
बाजुरा: बाजुराको बुढीगङ्गा नगरपालिकाका तत्कालीन नगर प्रमुख दिपक विक्रम शाह सहित १४ जना विरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर गरिएको छ।

नगर भवन निर्माण ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा शाह सहित १४ जना विरुद्ध मुद्दा दायर गरेको हाे।
आयोगले तत्कालीन नगर प्रमुख दीपक विक्रम शाह,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेम काजी महर्जन, तत्कालीन अधिकृत छैटौं नरेन्द्र नाथ, तत्कालीन इन्जिनियर पारस खाती, तत्कालीन सब इन्जिनियर गणेश राज रेग्मी लगायत १४ जनाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको हो।
ठेक्कामा मिलेमतो गरी बोलपत्रका सर्तहरू बदनियत पूर्वक संशोधन गरिएको, प्रतिस्पर्धा सीमित पारिएको लगायत बढी कबोल गर्ने कम्पनीलाई ठेक्का दिईएकाे विरुद्ध मुद्दा दायर गरिएको हाे।उनीहरु विरुद्ध ३ करोड २७ लाख ७८ हजार रुपियाँ बिगो कायम गरि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हाे।
अख्तियारले दायर गरेको मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद,जरिवाना र बिगो असुल उपरको माग दाबी गरिएको छ। तत्कालीन नगरप्रमुख शाहसहित प्रतिवादीहरूले आपसी मिलेपतोमा आफूहरूलाई लाभ र नगरपालिकालाई हानीनोक्सानी पुर्याउने उद्देश्यले साे कार्य गरेकाे अख्तियारको ठहर छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर