• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

काेल्टीबाट राष्ट्रिय परिचयपत्र सेवा सुचारु: मार्तडी धाउनुपर्ने बाध्यताकाे अन्त्य

खप्तड मालिका न्युज November 20, 2025 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुराकाे बुढिनन्दा नगरपालिका काेल्टीबाट पुन: राष्ट्रिय परिचयपत्र सेवा सुचारु गरिएको छ। पहिले बर्षातकाे समयलाई मध्यनजर गर्दै १ महिनासम्मकाे लागी राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सुरु गरिएकाे थियाे।

गत भाद्रमा तत्कालिन प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावल, हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द मल्ल, स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया, लगायतको सहभागीतामा औपचारीक रुपमा सेवाकाे शुभारम्भ गरिएको थियाे ।

१ महिनासम्मकाे लागी सञ्चालित उक्त सेवा विचमा राेकिएकाे थियाे । अबबाट नियमित काेल्टीबाटै सेवा प्रवाह हुने गरि काम सुचारू गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।माथिल्लाे क्षेत्रका नागरिककाे सहजताका लागी राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराका कम्प्युटर अपरेटर नैन रावलले बताए ।

काेल्टीमै सहज रुपमा सेवा पाउँदा नागरिकलाई सदरमुकाम मार्तडी धाउनुपर्ने बाध्यताकाे अन्त्य भएको हाे। पूर्वी-उत्तरी भेगका चार स्थानीय तहका बासिन्दालाई लक्षित गर्दै सेवा विस्तार गरिएको नगर प्रमुख जनक कुमार बाेहराले बताए । नागरिकलाई नजिकबाटै सजिलो, सरल र छिटो सेवा उपलब्ध गराउन सेवा सुचारू गरिएको बाेहराकाे भनाइ छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट जिल्लाका लागि थप भएको स्टेशन कोल्टीमा राखेर सेवा प्रवाह सुरु गरिएको हाे । प्रशासन कार्यालय बाजुराले यहाँका ४ वटा स्थानीय तहका नागरिकहरुको सहजताका लागि सेवा सुचारु गरेकाे हाे।याे भन्दा अघि मार्तडीमा मात्रै परिचयपत्र विवरण संकलनको स्टेशन रहेको थियाे ।

मार्तडीमा मात्रै स्टेसन हुँदा माथिल्लो क्षेत्रका नागरिकले हप्तादिन लगाएर परिचयपत्र बनाउनुपर्ने बाध्यता थियाे।
अब नियमित काेल्टीबाट परिचयपत्रकाे काम हुने हुँदा यहाँका नागरिकहरुलाई सहजता निकै राहत मिल्ने भएको हाे।काेल्टीबाटै नियमित सेवा प्रवाह सुचारू हुँदा त्यहाँका स्थानीय खुसी समेत भएका छन्।

माथिल्लाे क्षेत्रका नागरिककाे लागी कोल्टी उपयुक्त ठाउँ भएकाले यहाँका नागरिकलाई यस सेवाले ठुलाे राहत पुग्ने अपेक्षा लगिएको छ। कोल्टीमा सेवा थालिएसँगै दैनिक २० जना नागरिक परिचयपत्र बनाउन आउने गरेको कर्मचारी सन्तोषी विकले बताइन् ।

सेवा लिन आउने अधिकांश नागरिक सेवा प्रवाहबाट खुसि समेत भएको बताउँदै उनले अब नियमित रुपमा माथिल्लो क्षेत्रका नागरिकले सहज रुपमा काेल्टीमै राष्ट्रिय परिचयपत्रकाे सेवा पाउँने जानकारी दिईन्।अब जिल्ला प्रशासन कार्यालय मार्तडी र कोल्टी दुवै स्थानबाट परिचयपत्र सेवा उपलब्ध हुने भएको हाे ।

सरकारले अहिले नागरिकता प्रमाणपत्रको विकल्पका रूपमा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेकाे हुँदा बाजुरा मात्र नभई देशभरकै प्रशासन कार्यालयमा परिचयपत्र बनाउने सेवाग्राहीकाे भिड लाग्ने गरेकाे छ ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑