देखिएकाे छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर