
गाेविन्द्र राज तिमिल्सेना,बाजुरा: बाजुराको मार्तडी– कोल्टी सडकखण्डको बडीमालिका नगरपालिका ८ र ७ को बिचमा पर्ने अनाई खोलामा निर्माणधीन पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

ठेक्का सम्झौता भएको दुई बर्ष भित्र उक्त पक्की पुलको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको हो। गत असार मसान्तसम्म पुलको निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्य राखिए पनि बर्षातको समयमा सामान ढुवानीमा समस्या हुँदा काममा ढिलासुस्ती भएको हो।
२०८० मंसिर २९ गते ठेक्का सम्झौता भएको उक्त पुलको निमार्ण कार्य अहिले करिब ९० प्रतिशत पूरा भएको छ । ५ करोड ३४ लाख १० हजार ९१८ रुपैँया लागतमा आईएस पावर अफ जेभी निर्माण कम्पनीले २०८० मंसिर २९ गते पुल निमार्णको ठेक्का सम्झौता गरेको थियो ।
भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गतको बजेट मार्फत पुलको निर्माण कार्य भईरहेको छ । अबको तीन महिनामै सम्पूर्ण निमार्ण कार्य सक्ने लक्ष्य राखिएको निर्माण व्यवसायी तारादत्त जोशीले बताए । सामान ढुवानीमा समस्या हुँदा निर्माण कार्यमा केही ढिलाई भएको जोशिको भनाई छ ।
अनाई खोलामा निमार्णाधिन पक्की पुलको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको भौतिक पुर्वाधार विकास कार्यालय अछामका प्रमुख जंग बहादुर थापाले बताए । निमार्ण कम्पनीले ठेक्का सम्झौता गरे लगत्तै निमार्ण कार्य सुरु गरेको र अहिले निमार्ण कार्य करिब अन्तिम चरणमा पुर्याएको थापाको भनाई छ ।
पुलको निमार्ण कार्य सम्पन्न भए पश्चातपश्चात सवारीसाधन र यहाँका स्थानीयलाई ठुलो सहजता मिल्ने अपेक्षा लगिएको छ । बर्षातको समयमा सास्ती खेप्दै आएका सवारीसाधन र स्थानीयलाई पुल निर्माणले ठुलो सहजता मिल्ने बडीमालिका ७ का स्थानीय गणेश राज तिमिल्सेनाले बताए ।
अनाई खोलामा निमार्णाधिन पुलले गति लिए पनि यता बाउली खोलामा निमार्णाधिन पुल भने करिब पाँच बर्ष देखि कछुवा तालमा रहेको छ । टिडि आर जुगल कौसिक जेभिले पुल निमार्णको जिम्मा लिएको थियो । पटकपटक म्याद थप्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन्।
२०७९ फागुन १५ भित्र मोटरेबल पक्की पुल निर्माण सक्नेगरी २०७८ कार्तिक १५ गते टिडिआर जुगल कौशिक जेभीले पाँच करोड ५८ लाख ८८ हजार रुपैंयामा सम्झौता गरेर निमार्णको जिम्मा लिएको थियो।पुल निर्माण हुन नसकेर अहिले अस्तव्यस्त अवस्थामा छ।पुन: निर्माण कार्य थालनी गरिएको छ। पुल निर्माण कम्पनीलाई सडक डिभिजन अछामले स्पष्टिकरण समेत माग गरेको थियो ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर