
गोविन्द्र राज तिमिल्सेना,बाजुराः सुन्दर नगरी कोल्टी बाजुरा जिल्लाको दोस्रो मुख्य व्यापारी केन्द्र। बाजुरा जिल्लाकै एक मात्र विमानस्थल भएको ठाउँ । बाजुराको सदरमुकाम मार्तडीबाट करिब ४२ किलोमिटरको दुरीमा कोल्टी बजार पुग्न सकिन्छ।

कोल्टी सुन्दर मात्र नभई पर्या-पर्यटनका हिसाबले निकै प्रचुर सम्भावना बोकेको क्षेत्र हो। माथिल्लो क्षेत्रको मुख्य व्यापारीक केन्द्र कोल्टी साच्चै कोल्टो जस्तैः छ। कोल्टीको भूवनोट यहाँको वातावरण र वरपरको दृश्य निकै सुन्दर छ।
शिरमा पहाड,फेदीमा कोल्टी बजार अवस्थित छ। बाजुराको पुर्वि उत्तरी क्षेत्रमा अवस्थित कोल्टी एक प्रमुख बजार तथा यातायात केन्द्र हो। पछिल्लो समय कोल्टी बजारले आफ्नो स्वरुप परिवर्तन गरेको छ। पहिलको तुलनामा पछिल्लो समय कोल्टी विकाशको लयमा अघि छ।
संघियता पछि देशले काँचुली फेरिरहेको अवस्थामा बाजुराका दुर-दराजमा पनि विस्तारै विकासको लय छाएको हो। शहरमा मात्रै सिमित विकासको लय दुर्गम गाउँका कुना कन्धरामा पुगेको छ। विकासै नभएको भन्ने छैन्। विस्तारै यहाँका हरेक गाउँ-ठाउँको स्वरुप फेरिएको छ।
सोही रुपमा कोल्टी क्षेत्रलाई पनि लिन सकिन्छ।संघीयता पछि बाजुराका हरेक दुर्गम क्षेत्रमा सरकारी उपस्थितिको केन्द्र विकास गर्न खोजियो।हरेक गाउँ-ठाउँमा विकास पहुँच पुर्याउन थालियो। त्यसबाट कोल्टी पनि अछुत भएन्। विमानस्थल स्थापना पश्चात् झनै कोल्टी बजारले काँचुली फेर्यो।
कोल्टी बजारको विकासमा सबैभन्दा ठूलो मोड नै विमानस्थल बन्यो। विमानस्थल बनेपछिस्काठमाडौँ र धनगढीबाट सरकारी कर्मचारी,औषधी,खाद्यान्न ल्याउन सजिलो भयो। त्यति मात्र नभई विरामीहरुलाई उपचारमा रिफर गर्न समेत विमानस्थलले ठुलो काम गर्यो।जो अहिले पनि निरन्तर चलिरहेको छ।
कोल्टी बाजुरा जिल्लाको दोस्रो मुख्य सम्पर्क बिन्दु बन्यो।वरपरका गाउँहरूबाट मानिस बसाइँ सरेर बजार फैलिन थाल्यो।पञ्चायत कालमा कोल्टीलाई प्रशासनिक केन्द्र जस्तै बनाइयो। हुलाक, प्रहरी, स्वास्थ्य चौकी, विद्यालय स्थापना भए। व्यापारिक गतिविधि बढेर यसले बजारको स्वरूप लिन थाल्यो। अहिले सिंगो बजार सुन्दर नगरीमा परिणत छ।
पछिल्लो समय स्थानीय व्यापारी, होटल, पसल,यातायात सेवा विस्तारले ठुलो सहजता भएको छ। साथै सडक नपुगेको अवस्थामा पनि कोल्टीले हवाई बजारको रूपमा मुख्य भूमिका खेलेको छ। बाजुराको सबैभन्दा पुरानो संगठित बजार मध्येको एक बजार हो कोल्टी ।
जसलाई सरकारी सेवा,व्यापार र यातायातको केन्द्रीय इतिहास बोकेको ठाउँको रुपमा चिनिन्छ।बुढिनन्दामा आशलाग्दो विकास लहर छाएको छ। सिमित घर,दुर्गन्धित बजार,विभिन्न समस्याहरुबाट प्रताडित कोल्टी अहिले विकासको लयमा अघि छ।हरेक सेवा-सुविधा विस्तार भएका छन् ।
अभाव र समस्याले चिनिएको कोल्टी विस्तारै सुगमतातिर धकेलिएको छ । स्थानीय सरकार आएको पहिलो कार्यकाल देखि नै कोल्टीले आफ्नो महार फेर्न थाल्यो।२०७४ सालमा स्थानीय तहको निर्वाचन पछि कोल्टी सिंगो पालिकाको केन्द्रमा स्थापित भयो। पहिलो निर्वाचन देखि नै कोल्टीले मुहार फेर्न थाल्यो।
तर सोचेजति उपलब्धि भने हासिल हुन सकेन्।पुन २०७९ सालको स्थानीय तहको निर्वाचन भयो। पछिल्लो सरकारले अघिल्लो सरकारले गर्न नसकेका र अधुरा कामहरूलाई निरन्तरता दियो। विस्तारै कोल्टी बजार मात्र नभई सिंगो पालिकाले विकासको गति लिन सक्यो।
अहिले कोल्टी बजारका साथ सिंगो पालिकाले स्वरुप परिवर्तन गरेको छ।पहिलो अँध्यारो र अस्तव्यस्त कोल्टी विस्तारै व्यवस्थित र उज्यालोमा परिणत छ। ढूगा,टिनले छाएका घर विस्तारै पक्की घरमा बदलिएका छन्।हरेक सेवा-सुविधा देखि पुर्वाधार विकास र गुणस्तरीय सेवा सुविधामा कोल्टीले कोल्टो फेरेको छ।
कोल्टो फेर्दै कोल्टी बजार….
कोल्टी बजारको स्वरुपमा अहिले धेरै फरकपन छ । विगतका वर्षहरूमा अस्तव्यस्त रहेको कोल्टी अहिले सेवा सुविधाका हिसाबमा अघि छ।भौतिक संरचनाहरू पनि धमाधम बन्दै छन्। समय परिवर्तन भए संगै पूर्वाधार विकासमा कोल्टीले मुहार फेरेको छ।
विगतको तुलनामा कोल्टी बजारमा खानेपानी, बिजुली र सञ्चारको समस्या हुने ठाउँमा अहिले ती सेवा सुविधा सहज मात्रामा सञ्चालन भएका छन्। पहिले सामान्य मोबाईलमा टावर समेत नआउने अबस्था थियो। अहिले नेट ईन्टरनेट, फोरजि को समेत व्यवस्था छ।
पहिले कोल्टीमा खानेपानीको समस्याले गर्दा एक घण्टाको दूरीमा रहेको दैयाँ खोलाको पानी खच्चरमा बोकाएर कोल्टी बजारवासीले खानुपर्ने बाध्यता थियो।’तर अहिले बिस्तारै त्यो समस्या हल हुदै गएको छ ।बजार क्षेत्रमा सडकको अबस्था पनि राम्रो छ । बजारको वातावरण स्वच्छ र सौन्दर्य छ ।
पहिले जताततै फालिएको फोहोरका कारण कोल्टी विमानस्थल आउने आगन्तुकहरू नाक छोपेर हिँड्नु पर्ने बाध्यता रहेकोमा अहिले बजार सफा सुग्घर छ। पछिल्लो समय कोल्टी बजार हरेक क्षेत्रबाट सु-सम्पन्न हुदैँ गएको छ।कोल्टि बजार मात्रै नभई समग्र पालिकाको शिक्षा,स्वास्थ्य सञ्चार लगायत पुर्वाधारका क्षेत्रमा पालिकाले फड्को मारेको छ।
कोल्टी बजारलाई सुन्दर र व्यवस्थित बजार बनाउने उदेश्य लिएर नगर प्रमुख बनेका बुढीनन्दा नगरपालिकाका नगर-प्रमुख जनककुमार बोहोराले निर्वाचित भए पछि बजारको मुहार परिवर्तन गर्नमा ठुलो भुमिका खेल्नु भएको छ। ‘अहिले घरघरमा खानेपानीका धारा,शिक्षा,स्वास्थ्यको सहज उपलब्धता छ।
बजारको विद्युत समस्या हल गर्न राष्ट्रिय प्रसारण लाईनको विद्युत सेवा बिस्तार कार्य धमाधम चलेको छ।सञ्चारको सुविधामा पुग्न पहिले अग्ला डाँडाकाडा धाउनुपर्ने बाध्यता अन्त्य छ। कोल्टीमा अहिले सञ्चार सेवा २४ घन्टा नै उपलब्ध छ । बजार बिचको सडक पूरै पिच हुनुका साथै सडक बत्ती र सार्वजनिक शौचालय निर्माण गरिएका छन्।
हरेक समस्याका बाफजुत लड्दै भिड्दै कोल्टीको मुहार फेर्न आफू अगाडी बढेको नगर-प्रमुख जनक बोहराले बताए ।आफ्नो पाँचवर्षे कार्यकालमा कोल्टीको मुहार फेरेर जाने नगर प्रमुख बोहराले प्रतिबद्दता व्यक्त गरे ।सिङ्गो पालिकालाई समृद्ध बनाउन सिंगो नगरपालिका कुनै कदम पछि नहटेको बोहराको भनाई छ।
विमानस्थल भएको सुन्दर नगरी काेल्टी बजारका केही सुन्दर तस्बिर यहाँ प्रस्तुत छन्:




























विमानस्थल भएको बाजुराकाे एक मात्र सुन्दर नगरी काेल्टी: तस्विर: गाेविन्द्र राज तिमिल्सेना

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर