
बाजुरा: बाजुराकाे गाैमुल गाउँपालिकाले निःशुल्क शिक्षक सेवा तथा लोक सेवा तयारी कक्षा सञ्चालन गरेकाे छ । सदरमुकाम मार्तडीमा गाउँपालिकाले नि: शुल्क तयारी कक्षा सञ्चालन गरेकाे हाे।

शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र युवा शक्तिलाई स्वदेशमै रहने वातावरण तय गर्ने उद्देश्यका साथ नि:शुल्क तयारी कक्षा सुरु गरिएको गाउँपालिकाका अध्यक्ष हरी बहादुर राेकायाले बताए ।
उनका अनुसार,नि:शुल्क कक्षा सञ्चालन बाट गरिव,दुखी तथा आर्थिक अभावले कक्षा लिन नपाएका विद्यार्थीहरुका लागी ठुलाे सहयाेग पुग्ने बताएका छन्। साथै सम्पुर्ण विद्यार्थीहरुलाई सहज नियमित कक्षा लिन हुन पनि आग्रह गरेका छन्।
गाउँपालिकाको आर्थिक सहयोग तथा स्ववियु बाजुरा क्याम्पसको समन्वयमा तायरी कक्षा सञ्चालन गरिएको बाजुरा क्याम्पसका स्ववियु सभापति लक्ष्मण रोकायाले जानकारी दिए।
तयारी कक्षा सदरमुकाम मार्तडीमा रहेकाे बडीमालिका शैक्षिक केन्द्रमा हुने छ । नि:शुल्क तयारी कक्षामा सहभागी हुन पाउँदा विद्यार्थी खुसि समेत भएका छन्। तयारी कक्षामा बाजुरा क्याम्पसमा अध्ययनरत वा अध्ययन पूरा गरिसकेका विद्यार्थीहरुकाे सहभागीता छ
तयारी कक्षाकाे एक कार्यक्रमका बिच गाैमुल गाउँपालिका अध्यक्ष हरि बहादुर राेकायले उद्घाटन गर्नु भएको हाे । विद्यार्थीहरुलाई सरकारी सेवामा प्रवेश गर्न सहयाेग पुगाेस् भने निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको हाे ।
लोक सेवा आयोग तयारी कक्षा बिहान ६ः०० देखि ७ः०० बजेसम्म र शिक्षक निमावि लाइसेन्स तयारी कक्षा बेलुका ५ः०० बजदेखि ७ः०० बजेसम्म सञ्चालन हुने छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर