• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

त्रिबेणी नगरपालिकाकाे नगर सभा तथा १८ औँ अधिवेशन सुरु

खप्तड मालिका न्युज December 24, 2025 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुराकाे त्रिबेणी नगरपालिकाकाे नगर सभा तथा १८औँ नगर अधिवेशन सुरु भएको छ। बुधबार औंपचारीक रुपमा नगरपालिकाकाे सभाहलमा नगर सभा तथा १८ औं अधिवेशनसुरु भएको हाे।

‘गुणस्तरिय शिक्षा,सवल पूर्वाधार र समावेशी सेवा-समृद्ध र आत्मनिर्भर नगर निर्माण हाम्रो लक्ष्य’भन्ने मुल नाराका साथ नगरसभा तथा १८ औं अधिवेशन सुरु भएकाे हाे।

नगरको समग्र विकास, सुशासन र जनउत्तरदायी शासन प्रणालीलाई सुदृढ बनाउने उद्देश्यसहित नगर सभा तथा अधिवेशनको आयोजना गरिएको नगर उप-प्रमुख कमला जाेशी न्याैपानेले जानकारी दिएकी छन्।

उनका अनुसार,अधिवेशनमा नगरको सुशासन,सेवा प्रवाह, आर्थिक अनुशासन, सामाजिक संरक्षण तथा वातावरणीय दिगोपनलाई मजबुत बनाउने उद्देश्यले विभिन्न महत्वपूर्ण विधेयकहरू नगर सभा समक्ष पेश गरिएकाे जानकारी दिईन्।

पालिकाको विनियोजित रकम र खर्च सभासमक्ष प्रस्तुत गर्दै विभिन्न विधेयक प्रस्तुत गरिएका छन्। प्रस्तुत विधेयकमा सहकारी ऐन,२०८२,कृषि व्यवसाय प्रवर्द्धन ऐन २०७४ लाई प्रतिस्थापन गर्न बनेको विधेयक २०८२, जनस्वास्थ्य सम्बन्धी विधेयक,२०८२,उपभोक्ता हक हित संरक्षण सम्बन्धी विधेयक २०८२, प्रशासनिक कार्यविधि सम्बन्धी विधेयक,२०८२ पेश गरिएका छन्।

त्यस्तै वनसम्पदा संरक्षण सम्बन्धी विधेयक २०८२ उद्योग तथा व्यवसाय प्रवर्द्धन सम्बन्धी विधेयक,२०८२,जलस्रोत सम्बन्धी विधेयक,२०८२,आकस्मिक कोष सम्बन्धी विधेयक,२०८२,भाषाकला संरक्षण सम्बन्धी बनेको बिधेयक २०८२,अनुगमन तथा मुल्याङ्कन सम्बन्धी बनेको विधेयक २०८२ रहेका छन्।

साथै स्थानीय एफ.एम. सञ्चालन सम्बन्धी विधेयक २०८२ खानेपानी तथा सरसफाई ऐन २०७९ लाई प्रतिस्थापन गर्न बनेको विधेयक २०८२ लगायत अन्य बिधेयकहरु सभामा पेश गरिएको छन्। २०८२ पौष १४ गते पुन: सभा संञ्चालन हुने गरि सभा स्थगित समेत गरिएको छ।

नगरपालिकाले प्रस्तुत गरेका विधेयकहरूले नगरको आर्थिक, सामाजिक तथा प्रशासनिक क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउँदै दिगो विकासको आधार तयार गर्ने विश्वास लगिएकाे नगर प्रवक्ता मीन बहादुर भण्डारीले बताए ।

नगरप्रमुख कर्ण बहादुर थापाको अध्यक्षतामा संञ्चालन भएको अधिवेशनमा नगर उपप्रमुख कमला न्यौपाने, नगर प्रवक्ता मीन बहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लगायत नगरसभा सदस्यहरूको उल्लेख सहभागिता रहेको थियो।

सम्बन्धित पोस्ट
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    समाचार

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑