
बाजुराः बाजुराको त्रिवेणी नगरपालिकाको अठारौं हिउँदे नगर सभा सम्पन्न भएको छ । पुस ९ गतेबाट सुरु भएको हिउँदे नगर सभा मंगलबार सम्पन्न भएको हो । हिउँदे नगरसभामा नगर प्रमुख कर्ण बहादुर थापाले पेश गरेका ऐनहरु माथिको दफाबार छलफल पछि उक्त ऐनहरु पारित गर्दै सभा सम्पन्न भएको नगर सभाका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर मौनीले जानकारी दिएका छन् ।

सभामा सभाध्यक्ष तथा नगर प्रमुख थापाले पेश गरेका ऐन पारित गरिएका छन् । सभामा पुस ९ गते कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७४ लाई प्रतिस्थापन गर्न बनेको विधेयक २०८२, स्थानीय एफ।एम रेडीयो संचालन सम्बन्धी वनेको विधेयक २०८२, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धी व्यवस्थापन सम्बन्धमा बनेको विधेयक २०८२ पेश भएका थिए ।
यस्तै भाषाकला संरक्षण सम्बन्धी बनेको बिधेयक २०८२, प्रकृतिक स्रोत तथा वातावरण संरक्षण सम्बन्धी बनेको विधेयक २०८२, संघ संस्था सम्बन्धी बनेको विधेयक २०८२, आकास्मिक कोष सम्बन्धमा बनेको बिधेयक २०८२, जलस्रोत सम्बन्धमा बनेको बिधेयक २०८२, उधोग तथा व्यवसाय प्रवर्धन सम्बन्धी व्यवस्थापन सम्बन्धमा बनेको बिधेयक, २०८२, अनुगमन तथा मुल्याङ्कन सम्बन्धी बनेको विधेयक २०८२ पनि पेश गरिएका थिए ।
त्यसैगरी उपभोक्ता हकहित संरक्षण सम्बन्धी बनेको विधेक २०८२, जनस्वास्थ्य सम्बन्धी बनेको बिधेयक २०८२, प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धी बनेको बिधेयक २०८२, खानेपानी तथा सरसफाई ऐन २०७९ लाई प्रतिस्थापन गर्न बनेको विधेयक २०८२ लगायत अन्य विधेयकहरु सभामा पेश भएका थिए ।पुस १४ गते सभा संञ्चालन पश्चायत सभामा पेश भएका विधेयकहरु माथि सभाका सदस्य ज्यूहरुले दफावार छलफल गरी पौष २२ गते पुनःसभा संञ्चालन हुने गरि सभा स्थगित भएको थियो ।
नगरपालिकाको पुनः पुस २२ गते बसेको हिउँदे अधिवेशनबाट सहकारी सम्बन्धी कानुनको संशोधन तथा एकिकरण गर्न बनेको विधेयक २०८२, जनस्वास्थ्य सेवाको व्यवस्थापन गर्न बनेको विधेयक २०८२, उधोग तथा व्यवसायिक फर्म दर्ता तथा नविकरण गर्ने सम्बन्धमा बनेको विधयक २०८२, स्थानिय जलस्रोत संरक्षण तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक २०८२, संस्था तथा समुहको गठन, दर्ता तथा नियमन गर्ने सम्वन्धमा बनेको विधेयक२०८२ पारित भएका छन् ।
यस्तै वातावरण तथा पाकृतिक स्रोत संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२, आधारभूत र माध्यमिक तहको शिक्षा सम्बन्धी कानुनको एकिकरण र संशोधन गर्न बनेको विधेयक २०८२, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी बनेको विधेयक२०८२, आकस्मिक कोषको व्यवस्थापन गर्न बनेको विधेयक २०८२,आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक२०८२, उपभोक्ता हकहित संरक्षण गर्ने सम्बन्धमा बनेको विधेयक२०८२, प्रशासकीय कार्यविधि नियमित गर्ने सम्वन्धमा व्यवस्थापन गर्न बनेको विधेयक२०८२, भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धि विधेयक२०८२ पनि सभाबाट पारित भएका छन् ।
नगर प्रमुख कर्णबहादुर थापाको अध्यक्षतामा संचालन भएको १८ औं हिउँदले अधिवेशनमा नगर उप प्रमुख कमला कुमारी जैशी न्यौपाने प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर मौनी र नगर सभाका सदस्यहरु सहभागी थिए ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर