• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बडीमालिका नगरपालिकाकाे स्थापना दिवस: स्थानीय परम्परा,कला,संस्कृतिलाई जाेड

खप्तड मालिका न्युज December 3, 2025 मा प्रकाशित (८ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: स्थानीय संस्कृति,परम्परागत र पहिरनका साथ बडीमालिका नगरपालिकाकाे सद्भाव र सँस्कृतिको उत्सवमय स्थापना दिवस सम्पन्न भएको छ।

स्थानीय कला,संस्कृति,परम्परालाई पहिचान,उजागर तथा संरक्षण गर्ने उद्देश्य सहित सञ्चालन गरिएको नगर स्थापना दिवस भव्य रुपमा सम्पन्न भएको हाे ।

नगर स्थापना दिवसमा नगरभित्रका ९ वटै वडाका स्थानीय कला, संस्कृति, भेषभूषा, परम्परागत नृत्य आदिको झल्को दिने प्रस्तुतिहरुलाई प्राथमिकता दिर्दै दिवस मनाईएकाे नगर प्रवक्ता तथा बडीमालिका ७ का अध्यक्ष धर्मराज पाध्यायले बताए ।

उनका अनुसार,सदूर तथा बाजुराको संस्कृतिलाई प्रमुख प्राथामिकतामा राखेर स्थापना दिवसका अवसरमा सामाजिक परम्परा र संस्कृति झल्किने जस्ता कार्यक्रम गरि दिवस मनाएकाे बताएका छन् ।

दिवसमा हरिनो नाच,देउडा,विशुपर्वको गाथा,विवाह मागल भाका,भोटेसेलो,भुवा-चाली गौरा-अनन्ते गाथा लगायत परम्परागतकाे प्रर्दशनी गरिएको थियाे।दिवसले सांस्कृतिक सद्भाव, समुदायबीच एकता, र स्थानीय पहिचानको प्रोत्साहन गर्ने उदेश्य राखिएको छ।

स्थापना दिवसको अघिल्लो दिन कर्मचारी बीच भलिबल प्रतियोगिता आयोजना गरिएको थियो ।त्यस्तै दोस्रो दिन साँस्कृतिक प्रस्तुती सहीत देउडा खेल, पुरस्कार र सम्मान कार्यक्रम गरिएको हाे।

कर्मचारी बीचको भलिबलमा पुरुष तर्फ प्राविधिक टिम र महिला तर्फ स्वास्थ्य कर्मीको टिम प्रथम भएको हाे।खेलमा प्रथम स्थान ल्याउने दुबै टिम र अरु उत्कृष्ट कर्मचारी, सामाजिक सेवामा सक्रिय व्यक्तित्व र कला कर्मीलाई समेत सम्मानित गरिएकाे हाे।

११ औं स्थापना दिवसकाे अवसरमा विभिन्न सेवा क्षेत्रका व्यक्ति सम्मानित:

दिवसका अवसरमा विभिन्न पेशा, सेवा र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका २२ जना व्यक्तिहरूलाई नगरपालिकाले सम्मानित गरेकाे हाे।

नगर कार्यपालिका बैठकले यस वर्षको नगर दिवस कार्यक्रमलाई विशेष बनाउँदै विविध क्षेत्रमा उत्कृष्ट कार्य गरेका व्यक्तिहरूलाई सम्मानित गरिएकाे नगर प्रवक्ता धर्मराज पाध्याले बताए ।

उनका अनुसार,नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, संस्कृतिको संरक्षण, प्रशासनिक सेवा, व्यवसाय, खेलकुद तथा अन्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका व्यक्तिहरूलाइ सम्मान गरेकाे हाे।

सम्मानित हुनेमा पत्रकार महासंघ बझाङ बाजुराका संस्थापक अध्यक्ष दयाराम पण्डीत, डाक्टर हिमाल कार्की , इन्जिनियर जंग थापा,करे रावल, शिक्षक धनबहादुर रावल सम्मानित भएका हुन्। त्यस्तै कला क्षेत्र तर्फ महेन्द्र दानी, सुना विक, बिस्ना विष्ट, रामबहादुर थापा, रामचन्द्र पाध्याय, विनोद सिंह,अगं ल्वार, पुने दानी, वडा सचिव अमर भण्डारी सम्मानित भएका छन्।

त्यस्तै नगरपालिकाका क्रर्मचारी सुषला रावल, तिलक न्याैपाने, शुसिला बुढ्थापा, भक्त बि.क. धन बहादुर रावल, जय बहादुर रावल, गणेश विष्ट ,हिन्दुर बि.क. चक्र राेकाया  लगायतका बिभिन्न क्षेत्रमा याेगदान गरेका नगरपालिकाले सम्मानित गरेकाे हाे।

नगरप्रमुख अम्मर खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अथिती जिल्ला समन्वय समिती प्रमुख तुलसीराम रोकाया रहेका थिए । त्यस्तै कार्यक्रममा नगर उपप्रमुख नन्दा कुमारी थापा,नेपाली काँग्रेस बडीमालिका नगरसभापती गोपाल कार्की,नेकपा एमाले बाजुरा अध्यक्ष लालबहादुर ओली बिशिस्ट अतिथि रहेका थिए ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत रंगमल विक,मालिका माध्यामिक विद्यालयका प्राचार्य शुभराज पाध्याय ९ वटै वडाका वडाअध्यक्ष,कार्यपालिका सदस्य,वडासदस्य अतिथि रहेका थिए। कार्यक्रमकाे संचालन  कृषि शाखाका रमेश विकले गरेका थिए ।

बडीमालिका नगरपालिकाकाे ११ औं स्थापना दिवस: तस्विर: जय बहादुर रावत

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑