• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

कृषि ज्ञान केन्द्र बाजुरामा मुख्य निर्वाचन कार्यालय स्थापना

खप्तड मालिका न्युज January 16, 2026 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा:बाजुरामा मुख्य निर्वाचन कार्यालय स्थापना गरिएको छ।आसन्न फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनका लागी सदरमुकाम मार्तडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हाे।

शुक्रबार मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले कार्यालयको उद्घाटन गरेका हुन्। जिल्ला कृषि ज्ञान केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय उदुघाटन गरी निर्वाचनका कार्य संचालनमा ल्याईएकाे जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी भीमबहादुर शाहीले जानकारी दिए।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना पछि मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले निर्वाचनलाई स्वच्छ,निष्पक्ष र धाँधली रहित बनाउन जिल्लास्थित राजनितिक दल,कर्मचारी, जनप्रतिनिधी र संचारकर्मीको महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताएका हुन् ।

उनले जिल्लाका अति संवेदनशिल र सामान्य अवस्थाका मतदान केन्द्रहरुको अवस्था आँकलन गरी सुरक्षाको व्यवस्थापन गरिने जानकारी दिए।बाजुरामा निर्वाचनको इज्जत गुमेकाले चुनावलाई शान्तिपूर्ण,भयरहित बनाउन सबैले संयमित हुनुपर्ने बताएका हुन्।

बाजुरामा २०७९ सालकाे प्रतिनिधि सभा निर्वाचनमा दुई जनाले ज्यान समेत गुमाएका थिए। बाजुरा चुनावकाे बेला चर्चामा आउँने जिल्लाकाे रुपमा चिनिन्छ।विगतका जस्ता घटना घट्न नदिन सबैले स्वच्छ र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी डाेरेन्द्र निरौलाले बताए ।

साथै उनले निर्वाचनको अवस्थालाई मध्येनजर गर्दै सुरक्षा संयन्त्रलाई विशेष रुपमा परिचालन गरिने बताए । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष,धाँधली रहित वातावरणमा सम्पन्न हुने विश्वास आफूले लगेकाे प्रजिअ निरौलाले बताएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन समारोहमा मुख्य निर्वाचन अधिकृत संजीव पोखरेल,प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी भीमबहादुर शाही,सुरक्षा निकायका प्रमुख सहित पत्रकारकाे सहभागीता थियाे।

बाजुरामा ८७ हजार बढी मतदाता संख्या कायम भएका छन्। ४५ हजार ४ सय २८ पुरुष र ४२ हजार ४ सय ३१ महिला र अन्य २ जना मतदाता संख्या छन्। जिल्लामा हाल ७७ वटा मतदानस्थल र एक सय १८ वटा मतदान केन्द्र निर्धारण भएकाे निर्वाचन कार्यालय बाजुराका सूचना अधिकारी अंगत महतले जानकारी दिए।

उनका अनुसार, ७ वटा मतदानस्थल र ६ वटा मतदान केन्द्र थप भएका हुन्।जिल्ला निर्वाचन कार्यालयले यस अघि मतदानस्थल र केन्द्र थपका लागि निर्वाचन आयोगमा सिफारिस गरेको थियो ।९ वटा स्थानीय तह रहेकाे बाजुरामा यसअघि ७० वटा मतदानस्थल र एक सय १२ वटा मतदान केन्द्र रहेका थिए ।

सम्बन्धित पोस्ट
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    समाचार

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑