
गोविन्द्र राज तिमिल्सेना,बाजुरा: बाजुरामा पुराना पुस्ताले बनाएका धर्मशाला लोप हुँदै गएका छन्।नुन,तेल,चामल,ल्याउनकाे लागी हाट जाने बेला हटारुलाई बास बस्न सहज हुने गरी बनाएका धर्मशाला पछिल्लो समय लाेप हुदैँ गएका हुन्।

नयाँ पुस्ताहरुले यिनिहरुकाे संरक्षणमा खासै चासाे नदेखाउँदा यस्ता परम्परागत धराेहर संकटमा परेका हुन्।हटेरुहरुलाई बास बस्न सहज हुने गरी गाउँका धर्मीहरूले गोरेटो,घोरेटो बाटोको बिच निर्माण गरिएका धर्मशालाकाे अस्तित्व अहिले खतरामा परेकाे हाे।
मनमा शान्ति र पछिल्लो पुस्ताका लागि पनि राम्रो सन्देश दिने गरी गाउँका अगुवाले जिल्लाका विभिन्न ठाउँका बाटोघाटाेमा निर्माण गरिएका धर्मशाला लाेप हुदैँ अन्य संस्कृतिकाे संरक्षणमा समेत चुनाैती थपिएको हाे।बाजुराका ९ वटै स्थानीय तहका विभिन्न ठाउँमा देखिने धर्मशाला अहिले हराउँदै गएका छन्।
नयाँ पुस्ताले संरक्षणमा खासै चाँसाे नदिदा धर्मशालाकाे अस्तित्व संकटमा परेकाे बाजुराकाे बुढिनन्दा नगरपालिका वडा.नम्बर १० झुलिसल्लाका मनु सिंह थापाले बताए।पहिले पुस्ताले बनाएका धर्मशाला अहिले केही ध्वस्त छन् भने केही भग्नावशेष अवस्थामा रहेकाे उनले जानकारी दिए।
पुराना धर्मशाला लाेप हुँदै जाँदा अहिले हरेक संस्कृतिमा असर परेकाे उनले बताए। प्रविधिकाे विकासले पुराना धराेहर,स्तुपा र संस्कृतिमा ठुलाे चुनाैती थपेकाे राेकायाकाे भनाई छ। बाजुराको पोरखेगढी,नागेश्वरी लगायतका ठाउँमा निर्माण गरिएका धर्मशाला अहिले भग्नावशेष अवस्थामा छन्।
यातायातकाे सुविधाकाे लागी निर्माण गरिएका धर्मशाला ध्वस्त बनाउँदा अस्तित्व खतरामा परेकाे हाे। बाजुराको पोरखेलेखमा रहेको धर्मशाला अहिले भग्नावशेष छ ।पहिले बाटाेमा हिड्ने बटुवा रात पर्दा सुत्ने गरेकाे उक्त धर्मशाला अहिले संरक्षणकाे अभावमा छ। त्यस्तै हिमाली , जगनाथ , स्वामिकार्तिक लगायतका विभिन्न स्थानका धर्मशाला संकटमा छन्।
विकट गाउँ-गाउँमा गाडी पुगेसँगै धर्मशाला लाेप हुदैँ गएका हुन्। पुराना पुस्ताले भारतको टनकपुर नेपालको राजापुर , दिपायल डोटीबाट समान ल्याउदैँ गर्दा विचमा बास बस्न सहजताका लागि बनाएका धर्मशाला पछिल्लो पुस्ताले चाँसाे नदिदाँ संकटमा परेकाे बाजुराकाे बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बाेहराले बताए ।
इतिहास जीवित राख्नकाे लागि पहिचान दिने धर्मशालाकाे संरक्षणमा सबैले एकजुट हुनुपर्नेे बताए सिंगाे युवा पुस्ताले यस्ता धराेहरणकाे संरक्षणमा जुट्न जरुरी रहेकाे कुरामा नगर प्रमुख बाेहरालेे जाेड दिए।पहिला बाजुराको सबै सरकारी काम काज दिपायल ,डोटी बाट नै हुने गर्दथे । त्यति बेला यहाँका स्थानीय कामकाे त्यहिँ जाने गर्थे।
त्यहाँ जाने आउनेहरूलाई बाटोमा बस्न सहज हाेस् भनेर पुराना पुस्ताले विभिन्न ठाउँमा धर्मशाला बनाउने गरेको थिए। तर ती धर्मशाला अहिले संकटमा परेका छन्। जीर्ण अवस्थामा रहेका धर्मशालाहरु अहिले देखिनै छाडेका छ्न्।
बाजुरामा पहिले नुन,चामल र तेल ल्याउनका लागि हाट जाने हटेरुको बास बस्ने व्यवस्थाका लागी समाजका मान्यजन तथा परोपकारी व्यक्तिले धर्मशाला बनाउने र नाम कमाउने प्रचलन रहेको थियो ।बाजुुराकाे बडीमालिका ७ ढम्कने देेखि बुढिनन्दा नगरपालिकाकाे पाण्डुसैनसम्म पहिले धेरै धर्मशाला देखिन्थ्ये।
तर पछिल्लो समय यहाँ धर्मशाला देखिनै छाडेका छन्।कहिँ कतै फ्याट्टफुट्ट देखिए पनि ती धर्मशालाहरु भग्नावशेष अवस्थामा रहेका छन्।अधिकांश धर्मशालाको नाम निसाना नै मेटिएकाे छ।हटेरु तथा बटुवाहरुलाई बास बस्न मिल्ने धर्मशाला लाेप हुदैँ जाँदा समाजका अन्य परम्परागत धराेहर तथा संस्कृतिहरुमा समेत प्रभाव पर्दै गएकाे छ।


बाजुरामा बटुवालाई बास बस्न बनाईएका धर्मशाला लाेप हुँदै: तस्विर: गाेविन्द्र राज तिमिल्सेना

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर