• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 30, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

निष्पक्ष निर्वाचनका लागि रास्वपासँग सहकार्य गर्ने सहमति: सञ्चारमन्त्री

खप्तड मालिका न्युज December 22, 2025 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनमा सहभागी हुने स्पष्ट प्रतिबद्धता जनाएको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र रास्वपाका सभापति रवि लामिछानेसहित रास्वपा नेताहरुबिच आइतबार भएको वार्तामा निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचनका लागि सहकार्य गर्ने सहमति भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राति ८ बजेदेखि सुरु भएको छलफल करिब अढाई घण्टा चलेको थियो । बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री खरेल, रास्वपाका उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णीम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, नेता शिशिर खनाल, साेबिता गाैतमलगायत सहभागी थिए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खरेलले वार्ता मुख्यतः आगामी चुनावमा केन्द्रित रहेको बताए । उनका अनुसार सरकारले निष्पक्ष निर्वाचन सम्पन्न गर्न गरिरहेको तयारीबारे रास्वपाका नेताहरूलाई जानकारी गराइएको थियो । सोही क्रममा रास्वपाले चुनावमा भाग लिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।

‘आजको वार्ता चुनाव केन्द्रित भयो । निष्पक्ष चुनावका लागि सरकारले गरेको तयारीबारे जानकारी गरायौँ । रास्वपाले चुनावमा सहभागी हुन्छौँ भन्ने कुरा स्पष्ट रूपमा आएको छ,’ मन्त्री खरेलले भने ।

उनले प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच औपचारिक एकल वार्ता नभएको स्पष्ट गर्दै औपचारिक बैठकपछि करिब १०–१५ मिनेट अनौपचारिक कुराकानी भएको जानकारी दिए ।

सञ्चारमन्त्री खरेलले अन्तरिम सरकार ‘जेनजी आन्दोलन’ को जगमा बनेको नागरिक सरकार भएको उल्लेख गर्दै न्याय, कानुन र विधिको शासनप्रति सरकार स्पष्ट रहेको बताए । सभापति लामिछानेसँग जोडिएका मुद्दाबारे सञ्चारकर्मीको प्रश्नमा उनले अदालती प्रक्रियामा सरकारले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारे ।

जेनजी आन्दोलनको सन्दर्भमा सभापति लामिछानेले चासो व्यक्त गरेको र आफूले सरकारका कामबारे जानकारी गराएको पनि मन्त्री खरेलले बताए । अन्य राजनीतिक दलहरूलाई जस्तै रास्वपालाई पनि चुनावमा सहकार्यका लागि आग्रह गरिएको र त्यसमा सकारात्मक प्रतिक्रिया आएको उनको भनाइ छ ।

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑