• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 17, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

अस्थायी मतदाता नामावली आगामी सातादेखि सङ्कलन

खप्तड मालिका न्युज December 29, 2025 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ :  निर्वाचन आयोगले आगामी सातादेखि अस्थायी मतदाता नामावली सङ्कलन गर्ने भएको छ । आयोग पदाधिकारीको बैठकले अस्थायी मतदाता नामावली सङ्कलन कार्यक्रम स्वीकृत गरेपछि सङ्कलन कार्य सुरु हुने भएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पुस १९ देखि माघ १८ गतेसम्म अस्थायी मतदाता नामावलीमा नाम समावेश हुने जानकारी दिनुभयो । स्वीकृत कार्यक्रमबमोजिम कर्मचारी कार्यरत कार्यालयका प्रमुखले मतदाताको नाम प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाउने छन् । अस्थायी मतदाता नामावलीमा नाम दर्ता गराउने मतदाताले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्रै मतदान गर्न पाउने छन् । आयोगको मतदाता नामावली ऐन, २०७३ को दफा ३० र मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२ ले अस्थायी मतदातालाई परिभाषित गरेको छ । सोबमोजिम नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी अस्थायी मतदाता हुन् । तर अस्थायी मतदाता नामावलीमा नाम हुन निर्वाचन आयोगले शनिबार सार्वजनिक गरेको मतदाताको अन्तिम नामावलीमा नाम हुनै पर्ने छ ।

त्यसै गरी ऐन र कार्यविधिले निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, विभिन्न तहको सरकारको स्वीकृत लिई सञ्चालनमा भएको वृद्धाश्रममा बसेका व्यक्ति, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीले अस्थायी मतदाताको रूपमा परिभाषित गरेको छ ।

कार्यालय प्रमुखले प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाएको विवरणबमोजिम प्रमुख अधिकारीले त्रुटि सच्याउनका लागि विवरण प्रकाशन गर्ने, संशोधित अस्थायी नामावली प्रकाशन गर्ने, दाबी विरोधका लागि निवेदन लिने तथा सो उपर जाँचबुझ गरी अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने छन् । यी प्रक्रिया पूरा भएपछि अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२ को दफा ८ अनुसार जिल्ला अस्थायी मतदाता नामावली सङ्कलन तथा व्यवस्थापन समितिको निर्णयबाट अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन हुने छ ।

आयोगले सुरक्षाकर्मी, कर्मचारी तथा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकका लागि अस्थायी मतदान केन्द्र तोक्ने छन् । तोकिएको मतदान केन्द्रमा अस्थायी मतदाताले मतदान गर्न पाउने छन् । आयोगका अनुसार निर्वाचनमा खटिने कर्मचारी समेत अस्थायी मतदाता अन्तर्गत पर्ने छन् ।

निर्वाचनमा करिब दुई लाख कर्मचारी ९जनशक्ति० परिचालन हुने छन् । त्यसै गरी म्यादी प्रहरीसहित करिब तीन लाख पचास हजार सुरक्षाकर्मी परिचालन हुने छन् । यसरी करिब पाँच लाखको हाराहारीमा अस्थायी मतदाता रहने अनुमान गरिएको छ ।

सम्बन्धित पोस्ट
  • ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल
  • पश्चिमी वायुको आंशिक प्रभाव
  • विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै
  • आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    समाचार

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

    समृद्धिको यात्रामा कर्णाली करिडोरः पिलिचौर देखि कवाडीसम्म कालोपत्रे हुने

    नेपाली काँग्रेस बाजुराको चुनावी भेला गौमुलमा सम्पन्न

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑