
बाजुरा: बाजुराकाे गाैमुल गाउँपालिकामा बाघकाे बिगबिगी बढेकाे छ । पालिकाकाे वडा.नम्बर ६ मा बढिजसाे बाघकाे बिगबिगी बढेकाे हाे।प्रत्येक बर्ष बाघले ठुलाे क्षती पुर्याउँदा यहाँका किसान चिन्तित बनेका हुन्।

एकहप्ता अघि साेही पालिकाकाे -६ सटेडा गैरीबाडाका स्थानीय नरी चदाँराको गोठमै पसेर बाघले १६ वटा बाख्रा मारेको थियाे ।बस्तीमै बाघ छिरेर गोठका बाख्रा मारेर खाएपछि स्थानीय त्रसित बनेका थिए ।
त्यसलगत्तै एकहप्ता पछि पुन: साेही वडाकाे सटेडामा बाघले फर्मभित्र पालेका ४४ वटा कालिज मारेर छ। स्थानीय गणेश रोकायाले व्यवसायीक रुपमा सञ्चालन गरेको कालिज फर्मभित्र पसेर बाघले ४४ कालिज सखाप बनाएकाे हाे।
स्थानीय राेकायाकाे घर नजिकै रहेको कालिज फमभित्र पसेर ५६ वटा मध्ये ४४ कालिज बाघले मारेकाे पीडित स्थानीय गणेश रोकायाले बताए।आफू फर्मभन्दा टाढाको घरमा बसेको र विहान अर्डरका लागी कालिज लिन जाँदा
बाघले ग्याविन भत्काई मारेकाे बताएका छन्।
विक्रि गर्न ठिक्क बनाएर राखेका कालिज बाघले मारेपछी राेकायाकाे करिव १ लाख ५० हजार भन्दा बढीको क्षति भएको हाे।राेकायाले २०६९ सालदेखि व्यक्तिगत १६ लाख लगानीमा घुमपाल रिङरेड तथा पशुपन्छी कालिज फर्म मार्फत व्यवसायीक रुपमा कालिज पालन गर्दै आएका थिए ।
हरेक बर्ष बाघले कालिज मारेर ठुलो नाेक्सानी गर्ने गरेकाे पिडित राेकायाकाे भनाइ छ । सुरुमा गवाडा भन्ने स्थानमा कालिज फर्म स्थापन गरेका थिए । सोही ठाउँमा पनि बाघले ५४ हजार बराबरका कालिज खाएकाे थियो । उक्त स्थानबाट सुरक्षित राख्न घर नजिकै राखेका उनले पुन: बाघले नाेक्सानी पुर्याएकाे हाे।
पालिकाका विभिन्न गाउँमा बाघले आतंक मच्चाउन थालेपछि स्थानीय त्रसित बनेका छन् । एकपछि अर्को घटना बढ्न थालेपछी मान्छेमा बाघले हामीमाथी समेत आक्रमण गर्ने हो की भन्ने चिन्ता बढेकाे हाे।बाजुराका विभिन्न ठाउँमा पछिल्लो समय बाघले ठुलाे नाेक्सानी गर्ने गरेकाे छ । बिशेषत् गाैमुल,खप्तड छेडेदह,बडीमालिकामा बाघका घटना बढि घट्ने गरेका छन्।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर