• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  बाजुरा

बाजुराका ‘पाउरोटी बड्डा’ नामले परिचित राेकायाकाे संघर्ष र प्रेरणाकाे कथा: १९ बर्षदेखि पाउरोटी व्यवसाय

खप्तड मालिका न्युज November 24, 2025 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गाेविन्द्र राज तिमिल्सेना,बाजुरा:  बुढिनन्दा नगरपालिका वडा.नम्बर ९ अगाउपानीका रन बहादुर राेकायाले व्यावसायिक रुपमा पाउरोटी व्यवसाय सञ्चालन गरेर एक असल व्यवसायकर्मीकाे परिचय दिएका छन्। ‘पाउरोटी बड्डा’ नामले परिचित राेकाया बाजुराबासीलाई पाउरोटी खुवाउने र चिनाउने व्यक्तिकाे रुपमा चिनिन्छन्।

विगत १९ बर्षदेखि उहाँ पाउरोटी व्यवसायमा संलग्न हुनुहुन्छ । अहिले राेकाया उमेरले ७२ बर्षकाे हुनुभयाे । तर जाेश जागर भने उहीँ छ ।विगतका दिनहरुमा हरेक दु:ख कष्ट झेल्दै आएका राेकायाले अहिले असल व्यवसायकर्मी पुरुषकाे रुपमा आफूलाई चिनाउनुका साथै सबैकाे प्रेरणाकाे स्रोत समेत बनेका छन्।

विगतका दिनमा भारतकाे नाैकरीबाट घर परिवारकाे पेट पाल्दै आएका उनले त्यहाँको काम छाेडर आफ्नै जन्मभूमि फर्कि पाउराेटी व्यवसाय तर्फ उन्मुख भए ।अहिले उनले व्यवसायिक रुपमै १९ बर्षदेखि पाउराेटी उद्याेग सञ्चालन गरेर बसेका छन्।जुन व्यवसायबाट उहाँले आफ्ना छाेराछाेरीहरुलाई उच्च शिक्षा अध्ययन समेत गराए।

अहिले पनि उहाँले दुई नाति,एक नातिनी र एक छाेरीलाई पढाइ रहनु भएको छ।पाउराेटी बेचेरै उहाँकाे घरधन्दा चलेकाे छ। एका विहानै ४ बजेदेखि उहाँको पेशा,व्यवसाय सुरु हुन्छ। पाउराेटी,डुनाेट,बनाएर सकेपश्चात् डाेकाेमा हालेर बेच्नकाे लागी बजारतिर निस्किन्छन्।

बजारभरिका पशलहरुमा एकाविहानै डाेेकाेमा पाउराेटी बाेकेर बेच्न लागेकाे अवस्थामा उहाँ भेटिनुहुन्छ।उनले ताजा पाउरोटी,डुनाेट प्रति एककाे १० देखि १५ रुपैयाँका दरले बिक्री गदै आएका छन्। पहिले बाउलीमा व्यवसाय सञ्चालन गर्दै आएका उनले अहिले बडिमालिका ८ रावलवाडा डाँडामा काेठा भाडा लगेर व्यवसाय सञ्चालन गरिरहेकाे छन्।

व्यवसायबाट मासिक पचास हजार बढि आम्दानी हुने गरेकाे उनकाे भनाइ छ।आम्दानी भएकाे रकमबाट काेठाभाडा तिरेर अन्य सर-सामान किन्दा न्युनतम १० हजारसम्म बचत हुने गरेकाे राेकायाले बताएका छन्।आफू भित्रकाे ईच्छाशक्ती ,क्रियाशीलता,निरन्तरता र मेहनतले नै सानाे व्यवसाय चलिरहेकाे राेकायाकाे भनाइ छ।

पाउराेटी उत्पादन सँगसँगै बजारीकरणका लागि आफै बजारभर हिँड्ने गरेका छन्।आफैले डाेकामा पाउरोटी,डुनाेट बाेकेर बजारमा पुग्छन् । राेकाया भन्छन्,‘एका विहानै ताजा पाउरोटी र डुनाेट डाेकामा हालेर बेच्न बजार जान्छु।सवेरै सबै पशलमा पुग्दा नास्ताकाे लागि ग्राहक बसेका हुन्छन् र सबै पशलेले किन्ने गर्छन्।’

मानिसकाे लागी कुनै पनि पेशा व्यवसाय सानाे ठुलाे हुदैन भन्ने धेयका साथ सानाे पेशा अगाँलीरहेकाे उनकाे भनाइ छ। दिनहुँ पाउराेटी व्यवसायबाट न्युनतम दुई हजार देखि पच्चिस सय आम्दानी गर्ने गरेकाे उनकाे भनाइ छ। मासिक पचास हजार भन्दा बढिकाे दरले बार्षिक छ-सात लाख आम्दानी हुने गरेकाे उनले बताए ।

उनका अनुसार, पाउरोटी व्यवसाय सञ्चालनकाे लागी पाउराेटी पकाउने मेसिन घरेलुले २०७४ सालमा असी हजार बढिकाे लागतमा उपलब्ध गराएकाे र धुलाे मिच्ने मेसिन असी हजारकाे लागतमा आफ्नै लगानीमा खरिद गरेकाे बताएका छन्।उनले भने,‘अहिले पकाउने मेसिन राम्रो भए पनि धुलाे मिच्ने मेसिन बिग्रने अवस्थामा छ। कहिँकतैबाट धुलाे मिच्ने मेसिन सहयाेग भएको खण्डमा ठुलाे राहत हुने थियाे’।

साथै उनले मेसिन उपलब्धताकाे लागी सबै संग सहयाेगकाे आग्रह समेत गरेका छन्। साथै राेकायाले अहिले बजारमा बाहिरबाट पाउराेटी,डुनाेट आयात हुने हुँदा समस्या थपिएको समेत बताएका छन्।अहिले बजारभर बाहिरबाटै पाउरोटी,डुनाेट आउँने गर्छन्। जसले गर्दा आफ्नाे पेशा,व्यवसायमा चुनाैती थपिएको छ।

राेकायले भने,‘बाहिरबाट आयात भए पनि आफू आफ्नो पेशा,व्यवसायमा लगावका साथ निरन्तरता दिन्छु ।जसका कारण उत्पादित पाउराेटी,डुनाेट खेर जादैनन्। सबै बिक्री हुन्छन्। जसले गर्दा आफू खासै निरास हुनु पर्दैन् छ ’। राेकाया एक उदाहरण पात्र मात्रै हुन्। यस्ता स-साना व्यवसाय सञ्चालन गरेर असल कर्मकाे परिचय दिएका व्यक्तिहरु बाजुरामा थुप्रै छन्।

उनकाे पेशाले ‘मिहिनेत आवश्यक छ। देशमा अवसर छैन् भन्न मिल्दैन । कर्म गर्न जरुरी छ । विदेश पलायन हुनुभन्दा आफ्नै ठाउँमा मेहनत गरे प्रतिफल प्राप्त हुन्छ ’।भन्ने सकारात्मक सन्देश प्रवाह गरेकाे छ । राेकायाकाे याे सामान्य पेशा,व्यवसाय एक असल उदाहरण मात्रै हाे: तर कुनै पनि पेशा व्यवसाय सानाे हुदैन् भन्ने कुरा यसबाट जान्न सकिन्छ।

आफ्नो कर्म अनुसार काम गरे कुनै पनि व्यक्ति असफल हुदैन् भन्ने ज्वलन्त प्रमाण यहि हाे। जाे कर्म संसारले देख्छ, र सुन्छ। पछिल्ला पुस्ताहरुलाई राेकायाले कर्मकाे पाठ सिकाएर व्यवसाय बन्न प्रेरणा दिएका छन्। ‘ सानाे कर्म लाजको होइन,गर्वको विषय हो ।ठुलाे व्यवसायबाट मात्र व्यक्ति चिनिन्छ भन्नू गलत हाे।सानाे व्यवसायले पनि मानिसकाे गाैरव र प्रतिष्ठा बढाएकाे हुन्छ ।’

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑