
बाजुरा- समुन्द्री सतहबाट करिब ३२०० मिटरको उचाईमा रहेको बाजुराको कालाजग्रा प्राकृतिक तथा धार्मिक हिसाबमा निकै महत्त्वपूर्ण छ । कालाजग्राबाट देखिने वरपरको दृश्यले पर्यटकलाई आकर्षण गर्ने गरेको छ।

टाईगर हिलका नामले चिनिने कालाजग्रा धार्मिक तथा प्राकृतिक हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ। यहाँ प्रत्यके बर्ष साउन पुर्णिको बेला पुजा हुने गरेको छ। पुजाआजा गर्नको लागी आन्तरिक तथा बाह्य श्रदालु भक्तजन आउँने गर्छन्।
यहाँबाट बाजुराका ठुला धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका,बुढिनन्दा,हुम्ला,जुम्ला लगायत ठाउँमा अग्ला सेताम्य हिमाल,अपी,शैपाल हिमाल लगायतका दृश्यहरु प्रष्ट देख्न सकिन्छ । साथै यहाँबाट बाजुराको सुन्दर क्षेत्र कोल्टी,पाण्डुसैन,पोरखेगढीको पनि दृश्यावलोकन गर्न सकिन्छ।
भिमकाय पहाडमाथि उभिएको कालाजग्राबाट सेताम्य हिउँका पहाड, वरपरको मनोरम दृश्य नियाल्दै पर्यटक रमाउने गरेका छन्। मंसिर,पुस,माघ र फागुन महिनामा हिउँको घुम्टोमा कालाजग्रा सजिने गरेको छ । यो बर्ष भने अहिलेसम्म पानी नपर्दा हिउँ पर्न सकेको छैन्।
यहाँ पुग्ने जोकोहीलाई चिसो सहन मुस्किल पर्छ।सिरसिरे र ठण्डो हावापानी,हिउँको सनसनाहट चिसोले यहाँ घुम्ने जाने पर्यटकलाई अधिक चिसो मुस्किल हुने गर्छ। वरपर जताततै अग्ला पहाड,टाढाटाढाका सुन्दर हिमाल, वनजंगल, चराचुरुंगी र वन्यजन्तुले मानिसलाई साच्चै स्वर्ग पुगेको आभास हुन्छ।
धर्ती स्वर्ग छ भन्ने कुराको आभास यहाँबाट अनुभूती गर्न सकिन्छ। यहाँको भिन्न भूबनोट,फरक हावापानी र सुन्दर प्रकृतिले गर्दा यो क्षेत्र साच्चै पहाड भित्र लुकेको अर्को नयाँ संसार,विचीत्रताको खानी,उपनाम जस्तैः लाग्ने गर्छ । चिसो अत्याधिक हुने यस ठाँउमा अहिले मानिसहरु प्रायः भम्रण गर्न सक्दैनन् ।
मौषममा बदली आएपश्चात बर्षा र हिमपात सुरु हुने यस क्षेत्रमा मंसिर अति नै जाडो हुने गर्छ । दुई पहाडको थुम्कोमा रहेको यो क्षेत्र प्राकृतिक सौन्दर्यताले भरिपुर्ण छ । यस क्षेत्रबाट अद्भूत शक्ति र वरदान प्राप्त हुने जनविश्वास रहेको छ।
यात्राका क्रममा देखिएका तथा कैद गरिएका केही मनोरम दृश्य यहाँ प्रस्तुत गरिएको छ :


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर