
बाजुरा: विश्वासशिला कम्पनीहरुबाट वैदेशिक रोजगारीमा जान सराेकारवालाहरुले जाेड दिएका छन्। अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा सराेकारवालाहरुले भरपर्दाे कम्पनीहरुबाट राेजगारमा जाँदा सरल हुने बताएका हुन्।

बडीमालिका नगरपालिका रोजगार सेवा केन्द्रले आयोजना गरेकाे कार्यक्रममा सराेकारवालाहरुले राेजगारमा जाँदा कानुनी प्रावधानहरुकाे पालन गरेर जानू पर्ने बताएका थिए।
दुई देश बिचकाे सहमति र सम्झौता भएर कानुनी प्रक्रियाबाट आएका विश्वासिला कम्पनीबाट राेजगारमा जाँदा दिर्घकालीन फाईदा हुने कुरामा जाेड दिए।
वैदेशिक रोजगारमा जाँदा अपनाउनुपर्ने काम,कर्तव्यकाे बिषयमा समेत छलफल गरिएको थियाे। त्यस्तै ठगी धन्दा, विभिन्न प्रलाेभन जस्ता कार्यबाट बच्च सबैले सचेत हुनु पर्ने, राेजगारी सम्बन्धी विविध जानकारी, देशकाे वस्तुस्थिति बारे जान्न र बुझ्न महत्त्वपूर्ण आवश्यकता रहने बताईएकाे थियाे।
पछिल्लो समय आप्रवासी समस्या विश्वभर चुलिदैँ गएकाे बताउँदै प्रमुख जिल्ला अधिकारी डाेरेन्द्र निराैलाले यस्ता समस्या समाधान गर्न देशभित्रै राेजगारीका अवसर सिर्जना गर्न आवश्यक रहेकाे बताएका हुन्। देशमा राेजगारीका अवसर न्यून हुनु नै नागरिक विदेशीनुकाे प्रमुख कारक तत्व रहेकाे प्रजिअ निराैलाकाे भनाइ थियाे।
श्रमिक गर्नकाे लागी नागरिक विदेशीने क्रम विकराल बन्दै गएकाे प्रति उनले यसलाई न्युनिकरण गर्न आवश्यक रहेकाे जाेड दिए। साथै उनले वैदेशिक रोजगारीका लागी एक सय ७८ देशहरुमा जान पाउने भए पनि नेपाल र विदेशीका लागी एक सय ११ देशमा श्रम स्वीकृतिका लागि सम्झौता र समझदारी भएको बताएका हुन्।
अन्य देशकाे लागी विशेष सम्झाैता र समझदारी भएको पनि छिमेकी राष्ट्र भारतमा भने नेपालीहरु ठुलाे संख्यामा प्रक्रिया नपुर्याएरै जाने गरेका छन्। खुला सिमानाका कारण भारतमा श्रम गर्न जाने नेपाली श्रमिककाे संख्या उच्च हुने गरेकाे बडीमालिका नगरपालिका रोजगार सेवा केन्द्र प्रमुख प्रमिला थापाले बताएकी छन् ।
खुला सिमानाबाट धमाधम नागरिक श्रमिककाे लागी जाने हुँदा तिनिहरुकाे यकिन तथ्यांक नहुने गरेकाे थापाले बताईन्। बडीमालिका नगरपालिकामा आप्रवासी स्रोत केन्द्र सामी परियोजना लागु भइरहेको छ।जसले गर्दा बैदेशिक राेजगारमा जाने नागरिकलाई केही सहजता मिल्दै आएकाे छ।
संयुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाईन्छ।विश्व आप्रवासन प्रतिवेदन,२०२४ अनुसार विश्वभरि अनुमानित २८ दशमलव एक करोड मानिस आप्रवासीका रूपमा रहेका छन् । जसमध्ये आप्रवासी श्रमिकको सङ्ख्या १६ दशमलव नौ करोड छ ।
विश्वमा आप्रवासी श्रमिक ५२ प्रतिशत पुरुष र ४८ प्रतिशत महिला छन् । ७४ प्रतिशत आप्रवासी श्रमिक २० देखि ६४ वर्ष उमेर समूहका रहेको अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) को प्रतिवेदनमा छ । नेपालबाट वार्षिक रूपमा करिब १० लाख नेपाली विभिन्न देश रोजगारीका लागि जाने गरेको सरकारी तथ्यांक छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर