• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 30, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

चिसो बढेसँगै मुस्ताङमा पर्यटक आगमन घट्यो

खप्तड मालिका न्युज January 11, 2026 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मुस्ताङ : हिउँदयामको अत्यधिक चिसो बढेसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीय रौनक घट्दै जान थालेको छ । अत्यधिक चिसो बढेसँगै सदरमुकाम जोमसोमका होटललगायत यहाँका राष्ट्रिय राजमार्गमा सञ्चालित होटल सुनसान हुन थालेका छन् ।

हिउँदयामको मौसममा यहाँको पर्यटन व्यवसाय ठप्पै हुने गर्छ । यसैका कारण यहाँ हुन पर्यटकीय ‘अफसिजन’को छेकोमा यहाँका पर्यटन व्यवसाय जाडो छल्ने बहानामा बेँसीतर्फ झर्छन् । पछिल्लो समय बेनी–जोमसोम सडक सहज भएकाले यहाँ कतिपय पर्यटन व्यवसायी पर्यटक पर्खिएर बसेका छन् । हिउँदयामको अत्यधिक चिसो बढेसँगै पोखरा–जोमसोम हवाइसेवा एक महिनाअगावै उडान स्थगित भइसकेको छ । राष्ट्रिय राजमार्ग सडकमा पनि पर्यटक सवार सवारीसाधनको चाप निकै न्यून भइरहेको छ ।

माथिल्लो मुस्ताङमा गत कात्तिकमा यस यामको पहिलो हिमपात भएको थियो भने तल्लो मुस्ताङमा हिमपात भएको छैन । तर, यहाँ हिउँदयामसँगै अत्यधिक चिसो र उत्तरी हावाहुरीको प्रभावले जनजीवन प्रभावित बनेको छ । पुस लागेसँगै यतिबेला बिहान र बेलुकीका समयमा माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिगी सेल्सियस र तल्लो मुस्ताङको तापक्रम माइनस १० डिग्री सेल्सियससम्म झर्ने गरेको छ ।

यहाँ हिउँदयामको उन्मादको उत्तरी हावाहुरीको प्रभावका कारण स्थानीय नागरिक सहजै घर बाहिर हिँडडुल गर्नसक्ने अवस्था छैन । यहाँ मध्याह्नपख मौसम खुलेर घाम लागे पनि उत्तरी हावाहुरीसँगै चिसो सिरेटो चल्न थालेपछि दैनिक जनजीवनका असर परेको छ ।

अत्यधिक चिसोका कारण माथिल्लो मुस्ताङका लोमान्थाङका होटल र स्थानीयका घर पूरै बन्द छन् । त्यहाँका नागरिक घरमा ताल्चा मारेर जाडो छल्न बेँसी झरिसकेकाले माथिल्लो मुस्ताङ पूरै सुनसान बनेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले बताउनुभयो । यहाँस्थित मुक्तिनाथका होटल खुले पनि पर्यटकीय चहलपहल देखिँदैन ।

होटल र घरका स्थानीय नागरिक पर्यटकीय अफसिजन भएकाले आलोपालो गरेर बेँसी झर्ने गरेका छन् भने आंशिक जनशक्तिले होटल खोलेर बसेका छन् । बर्खायाममा खचाखच पर्यटकले भरिने यहाँका अधिकांश होटलले अफसिजनका कारण खाली भएका छन् । हिउँदयामको पुस र माघ महिना अधिकांश मुस्ताङवासी जाडो छल्न बेँसी झर्छन् । माथिल्लो मुस्ताङका नागरिक भने कात्तिक नलाग्दै जाडो छल्न बेँसी झर्ने र वैशाख लागेपछि मात्रै माथि उक्लिन्छन् ।

हिउँदयाम अत्यधिक चिसोसँगै माथिल्लो मुस्ताङमा खोला, शाखा नदी, घरका धारा, सिँचाइ कुलो र घरका सेफ्टी ट्याङकी जमेर बरफ बनेपछि त्यहाँका स्थानीय नागरिकको दैनिक जनजीवन प्रभावित बनेको छ । जाडो छल्न बेँसी नझरी गाउँ कुरेर बसेका स्थानीय नागरिकको स्वास्थ्यमा चिसोले असर पुर्‍याउने गरेको छ । तल्लो मुस्ताङमा स्थानीय किसान अत्यधिक चिसो सहँदै स्याउ बगैँचा व्यवस्थापन कार्यमा लागेका छन् ।

हिउँदयाम लागेसँगै यहाँ पर्यटकीय चहलपहल ह्वात्तै घटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार मङ्सिरको तुलनामा पुसमा विदेशी पर्यटक बढे पनि स्वदेशी पर्यटकको सङ्ख्या घटेको छ । मङ्सिरको तुलनामा पुसमा २४ हजार १० अर्थात् ५६ दशमलव ६६ प्रतिशतले स्वदेशी पर्यटकको आगमन घटेको छ ।

यस वर्षको मङ्सिरभन्दा पुसमा विदेशी पर्यटकको आगमन सङ्ख्या पाँच हजार ५५९ अर्थात् ५४ प्रतिशतले वृद्धि भएको छ । प्रहरी स्रोतका अनुसार बेनी–जोमसोम सडकमार्ग हुँदै अझै पनि दैनिक एक–डेढ सय पर्यटक मुस्ताङ आउने गरेको जनाइएको छ । पर्यटकीय याम जस्तो चहलपहल नभए पनि आंशिक रुपमा पर्यटक चिसोयाममा पनि आउने गरेको पाइएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालयको पर्यटकीय अभिलेखअनुसार गत आवको साउनदेखि पुससम्म पर्यटकीय आगमनको तुलना गर्दा चालु आवको साउनदेखि पुस २१ गतेसम्म १० दशमलव शून्य पाँच प्रतिशतले पर्यटक आगमन घटेको देखिन्छ । गत आवको सुरुआती छ महिनामा तीन लाख १२ हजार ४७१ आन्तरिक तथा बाह्य पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । चालु आवको पुस २१ गतेसम्म हिमाली दुई लाख ८० हजार ९२९ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको प्रहरीले जनाएको छ ।

चालु आवको साउनदेखि पुस २१ गतेसम्म दुई लाख २१ हजार ६५३ आन्तरिक र ६० हजार ३४७ बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् । चालु आवको साउनमा एघार हजार ८३१, भदौमा १३ हजार ५५०, असोजमा ६५ हजार ७४०, कात्तिकमा ७९ हजार ८००, मङ्सिरमा ४२ हजार ३७१ र पुस २१ सम्ममा १८ हजार ३६१ जना आन्तरिक पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् ।

यसैगरी, साउनमा सात हजार ९५०, भदौमा नौ हजार ६५५, असोजमा नौ हजार ८५९, कात्तिकमा १३ हजार ९६६, मङ्सिरमा छ हजार ६७९ र पुस २१ गतेसम्म १२ हजार २३८ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् ।

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑