
गाेविन्द्र राज तिमिल्सेना,बाजुरा:मान्छे कर्मशिल हुनुपर्छ।कर्म गर्याे भने विदेश धाँउनु पर्दैन्।कर्मशिल व्यक्तिकाे लागी स्वदेशमै राेजगारीका पाटाहरु छन्।मान्छे हरेक काममा व्यस्त हुन जरुरी छ।कर्मले मान्छेकाे शिर उचाे बनाउने गर्छ। कर्म सफलताकाे सारथी हाे।

मान्छे स्वेदशमा राेजगारीका अवसर छैनन् भनेर धमाधम विदेशिन्छन्। तर कतिपय कर्मशिल व्यक्ति स्वदेशमै कर्म गरेर स-सानाे पेशामा व्यथित छन्।सानाे पेशाबाटै उनीहरुले आफ्नाे जिविका चलाएका हुन्छन्।सबैकाे माझ प्रेरणा र उदाहरणीय पात्र समेत बनेका हुन्छन्।
साेही उदाहरणीय पात्रकाे रुपमा लिन सकिन्छ,बाजुराका बेकरी व्यवसायी गंगराज जैशी। बाजुराकाे बुढिनन्दा नगरपालिका वडा.नम्बर ७ सेरकाटीया घर भएका जैशी आज भोली बेकरी व्यवसायमा निकै व्यस्त छन् ।उनकाे दैनिकी विहान देखि बेलुकीसम्म बेकरीकै काममा छ।
उमेरले ३६ बर्ष नकटेका जैशी विहान उठे देखि बेलुका सम्म पाउरोटी,डुनाेट,पिजा,बर्गर,विभिन्न आकर्षक डिजाइनका केक बनाउनमै व्यस्त देखिन्छन्।बाजुराकाे बडीमालिका नगरपालिका ८ त्रिवेणी चाेकमा उनकाे बुढिनन्दा बेकरी सञ्चालनमा छ।वि.सं २०७८ साल बाट पेशा व्यवसाय थालनी गरेका उनकाे अहिले करिव ५ बर्ष पूरा भएको छ।
पाँच बर्षकाे दाैरानमा उनले सबैकाे सामू असल कर्म र प्रेरणादायी काम गरेका छन्। सुरुमा उनले बडीमालिका ८ विद्युत कार्यालय नजिकबाट व्यवसाथ सञ्चालन गरेका थिए। त्यसपछी थप व्यवसाय प्रबर्द्धनकाे लागी उनले खेलकुद नजिकैबाट व्यवसाय सुरु गरे। त्यहाँबाट पनि राम्रो व्यवसाय भयाे। अनेकौं बाधा,अड्चनका साथ व्यवसायलाई निरन्तरता दिईरहेँ ।
जैशीले अहिले हिलटप हाेटल नजिकैबाट पेशा,व्यवसाय सञ्चालन गरिरहेका छन्।काठमाडौंमा बेकरी उद्योग सम्बन्धी सिप सिकेपछि उनले अहिले आफ्नै जिल्लामा केही गर्नुपर्छ भन्ने उदेश्यले सानै भए पनि बेकरी उद्याेग सञ्चालनमा ल्याएका छन्।जैशीले बेकरी सम्बन्धी तालिम मात्रै नभई भारतमा करिब ४ बर्षजति बेकरी सम्बन्धी काम समेत गरेका हुन्।
जसबाट उनले धेरै ज्ञान,सीप बटुल्न सके।जुन ज्ञान,सीप अहिले प्रयाेग गरिरहेका छन्।स्वदेशमै केही गरेर बस्नुपर्छ भन्ने हुटहुटी भएका जैशी कर्मशिल व्यक्तिहरुकाे लागी स्वदेश नै विदेश सरह हुने गरेकाे बताउँछन्।आफ्नै ठाउँमा कर्म गर्न आवश्यक रहेकाे कुरामा जैशी जाेड दिन्छन्।
कर्म नै सफलताको प्रमुख माध्यम भएकोले कर्म विना कुनै पनि सफलता प्राप्त गर्न नसकिने जैशीकाे भनाई छ।जैशी भन्छन्,‘हामी स्वदेशमा राेजगारीका अवसर छैन्,भन्छाै तर कर्मशिल व्यक्तिकाे लागी राेजगारीका अवसर फालाफाल छन्।पेशा,व्यवसाय सानाेे ठुलाे भए पनि व्यक्ति कर्मशिल भएको खण्डमा आफ्नै गाउँ ठाउँमा राम्रो गर्न सकिने रहेछ ।’
जैशीकाे घरपरिवार बेकरी व्यवसायबाट चलिरहेकाे छ। छाेराछाेरीकाे पढाई देखि दैनिक खान,बस्न,काेठाभाडा लगायत अन्य खर्च पेशा व्यवसायले धाँनिरहेकाे छ। स्वदेशमा जागिर पाइदैन,केही व्यवसाय गरेपनि पैसा कमाउन सकिदैन भन्ने सोचाईलाई चिर्दै जैशीले बेकरी उद्योग व्यवसाबाट जिविकाेपार्जन संगै सबैकाे माझ प्रेरणाका पात्र बनेका छन्।
उनकाे व्यवसायमा उनकी श्रीमती पद्मा तिमिल्सेना जैशीले बढि भन्दा बढि साथ दिएकी छन्।दुई जनाले पेशा व्यवसाय लाई सकारात्मक ढंगले अघि बढाएका छन्।बेकरीबाट उत्पादन हुने,पाउरोटी,डुनाेट,पास्ता,ब्रेड,आकर्षक डिजाईनका केक लगायत विभिन्न परिकार सदरमुकाम मार्तडी लगायत विभिन्न स्थानीय तहमा समेत जाने गरेको छन् ।
विभिन्न कार्यालय,संघ संस्था,जन्मदिन एनिवर्सरीमा चाहिने आकर्षक डिजाईनका केक समेत जैशीले बनाउने गरेका छन्।‘आकर्षक डिजाईनका केकमा मान्छेहरू आकर्षित हुने हुँदा बेच्नलाई कुनै समस्या नहुने गरेकाे जैशी सुनाउँछन्,’उनी
भन्छन्,‘दिनहुँ केककाे लागी अर्डर नआएको कुनै दिन हुदैन्।कहिले कार्यालय,कहिले संघसंस्था र कहिले जन्मदिनकाे लागी केक अर्डर आउँने गर्छन्।’
बेकरीको लागि आवश्यक सामान उनले राखेका छन्।विस्तारै पेशा,व्यवसायलाई थप प्रबर्द्धन गर्दै जाने उनकाे भनाइ छ।बेकरी व्यवसायमा बेकिङ पाउडर र इस्टले केक,पाउरोटी, रोटी,पिज्जा र बर्गर फुलाउने काम गर्छ अनि सेन्टले केकलाई बासनादार बनाउने काम गर्छ।जैशीकाे बेकरीमा आकर्षक बासनादार केक बन्ने गरेका छन्। जुन सम्पूर्ण कार्यालय,संघ,संस्थामा समेत जाने गरेका छन्।
जैशीले वेकरी उद्याेगबाट आफू सन्तुष्ट रहेकाे बताएका छन्। आफ्नै गाउँ ठाउँमा कर्म गरेर खानु पर्छ भन्ने साेचले आफ्नाे दिमागमा कहिल्यै विदेशिने साेच नआउने गरेकाे बताएका छन्। विदेशमा अरुकाे जालझेल,दवाव सहेर काम गर्नु भन्दा दुई चार पैशा भए पनि स्वदेशमै काम गर्नु गाैरवकाे कुरा रहेकाे जैशीकाे भनाइ छ।
स्वदेशमा राेजगारीका अवसर छैनन् भनेर विदेशीने नागरिकलाई जैशीले कर्मशिलताकाे पाठ सिकाएका छन्। साथै उनले पछिल्लो समय युवाहरु धमाधम विदेशीने क्रम बढ्नुमा चिन्ता व्यक्त गर्दै सम्पूर्ण युवाहरुलाई सानै भए पनि स्वदेशमै बसेर राेजागारीका अवसर सिर्जना गर्न आवश्यक रहेकाे बताएका छन्।उनले कर्म गरेमा स्वदेशमै राेजगारीका अवसर सिर्जना गर्न सकिने प्रष्ट पारे।
(फाेटाेफिचर)

बेकरी व्यवसाय सञ्चालन गरिरहेका बाजुराका जैशी: तस्विर: गाेविन्द्र राज तिमिल्सेना











खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर