
गाेविन्द्र राज तिमिल्सेना,बाजुरा: बडिमालिका नगरपालिका वडा.नं ७ रजातोलीमा परम्परागत स्थानीय संस्कृति भुवा पर्व यस बर्ष पनि भब्यताका साथ मनाईने भएको छ।“भुवा पर्व,हामी सबैकाे गर्व” भन्ने मुल नारा सहित यो बर्ष पौष ३ देखि ५ गतेसम्म स्थानिय संस्कृति भुवा पर्व भब्यताका साथ मनाईने भुवा पर्व मेला ब्यबस्थापन समिति बडीमालिका ७ ले जनाएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइने साँस्कृतिक पर्व ‘भुवा’ बिषेश गरी बाजुराकाे बडिमालिका ७ रजातोलीमा भब्यताका साथ मनाइन्छ । परम्परागत संस्कृतिकाे जगेर्ना गर्ने उदेश्य सहित भुवा पर्व भव्य रुपमा मनाउन लागिएकाे भुवा पर्व मेला व्यवस्थापन समिति संयाेजक उमाकान्त पाध्यायले बताए ।
उनका अनुसार, हरेक बर्ष झै याे बर्ष पनि भव्य रुपमा भुवाे मनाउन लागिएको हाे। मेलाकाे व्यवस्थापनकाे लागी सम्पुर्ण तयारी लगभग पूरा भएकाे बताउँदै उनले भुवा पर्वमा देउडा खेलाडीकाे लागी यस बर्ष खुला रुपमा सहभागीकाे लागी आग्रह गरिएकोमा जानकारी दिए।
रहेक बर्ष देउडा खेलाडीलाई निम्ताे दिईने गरे पनि याे बर्ष खुला रुपमा सहभागीकाे लागी आग्रह गरिएको हाे। खुला रुपमा नाम दर्ता गरेर जति पनि खेलाडीले सहभागी हुन पाउने हुँदा मेला थप रमाइलो बन्ने अपेक्षा लगिएकाे संयाेजक पाध्यायले बताए ।परम्परागत काल देखि मनाइदै आएको भुवा पर्वलाई यो बर्ष पनि भब्यताका साथ सम्पन्न गर्ने गरि तयारी थालिएको छ।
पर्वलाई थप ब्यबस्थित बनाउन स्वयंमसेवक परिचालन
गरिने छन् भने मेला अबधिभर मदिरा बिक्री बितरण तथा सेवनमा पूर्ण रोक लगाईने आयोजकले जनाएको छ।कोहि कसैले भुवा पर्व अबधिभर जाँड,रक्सि सेवन गरि हो-हल्ला गरी,भुवा पर्व बिथोल्न खोजेकाे खण्डमा कडा भन्दा कडा कार्बाही गरीने समेत आयोजकले जानकारी दिएकाे छ।
महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भाेस्सो’ भन्ने गरिन्छ।भुवा पर्व पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुन्छ । जसको आफ्नै ऐतिहासिक पक्ष रहेको छ ।महाभारतमा पाण्डव र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ । सोही लडाइँको सम्झनामा तथा पाण्डवहरूको जितको खुसियालीमा यो पर्व मनाउन थालिएको हो ।
यो पर्वमा ढाल र तरबारसहित चाली खेल्ने प्रचलन रहँदै आएको छ । पर्वको मुख्य आकर्षक पक्ष नै ‘भुवा नाच’ रहेको र यसको सुरुदेखि समाप्तिसम्म आफ्नै विधि प्रक्रिया रहेको बुढापाखाकाे भनाइ छ। पुसे औंसीको राति भुवाखाडोमा आगो बालेपछि यो पर्व सुरु हुन्छ । स्नान गरी बालिएको आगो तापेर घरमा मीठो–मसिनो खाना बनाइ खाइन्छ ।
सोही रात र प्रतिपदाका दिन लत्ताकपडा धुने र आफ्ना ढाल तरबारलाई चम्किलो बनाउने काम गरिन्छ ।ढाल कालोले रङ पोतिन्छ भने तरबारलाई धारिलो र चम्किलो बनाइन्छ । मुडा बालेको रातभर देउडा खेली भोली बिहान भारी खेलहरु खेल्ने प्रचलन रहेको छ ।भुवाेमा विभिन्न धार्मिक आस्थाहरु समेटीएका मागल,जीवन शैली, विभिन्न पेसा व्यवसायहरुसंग सम्बन्धित गित गाँउदै भारी खेलहरु खेल्ने गरिएका छन्।
बाजुरा जिल्लाकाे रजाताेली,मार्तडी,जुगाडा, पाण्डुसैन, बह्रमतोला, आटिचौर, तोली, छतारा लगाएत का क्षेत्रमा बिशेष धुमधामका साथ भुवा पर्व मनाउने प्रचलन रहेको छ । यो पर्व सुदुरपश्चिमा दशै र तिहार पछिको ठुलो पर्वका रुपमा मनाउने गरिन्छ । भुवा पर्व बिशेष गरी३ देखी ५ दिन सम्म मनाउने गरिन्छ ।पर्वमा चौभानिया भाई ,भारी खेल,सरबा टोटली,ज्युउनापुरी धारुमल्यो भाई,चाली यस पर्वका मुख्य आर्कषक हुन ।

बडीमालिका ७ रजाताेली भुवा पर्व: तस्विर: गाेविन्द्र राज तिमिल्सेना

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर