• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

पहिलोपटक प्लेअफमा पुगेका काठमान्डु र लुम्बिनी इलिमिनेटरमा खेल्दै

खप्तड मालिका न्युज December 10, 2025 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौंः सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई टोली काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आज ‘इलिमिनेटर’ मा खेल्दै छन् ।त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजे सुरु हुने यस इलिमिनेटर खेलबाट एकमात्र टोलीले मात्र उपाधिको सम्भावना कायम राख्न सक्छन् । किनभने यो नकआउट खेल हो जहाँबाट पराजित भएमा टोलीको यात्रा समाप्त हुनेछ ।

अर्कोतर्फ विजयी हुने टोलीले पनि फाइनलमा स्थान भने बनाउने छैन । फाइनल पुग्नका लागि अर्को एक खुड्किलो पार गर्नुपर्ने हुन्छ, अर्थात् दोस्रो क्‍वालिफायरमा खेल्नुपर्ने हुन्छ ।पहिलो क्‍वालिफायरमा मंगलबार सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई हराउँदै फाइनलमा पुगिसकेको छ । अब त्यही विराटनगरसँग यस इलिमिनेटर खेलको विजेताले भोलि खेल्नेछ ।

काठमान्डुले लुम्बिनीमाथि हालसम्म खेलेका दुवै खेल जितेको छ । काठमान्डुले त्यो दबदबा कायमै राख्न चाहनेछ भने लुम्बिनीले आजको खेल जितेर काठमान्डुलाई उपाधि यात्राबाट बाहिर पठाउने सोचमा हुनेछ ।

यस्तो छ प्रदर्शन

एनपीएलको दोस्रो संस्करणमा दुवै टोलीको प्रदर्शनमा उतारचढाव देखिएको छ । दुवै टोलीले प्रतियोगितामा एकै किसिमको लय देखाउन सकिरहेका छैनन् ।काठमान्डुले सुरुवाती खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर त्यसपछि दुई खेलमा पराजित हुँदा बाँकी चार खेल जितेर प्लेअफको यात्रा तय गरेको थियो । विराटनगर किङ्ससँग समान १० अंक भएपनि नेट रनरेटमा पछि परेपछि तेस्रो स्थानमा रहेर इलिमिनेटर खेल्न लागेको हो ।

काठमान्डु विदेशी खेलाडीको प्रदर्शनमा बढी निर्भर देखिएको छ । विशेषगरी ब्याटिङमा दुई इंग्लिस खेलाडी बेन चार्ल्सवर्थ र जोन सिम्पसनको प्रदर्शन महत्वपूर्ण देखिएको छ । जेरार्ड एरासमसले पनि मध्यम प्रदर्शन गरेका थिए तर प्लेअफका लागि भने उनी उपलब्ध छैनन् । मिलिन्द कुमारको अलराउन्ड प्रदर्शन पनि काठमान्डुका लागि महत्वपूर्ण छ ।

विदेशी बलरहरू अनुबन्ध नगरेको काठमान्डुलाई बलिङमा नेपाली खेलाडीकै भर छ । पार्ट टाइम स्पीनर मिलिन्द कुमार मात्र विदेशी बलर हुन् । यसबाहेक नेपाली बलरले नै बलिङ गर्नुपर्नेछ र फाइनलसम्म पुग्न उनीहरूले राम्रो बढी मेहेनत गर्नुपर्ने हुन्छ ।

चार्ल्सवर्थले बलरहरूबाट राम्रो प्रदर्शन हुन सकेमा उपाधि जित्न आफूहरू योग्य रहेको बताएका थिए । ‘बलरहरूले राम्रो गरिरहेका छन्, शाहबले पनि गज्जब गरेका छन् यो प्रतियोगितामा । लेन्थ पनि राम्रो छ, कन्सिस्टेन्ट छन्’ उनले भने, ‘योजना अनुसार प्रदर्शन भइरहको छ र हामी उपाधि जित्न आशावादी छौं।’

यता लुम्बिनी लायन्सले सुरुवाती खेलमा चितवन राइनोजलाई हराएपछि लगातार ३ खेलमा पराजित हुँदा अन्तिम ३ खेल लगातार जितेको थियो।चुनौतीका बीच लुम्बिनीले त्यसपछि शानदार पुनरागमन गर्दै बाँकी तीनवटै खेल जितेर प्लेअफमा स्थान बनाउन सफल भयो ।लुम्बिनीले प्रतियोगिताको बीचमा विदेशी खेलाडीदेखि टिम कम्बिनेसनसम्म परिवर्तन गरेको थियो । त्यसले पनि लुम्बिनीको टोलीमा सकारात्मक परिवर्तन ल्याएको छ ।

काठमान्डुभन्दा ठीक विपरित लुम्बिनीका लागि भने नेपाली खेलाडीको प्रदर्शन अग्रणी भूमिकामा देखिएको छ । ब्याटिङ र बलिङ दुवैमा नेपाली खेलाडी शीर्षमा छन्, त्यसमा विदेशी खेलाडीले साथ दिएका छन् । सबैभन्दा धेरै रन कप्तान रोहित पौडेलले बनाएका छन् भने सबैभन्दा धेरै विकेट शेर मल्लले लिएका छन् ।

ब्याटिङ र बलिङमा आवश्यक सुधार गरेर अझै राम्रो बनाउन सकेमा लुम्बिनी पनि उपाधि जित्न दाबेदारका रूपमा छ । कप्तान रोहितले पनि त्यही कुरा गरेका छन् । ‘अरू टिमहरू पनि राम्रो देखिएका छन् । हामी अलिकति अझै बेटर छौं जस्तो लाग्छ’ रोहितले प्लेअफमा पुगेपछि भनेका थिए ।

हेड टु हेड

काठमान्डु र लुम्बिनीबीच हालसम्म दुवै संस्करणमा गरेर २ पटक खेल भएका छन् । दुवै खेल काठमान्डुले जितेको छ ।पहिलो संस्करण भएको लो स्कोरिङ खेलमा काठमान्डुले लुम्बिनीमाथि १८ रनको रोमाञ्चक जित हासिल गरेको थियो । १०३ रनमा अलआउट भएको काठमान्डुले लुम्बिनीलाई ८५ रनमा अलआउट गरेको थियो ।

यस्तै दोस्रो संस्करणमा भएको खेलमा पनि काठमान्डु गोर्खाजलाई पराजित गर्‍यो । २० ओभरमा १५७ रन बनाएको काठमान्डुले उक्त स्कोर डिफेन्ड गर्दै लुम्बिनीलाई १३५ रनमा अलआउट गरेको थियो ।

प्रभाव पार्न सक्ने खेलाडीहरू

काठमान्डुका लागि दुई इंग्लिस ब्याटर बेन चार्ल्सवर्थ र जोन सिम्पसनको भूमिका महत्वपूर्ण हुनेछ । उनीहरूलाई अर्का विदेशी ब्याटर मिलिन्द कुमारको साथ रहनेछ । चार्ल्सवर्थले १९७ तथा सिम्पसनले १५४ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडी छन् ।

बलिङमा भने दुई नेपाली बलर कप्तान करण केसी र शाहब आलमले प्रभाव पार्न सक्छन् । उनीहरू काठमान्डुका लागि सबैभन्दा धेरै, समान १२ विकेट लिएका खेलाडी हुन् ।यसबाहेक ब्याटिङमा ओपनर आकाश त्रिपाठी र मिडल अर्डरमा भीम सार्कीले राम्रो प्रभाव पार्न सक्छन् । बलिङमा पार्ट टाइम स्पीनर मिलिन्द कुमारको प्रदर्शन महत्वपूर्ण रहनेछ ।

यता लुम्बिनीका लागि ब्याटिङमा कप्तान रोहित पौडेलसँगै ओपनर डार्शी शर्ट अनि मिडल अर्डरमा निरोशन डिक्‍वेलाको प्रदर्शन महत्वपूर्ण हुनेछ । लुम्बिनीका लागि रोहितले २०८ रन तथा शर्टले १६४ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

बलिङमा स्पीनर शेर मल्ल अनि पेसर रुबेन ट्रम्पलमनको स्पेलले ठूलो अर्थ राख्नेछ । शेरले १२ तथा ट्रम्पलमनले ८ विकेट लिएका छन् ।यी बाहेक दिलिप नाथ र सन्दीप जोराले फिनिसिङमा रन बनाउनुका साथै अनि कप्तान रोहित पौडेलले पार्ट टाइम स्पीन बलिङमार्फत विकेट निकाल्न सक्छन् ।

खेलः काठमान्डु गोर्खाज भर्सेस् लुम्बिनी लायन्स इलिमिनेटर
समयः अपरान्ह ४ बजे डेनाइट खेल
मौसमः सफा, बेलुका शीत आउन सक्ने

सम्भावित ११

काठमान्डु गोर्खाजः बेन चार्ल्सवर्थ, आकाश त्रिपाठी, मिलिन्द कुमार, भीम सार्की, जोन सिम्पसन, राशिद खान, सन्तोष यादव, आदिल आलम, सन्नी पटेल, करण केसी, शाहब आलम

लुम्बिनी लायन्सः डार्शी शर्ट, सुमित महर्जन, रोहित पौडेल, दिलिप नाथ, निरोशन डिक्‍वेला, जेजे स्मिथ, सन्दीप जोरा, शेर मल्ल, रुबेन ट्रम्पलमन, अभिशेष गौतम, तिलकराज भण्डारी

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑