• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 17, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

ऐतिहासिक महत्व बाेकेकाे बाजुराकाे धार्मिक आस्थाकाे धराेहर पादुका त्रिवेणीधाम

मानासराेवर कैलाशद्वार पादुका त्रिवेणीधाम: तस्विर: गाेविन्द्र राज तिमिल्सेना
खप्तड मालिका न्युज January 15, 2026 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १६ मिनेट

गोविन्द्र राज तिमिल्सेना,बाजुरा: देशकै दुर्गम तथा मानव विकास सुचकांककाे पुछारमा रहेकाे जिल्ला बाजुरा। हरेक सेवा सुविधाबाट प्रताडित बाजुरा विभिन्न सम्भावनाका हिसाबले निकै धनी छ।प्रचुर सम्भावना बाेकेका प्रख्यात धार्मिक तथा प्राकृतिक स्थल यहाँ छन्।

बाजुरा धार्मिक क्षेत्रमा पनि उत्तिकै प्रख्यात।धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका देखि नाटेश्वरी यहिँ छन्। त्यस्तै अन्य सम्भावना भएका थुप्रै धार्मिक स्थलहरु पनि यहाँ अनगिन्ती छन्।धार्मिक हिसाबले बाजुरा झनै प्रख्यात छ।

बाजुराका ९ वटै स्थानीय तहका अधिकांस स्थानमा विभिन्न धार्मिक आस्थाका धराेहर छन्। जसले एक ऐतिहासिक महत्व बाेकेका छन्। त्यस्तै एक ऐतिहासिक महत्व बाेकेकाे धार्मिक आस्थाकाे धराेहरकाे रुपमा श्री मानासराेवर कैलाशद्वार पादुका त्रिवेणी धामलाई लिन सकिन्छ।

पादुका त्रिवेणी धाम बाजुराकाे बुढीनन्दा नगरपालिका वडा.नम्बर १ मा रहेकाे धार्मिक आस्थाकाे धराेहर हाे। जहाँ बर्षेनी धार्मिक कार्य,पुजापाठ,विवाह,ब्रतबन्ध लगायतका कामहरु हुने गर्छन्। पादुका त्रिवेणी धामले एक ऐतिहासिक महत्व बाेकेकाे छ।

बाजुराकाे हिमाली गाउँपालिका,छिमेकी जिल्ला हुम्ला,मुगु लगायत अन्य जिल्लामा जाने सडकखण्ड तथा रारा पर्यटन मार्ग अन्तरर्गत कर्णाली नदीसँगै जोडिएको प्रसिद्ध धार्मिक स्थल पादुका त्रिवेणी धामकाे छुट्टै ऐतिहासिक महत्त्व छ।सतिदेविकाे पाउ पतन संगै प्राचिन कालमा पाण्डवले बनाएकाे मन्दिर यहाँ छ।

बुढिनन्दा,बडीमालिका र शिम्बुनाथकाे अन्तर स्तुपा भएको ठाउँ,मानासराेवर बडीमालिका,बुढिनन्दाबाट आउँने तीन वटा नदीकाे पनि संगम स्थल भएकोले यसलाई पादुका त्रिवेणी धाम भनिएकाे हाे।पादुका त्रिवेणीधाम सतिदेविकाे पाउ पतन भए पछि यसकाे उद्गम भएको हाे।

पादुका तीन नदीकाे संगम भएको ठाउँ,अन्य धार्मिक स्थलका अन्तर स्तुपा भएको हुनाले यसलाई चिनिने गरिएको छ। यीनै ऐतिहासिक महत्त्वका कारण पादुका त्रिवेणी धाम चिनिएकाे छ।यसको ऐतिहासिक रूपमा ५ हजार १ सय ४० वर्ष पुरानो मन्दिर मानिन्छ।

बाजुराकाे १ नगरपालिका र ३ गाउँपालिकाकाे भूगोलका हिसाबले बीच केन्द्रमा रहेकाे धार्मिक आस्थाकाे धराेहरका रुपमा यसलाई लिन सकिन्छ।पादुका धाम सुदुरपश्चिम प्रदेशकै एक धार्मिक महत्व बाेकेकाे ऐतिहासिक स्थल हाे।यसकाे संरक्षण,सम्बर्द्धनमा विभिन्न व्यक्ति तथा निकायले सहयाेग पुर्याएका छन्।

पादुका शिवजीकाे शिवलिङ्ग स्थापना,सतिदेखीको पाउ प्रदान भएको ठाउँ हो। यहाँ राधाकृष्ण मन्दिर र शिव मन्दिर,पशुपति र गणेशकाे मन्दिर रहेका छन। १ सय ८ वटा शिव लिङ्ग संगै नाै दुर्गा देवीको मन्दिर समेत रहेकाे छ।नाै ग्रहकाे पुजा समेत यहाँ हुने गरेकाे छ।पादुका धार्मिक तथा पवित्र धाम भएकोले यसकाे अझै संरक्षण तथा सम्बर्द्धन गर्न आवश्यक देखिन्छ।

मानासराेवर कैलाशद्वार पादुका त्रिबेणी धाममा स्नान गरे मानवसराेवरसम्म पुग्नै नपर्ने मान्यता रहेकाे पादुका त्रिबेणी धामका पुजारी मष्टीप्रशाद उपाध्यायले बताए ।उनका अनुसार,पादुका पवित्र स्थल भएकोले मानसरोवर जान नसक्ने दर्शनार्थीहरुले पादुकामै दर्शन गरी स्नान गरेकाे खण्डमा मनाेकांक्षा पूरा हुने बताए ।

पादुुका सति देविकाे पाउ पतन तथा मानासराेवर बडीमालिका,बुढिनन्दाबाट आउँने तीन वटा नदीकाे संगम स्थल भएकोले यहाँ आएर दर्शन गरेमा फल प्राप्त हुने बताए । मानसराेवरको मुहानबाट आउने पानीको केही अंश पादुका कुण्डमा निस्कने भएकाले यसको महत्त्व बढि रहेकाे उनकाे भनाई छ।

आफू करिब २१ बर्षदेखि पादुुकाधाममै रहेर धार्मिक कार्य गर्दै आएकाे बताउँदै पुजारी उपाध्यायले हरेक समय विभिन्न पुजापाठ,लगायत विभिन्न पर्वहरुमा मेला समेत लाग्ने गरेकाे जानकारी दिए।पवित्र धार्मिक स्थल पादुका त्रिवेणी धामकाे अझै प्रचार-प्रसार गर्न सकेकाे खण्डमा विश्वका चर्चित धार्मिक स्थल जस्तैः बन्न सक्ने बताएका छन्।

बाजुराका धार्मिक स्थल मध्येकाेे एक महत्त्वपूर्ण धार्मिक स्थल पादुका त्रिवेणी धाम बाजुराका दर्जनौँ धार्मिक एवं पर्यटकीय स्थल भन्दा बढी महत्त्व बाेकेकाे पादुका कुण्ड क्षेत्रकाे रुपमा परिचित छ। पछिल्लो समय पादुका त्रिवेणी धाम अझै संरक्षणकाे पर्खाइमा छ। विभिन्न सहयोगीदाता तथा निकायकाे सहयाेगमा विभिन्न स्तुपा निर्माण गरिएका छन्।

यहाँका स्थानीय तहले अझै पादुकाकाे संरक्षणमा सहयाेग पुर्याएकाे खण्डमा पादुका क्षेत्र गतिशिल रुपमा अघि बढ्ने र पर्यटकहरुलाई समेत आकर्षक गर्ने धार्मिक गन्तव्यकाे रुपमा विकास हुने सम्भावना छ। यहाँको बुढीनन्दा,जगन्नाथ हिमाली र स्वामिकार्तिक गाउपालिकाले पादुकाकाे विकासमा सहयाेग तथा सहकार्य गरेकाे खण्डमा पादुका विकासका हिसाबमा समेत फड्को मार्ने देखिन्छ।

पादुका धामको विकास र बिस्तारमा यहाँका स्थानीय सरकार,जनप्रतिनिधी,स्थानीयले महत्त्वपूर्ण भुमिका खेल्न आवश्यक छ। बाजुरामा कतिपय पुरातात्त्विक धार्मिक स्थल संरक्षणकाे अभावमा लाेपन्मुख अवस्थामा पुगेका छन्। धर्मको रक्षा गरी पुरातात्त्विक धार्मिक सम्पदाको संरक्षण गर्नु सबैकाे दायित्व भएकाेले सबैले धार्मिक सम्पदाकाे संरक्षणमा लाग्न जरुरी रहेकाे देखिन्छ ।

तस्विरहरु….. 

मानासराेवर कैलाशद्वार पादुका त्रिवेणीधाम: तस्विर: गाेविन्द्र राज तिमिल्सेना

सम्बन्धित पोस्ट
  • ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल
  • पश्चिमी वायुको आंशिक प्रभाव
  • विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै
  • आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    समाचार

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

    समृद्धिको यात्रामा कर्णाली करिडोरः पिलिचौर देखि कवाडीसम्म कालोपत्रे हुने

    नेपाली काँग्रेस बाजुराको चुनावी भेला गौमुलमा सम्पन्न

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑