• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कंचनपुर

शुक्लाफाँटामा अति विपन्न तीन सय बालबालिकालाई न्यानो लुगा वितरण

खप्तड मालिका न्युज January 9, 2026 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका अति विपन्न परिवारका ३०६ जना बालबालिकालाई जाडोबाट बच्न न्यानो लुगालगायतका अत्यावश्यक सामग्री वितरण गरिएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यालयको सिफारिसमा ‘सेभ द् चिल्ड्रेन’ सुर्खेतले नगरपालिकाका विभिन्न वडाका लक्षित बालबालिकालाई सो सामग्री उपलब्ध गराएको हो। नगरपालिकाका १२ वटा वडामध्ये आठवटा वडाका अति विपन्न परिवारका बालबालिकालाई छनोट गरी उनीहरू अध्ययनरत विद्यालयमै पुगेर सामग्री वितरण गरिएको छ।

बालबालिकाहरूलाई जाडोबाट जोगिन १६ प्रकारका न्यानो सामग्रीहरू प्रदान गरिएको छ। जसमा ज्याकेट, स्वेटर, ट्राउजर, थर्मस, झोला, टोपी, स्कार्फ, पञ्जा, मोजा, गलबन्दी र भेष्टलगायत रहेका छन्। प्रत्येक बालबालिबालाई छ हजार ६४५ बराबरको सहयोग सामग्री उपलब्ध गराइएको छ। नगर उपप्रमुख कल्पना पन्तका अनुसार, वडा नं १ मा ४०, वडा नं २ मा २७, वडा नं ३ मा ४०, वडा नं ५ मा ११, वडा नं ६ मा ३०, वडा नं ७ मा ४०, वडा नं ११ मा ७४ र वडा नं १२ मा ४० जना अति विपन्न बालबालिकालाई अध्ययनरत विद्यालयमै पुगेर न्यानो सामग्री वितरणको कार्य गरिएको छ।

सामग्री वितरण कार्यक्रममा नगर उपप्रमुख पन्तले नगरपालिकाले विभिन्न सङ्घसंस्थासँग समन्वय गरी विपन्न बालबालिकालाई लक्षित राहतका कार्यक्रम सञ्चालन गरिरहेको बताए। “यस वर्ष आठवटा वडाका विपन्न बालबालिकाका लागि न्यानो लुगा उपलब्ध गराएका छौँ”, उनले भने, “बढ्दो शीतलहर र चिसोबाट बालबालिकालाई जोगाउन यो सहयोगले महत्वपूर्ण भूमिका खेल्नेछ, आगामी दिनमा पनि नगरपालिकाबाट यस्ता सहयोगलाई निरन्तरता दिइनेछ।”

कार्यक्रममा वडा नं ११ का अध्यक्ष शेरबहादुर साउँदले विपन्न परिवारका बालबालिकालाई उपलब्ध गराइने यस्तो सहयोगले सामुदायिक विद्यालयमा विद्यार्थीलाई टिकाउन र नियमित विद्यालय आउन सहज हुने बताए। त्यस्तै, वडा नं ५ का अध्यक्ष चक्रबहादुर खड्काले शारीरिक अपाङ्गता ९विशेष क्षमता० भएका र विशेष कक्षामा पढ्दै आएका बालबालिकालाई न्यानो लुगाको अभाव रहेका बेला यो सहयोगले ठूलो राहत पुगेको उल्लेख गरे।

सिद्धभीम आधारभूत विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद पन्तले चिसोका कारण विद्यार्थीले बीचमै विद्यालय छाड्ने ड्रपआउट र अनियमित हुने समस्या यो सहयोगले न्यूनीकरण गर्ने विश्वास व्यक्त गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराज भट्टले दलित, जनजाति र विपन्न समुदायका बालबालिकाको पठनपाठनमा यो सहयोग कोसेढुङ्गा सावित हुने बताए।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑