• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 17, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भव्यताका साथ सम्पन्न,संस्कृति संरक्षण गर्नुपर्नेमा जाेड

खप्तड मालिका न्युज December 21, 2025 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : २ मिनेट

गाेविन्द्र राज तिमिल्सेना,बाजुरा: बडिमालिका नगरपालिका वडा.नं ७ रजातोलीमा परम्परागत स्थानीय संस्कृति भुवा पर्व भव्य रुपमा सम्पन्न भएको छ। “भुवा पर्व,हामी सबैकाे गर्व” भन्ने मुल नारा सहित पौष ३ गतेदेखि सञ्चालन भएको भूवा पर्व आज एक औंपचारीक कार्यक्रमका बिच समापन गरिएको हाे।

परम्परागत संस्कृतिकाे जगेर्ना गर्ने उदेश्य सहित भुवा पर्वलाई भव्य रुपमा समापन गरिएको भुवा पर्व मेला व्यवस्थापन समिति संयाेजक उमाकान्त पाध्यायले बताए। हरेक बर्ष झै याे बर्ष पनि भव्य रुपमा भुवाे समापन गरिएको पाध्यायकाे भनाई छ।

विजयी उत्सवकाे गाथामा आधारित भूवा पर्वलाई साच्चिकै उत्साहका साथ एकआपसमा देउडा सहित विभिन्न खेलहरु खेलेर संस्कृतिकाे संरक्षणमा टेवा पुर्याउदै भूवा मेला सम्पन्न गरिएको संयाेजक पाध्यायले जानकारी दिए।

भूवा पर्वले आपसी सद्भाव,भेटघाट र भाईचाराकाे सम्बन्ध स्थापित गर्न ठुलाे सहयाेग पुग्ने अपेक्षा समेत लगिएकाे पाध्यायले बताएका छन्।मेला अवधिभर विभिन्न भारी खेल,स्थानीय स्तरका चाली,काैरव र पाण्डवकाे युद्ध गाथामा आधारित मागल,चाचड, लगायत विभिन्न भाकाका देउडा गित द्वारा भूवाेलाई भव्य रुपमा मनाईएकाे आयोजकले जनाएको छ।

साथै मेलामा चर्चित देउडा खेलाडी जसुदा आचार्य र धन बहादुर राेकायाबिच घम्साघम्सी देउडा समेत भएको थियाे।त्यस्तै स्थानीय देउडा खेलाडी,मेलामा पाल्नु भएका अन्य खेलाडीहरु बिच पनि राेचक रुपमा देउडा सञ्चालन भएको थियाे।देउडाबाटै संस्कृतिकाे जगेर्ना समेत गरिएको छ।

समापन कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथी बडीमालिका नगरपालिका वडा.नम्बर ७ का वडा सदस्य तथा कार्यवाहक अध्यक्ष लाेकेन्द्र बहादुर राेकायाले संस्कृति संरक्षणमा जाेड दिनुपर्ने बताए।उनले परम्परागत संस्कृतिकाे जेगेर्ना गर्न आवश्यक रहेकाे बताउदै संस्कृतिकाे संरक्षणमा सबैले एकजुट हुनुपर्ने बताएका हुन्।

पुर्खाैली परम्परागतलाई जाेगाईराख्नु सबैकाे कर्तव्य भएकोले संस्कृतिलाई समाजका गहना ठानेर अघि बढ्नुपर्ने कुरामा जाेड दिएका हुन्। त्यस्तै उनले पछिल्लो समय परम्परागत संस्कृति विस्तारै लाेप हुने अवस्थामा पुगेकाे प्रति चिन्ता व्यक्त गर्दै भावी पुस्ताले यस्ता संस्कृतिकाे संरक्षणमा जाेड दिनु पर्ने बताएका हुन्।

कार्यक्रममा भूवा मेलालाई भव्य रुपमा सु-सम्पन्न गर्न सहयाेग गर्ने व्यक्ति,सामुदायिक वन,मिडिया लगायत कलाकर्मीलाई सम्मान समेत गरिएको थियाे।भूवा मेलामा पाल्नु भएका अतिथि देउडा कलाकार जसुदा आचार्य र धन बहादुर राेकायालाई भव्य सम्मान सहित विदाई गरिएको थियाे।

त्यस्तै स्थानीय देउडा कलाकार,मेलामा पाल्नु भएका अन्य पालिकाका देउडा कलाकार, भूवामेलालाई आर्थिक सहयाेग गर्थे सामुदायिक वन,वडा कार्यालय लगायत,उत्कृष्ट चाली प्रदर्शन गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियाे ।त्यस्तै भूवा मेलालाई मिडियाकाे माध्यम मार्फत यहाँको परम्परागत संस्कृतिकाे प्रचार-प्रसार गरेर सहयाेग गर्ने नेपाल न्युज बैंक र बाबू लवासुर टिभिलाई समेत सम्मान-पत्र प्रदान गरिएको थियाे।

भूवा पर्व मेला व्यवस्थापन समिति अध्यक्ष देविलाल पाध्यायकाे अध्यक्षतामा सञ्चालन भएको समापन कार्यक्रमकाे प्रमुख अतिथि बडीमालिका ७ का कार्यवाहक अध्यक्ष लाेकेन्द्र बहादुर राेकाया रहनु भएको थियाे। त्यस्तै कार्यक्रममा देउडा खेलाडी जसुदा आचार्य र धन बहादुर राेकाया विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा स्थानीय देउडा खेलाडी,विद्यालयका प्रधानाध्यापक,विभिन्न टाेल विकास समितिका संयाेजक,विभिन्न सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष,सञ्चारकर्मी लगायत अतिथि रहेका थिए। स्वास्थ्यकर्मी काँशीचन्द्र पाध्यायले स्वागत् मन्तव्य राखेकाे कार्यक्रमकाे सञ्चालन संयाेजक उमाकान्त पाध्यायले गरेका थिए।

महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भाेस्सो’ भन्ने गरिन्छ।भुवा पर्व पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुन्छ । जसको आफ्नै ऐतिहासिक पक्ष रहेको छ ।महाभारतमा पाण्डव र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ । सोही लडाइँको सम्झनामा तथा पाण्डवहरूको जितको खुसियालीमा यो पर्व मनाउन थालिएको हो ।

बाजुरा जिल्लाकाे रजाताेली,मार्तडी,जुगाडा,पाण्डुसैन, बह्रमतोला, आटिचौर, तोली, छतारा लगायतका क्षेत्रमा बिशेष धुमधामका साथ भुवा पर्व मनाउने प्रचलन रहेको छ । यो पर्व सुदुरपश्चिमा दशै र तिहार पछिको ठुलो पर्वका रुपमा मनाउने गरिन्छ । भुवा पर्व बिशेष गरी ३ देखी ५ दिन सम्म मनाउने गरिन्छ ।पर्वमा चौभानिया भाई ,भारी खेल,सरबा टोटली,ज्युउनापुरी धारुमल्यो भाई,चाली यस पर्वका मुख्य आर्कषक हुन् ।

सम्बन्धित पोस्ट
  • ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल
  • पश्चिमी वायुको आंशिक प्रभाव
  • विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै
  • आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    समाचार

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

    समृद्धिको यात्रामा कर्णाली करिडोरः पिलिचौर देखि कवाडीसम्म कालोपत्रे हुने

    नेपाली काँग्रेस बाजुराको चुनावी भेला गौमुलमा सम्पन्न

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑