• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

चर्चित लाेक तथा देउडा गायक थापाकाे “छम्केली बाैजु” सांगीतिक बजारमा

खप्तड मालिका न्युज January 16, 2026 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोविन्द्र राज तिमिल्सेना,बाजुरा: देउडाकाे पहिचान बेग्लै छ।सुदूरकाे ढुकढुकी संग प्रत्यक्ष जाेडिएकाे संस्कृति हाे देउडा । जसले परम्परागत संस्कृतिकाे पहिचान झल्काएकाे छ।बाजुरा आफैमा संस्कृतिले भरिपूर्ण जिल्ला। दुर्गम तर संस्कृतिले चिनिएकाे क्षेत्र। पश्चिम नेपालका मेला, चाडपर्व,जात्रामा गाइने एक गीत देउडा ।

बाजुरा देउडा क्षेत्रबाटै चिनिएकाे छ । देउडाबाटै बाजुराका अन्य पुराना संस्कृति पनि जिवित छन्।प्रविधिकाे विकासले अन्य क्षेत्रमा विस्तारै देउडा लाेप हुने अवस्थामा छ । प्रविधिकाे प्रभावबाट बाजुरा पनि अछुत छैन्। तर बाजुरामा प्रभाव परे पनि देउडा भने जिवित छ। यहाँका कलाकर्मी र स्थानीयले देउडाकाे मर्म मर्न दिएका छैनन्।

बाजुराकाे देउडा क्षेत्रकाे पहिचानलाई उचाइमा पुर्याउन यहाँका देउडा कलाकारहरुकाे ठुलाे हात छ। जसका कारण यहाँकाे देउडा देश देखि विदेशसम्म झल्किएकाे छ । बाजुराकाे देउडा यहाँका नागरिककाे ढुकढुकी बनेकाे छ । कयौं देउडा कलाकार बाजुराले जन्माएकाे छ।

बाजुराकाे देउडा कलाकार भन्ने वितिक्कै सबैकाे मानसपटलमा छाउने नाम हाे,चर्चित लाेक तथा देउडा गायक प्रकाश थापा।देउडा तथा ठाडीभाका गितमा समधुर श्वर दिएर एकछत्र राज गर्न सफल थापा “काेकलकण्ठी श्वरका धनी”उपनामले चिनिन्छन्।सुदूरपश्चिमका शान, देउडा क्षेत्रका हस्तीकाे रुपमा समेत गायक थापालाई लिन सकिन्छ।

थापाले २०५६ सालमा पहिलो गित सांगितिम बजारमा ल्याएका थिए। जुन गितकाे नाम थियाे “सुदरपश्चिम विकटै भए नि, सम्झना छ मै मरी गएनी ”।त्यहिबाट सांगितिक यात्रा थालेका गायक थापाले आफ्नो सिंगाे जीवन नै सांगितिक क्षेत्रमा व्यथित गरेका छन्।हालसम्म उहाँले हजारौं संख्यामा देउडा तथा ठाडी भाका गितमा श्वर दिएका छन्।

उनै देउडा क्षेत्रका हस्ती गायक थापाकाे नयाँ देउडा गित “छम्केली बाैजु”सांगीतिक बजारमा आएकाे छ।विगत तीन दशक देखि गित संगीत क्षेत्रमा गितका शब्द बुनिरहेका चर्चित सर्जक,साहित्यकार तथा संगीतकार राजेन्द्र शाह (विपी) र गायक थापाकै शब्दमा रहेकाे गित शुक्रबार बजारमा आएकाे हाे।

शुक्रबार गायक थापाकाे अफिसियल युउटुब च्यानलबाट गित सार्वजनिक गरिएको छ। गितमा गायक थापा र गायिका गाैरी भट्टकाे आवाज रहेकाे छ।सन्ताेषी शर्मा थापाकाे संगीतमा रहेकाे गितकाे संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन्।खडक बाजुरालीले मिक्सिङ गरेकाे गितमा सागर बाजुराली र डम्बर विकले रेकर्डिङ गरेका छन्।

भिम थापाले निर्देशन गरेकाे गितकाे निर्माता ईश्वरी वडुवाल रहेकी छन्। अमृत उपाध्यायले छायांकन गरेकाे गित मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हाे।गितमा दिपक शाउद,अविनास सिंह कृतिका शाउद,मनिसा रावल लगायतले अभिनयकाे भूमिका निर्वाह गरेका छन्।

गितमा बाजुराकाे परम्परागत कला,संस्कृति,रितीरिवाज, भेषभुशा,चालचलन लगायतलाई देखाईएकाे छ।एक-आपसमा माया प्रितिकाे भाव समेत झल्काईएकाे छ। अन्य गित जस्तैः याे गितले पनि दर्शक श्राेताकाे अपार माया,ममता,साथ सहयोग पाउने विश्वास लगिएकाे गितका गायक प्रकाश थापाले बताएका छन्।

उनले देउडा क्षेत्र शुदुरकाे ढुकढुकी भएकोले आफूले सधैं देउडा गित नै सांगीतिक बजारमा ल्याउने गरेकाे बताए ।उनले भने,“हामीले देउडाकाे आत्मा मर्न दिनु हुन्न।किनकी याे हाम्रो ढुकढुकी हाे,मुटु हाे ।देउडाकै संरक्षण,सम्बर्द्धन तथा प्रबर्द्धनमा लाग्न जरुरी छ। मैले आफूले आफ्नो सिंगाे जीवन देउडा क्षेत्रमै व्यथित गरेकाे छु।”

जिन्दगीका भाेगाई,थकान तथा सुख,दु:ख साटासाट गर्न देउडालाई प्रमुख माध्यमकाे रुपमा लिईन्छ। सुदूरकाे देउडा संस्कृतिकाे जगेर्ना तथा परम्परागत संस्कृतिलाई निरन्तरता दिन जरुरी रहेकाे गायक थापाकाे भनाई छ। गायक थापाकाे छम्केली बाैजु नामक बाेलकाे गितले दर्शक,श्राेताकाे अपार माया पाउने विश्वास लगिएकाे छ।

गित सुन्न यहाँ क्लिक गर्नुहाेला… 

सम्बन्धित पोस्ट
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    समाचार

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑