
बाजुरा: बाजुरा युथ कनेक्टले संघीय राजधानी काठमाडौंमा फुटसल प्रतियाेगिता सञ्चालन गर्ने भएको छ।युथ कनेक्टले आज बाजुरा जिल्ला स्तरीय सेभन ए साईड फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको हाे ।

बाजुरा घर भई राजधानीमा विभिन्न पेशा,व्यवसाय र अध्यनकाे सिलसिलामा रहेका युवाहरु बिच प्रतियाेगिता सञ्चालन गरिने बाजुरा युथ कनेक्टका सचिव अर्जुन जोशीले बताए।
उनका अनुसार,सबै युवाबिच आपसी सद्भाव,भेटघाट र भाईचाराकाे सम्बन्ध स्थापित गर्न पहिलाे पटक प्रतियाेगिताकाे आयोजना गर्ने लागिएको बताएका हुन् ।साथै प्रतियाेगिताले बाजुराकाे खेल क्षेत्रमा ठुलाे सहयाेग पुग्ने विश्वास अपेक्षा समेत लगिएको जाेशीले जानकारी दिए ।
प्रतियोगितामा बाजुरा घर भई राजधानीमा रहेका करिव १५ टिमको सहभागिता रहने आयोजकले बताएको छ। प्रतियोगितामा उपाधी जित्ने विजेता टिमलाई नगद ४१ हजार १ सय ११ र उपविजेता टिमलाई १८ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने छ।
त्यस्तै प्रतियोगिताका उत्कृष्ट स्ट्राइकर, डिफेन्स, गोलकिपर र हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई पुरस्कृत गरिनेछ । प्रतियोगितामा प्रवेश शुल्क ३ हजार ५ सय तोकिएकाे छ ।संघीय राजधानी काठमाडौंमा बाजुराका युवाहरुले प्रतियाेगिताकाे आयोजना गर्नु निकै महत्त्वपूर्ण र उपलब्धिमुलक कार्य रहेकाे छ ।
खेल क्षेत्रबाटै पहिचान बनाउन र विभिन्न सामाजिक समस्याहरुलाई खेल क्षेत्रबाट समाधान गर्ने गरि प्रतियाेगिता सञ्चालन गरिने भएको हाे।प्रतियोगिता काठमाडौँको कीर्तिपुरस्थित मच्छेनारायण फुटसलमा हुने छ। प्रतियाेगिताले एकता र नेतृत्वकाे विकासमा टेवा पुर्याउने भएको हाे।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर