
बाजुरा: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जिल्ला अस्पताल बाजुरामा तत्काल थप उपकरण, जनशक्ति र बजेट व्यवस्थापन गरिने बताएका छन्।

बाजुरा पुगेका मन्त्री शाहले जिल्ला प्रशासन कार्यालय बाजुरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्ताे बताएका हुन्। मुख्यमन्त्री शाहले जिल्ला अस्पताल शैयामा कम भए पनि प्रदेश स्तरीय अस्पताल भएको भन्दै अस्पतालमा तत्काल थप उपकरण, जनशक्ति र बजेट व्यवस्थापन गरिने बताए।
अस्पतालबाट गुणस्तरीय र अझै प्रभावकारी सेवा प्रवाह गर्न उपकरण,जनशक्ति र बजेटकाे व्यवस्थापनमा प्रदेश सरकार प्रतिबद्ध रहेकाे समेत बताएका हुन्। साथै उनले राजनीतिक नियुक्ति प्रक्रिया मंसिर महिनाभित्रै टुंगिने समेत बताएका छन् ।
शाहले प्रदेशका अस्पताल, खेलकुद सहितका निकायमा ढिलाइ भएको राजनीतिक नियुक्ति प्रक्रिया याे महिनाभित्र टुंगिने लगाईने बताए ।जिल्लाका जनप्रतिनिधि, कर्मचारीहरुलाई मुख्यमन्त्री शाहले नीतिगत र संस्थागत सुधारमा लाग्न समेत आग्रह गरे।
नीतिगत तथा संस्थागत सुधार अपरिहार्य रहेको बताउदै शाहले सुधारका लागि खुला संवाद र सहकार्य जरुरी रहेको उल्लेख गरेका हुन्।मुख्यमन्त्री शाहले आफू हुँदासम्म कुनै आन्दोलन र नाराबाजी गर्न नपर्ने र खुल्ला रुपमा छलफल र संवादमार्फत निकासमा पुग्न प्रतिवद्ध रहेको कुरामा जाेड दिए ।
त्यस्तै मुख्यमन्त्री शाहले आफूसहित सभामुख, समिति सभापति र मन्त्रालयका सचिवहरु बसेर तत्काल सदन खुलाउने र क्याबिनेटबाट ऐन संशोधनको प्रक्रिया अगाडि बढाइने जानकारी समेत गराए। अहिले सदन चलिरहेका बेला अध्यादेश हुने भएकाले अध्यादेशबाट ल्याउन नसकिएको समेत स्पष्ट पारेका हुन् ।
जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री कमल बहादुर शाह रहेका थिए । त्यस्तै निमित्त प्रमुख जिल्ला अधिकारी शीतल बहादुर रावल, प्रदेश सभा सदस्य नरेश शाही, पदम बहादुर शाही, जुना दानी, स्थानीय तहका उपप्रमुख–प्रमुख, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायत पत्रकारको सहभागीता रहेको थियो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर