• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नेकपा (एमाले) काे जनदवाव,राष्ट्रिय एकता,संविधानकाे सर्वाेच्चता र संसद पुनःस्थापनाको माग

खप्तड मालिका न्युज November 11, 2025 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुरामा नेपाल कम्प्युनिष्ट पार्टी एमालेले जनप्रर्दशन कार्यक्रम गरेकाे छ । यहाँका ९ वटै स्थानीय तहमा नेकपा एमाले बाजुराले आज सडकबाटै जनदवाव कार्यक्रम गरेकाे हाे।

राष्ट्रिय एकता,संविधानकाे रक्षा,संसद पुनःस्थापनाको माग र प्रतिगामी कदमविरुद्ध बाजुराका विभिन्न बजारमा र्‍याली निकालिएकाे हाे।सदरमुकाम मार्तडी,काेल्टी,फालाशैन लगायत अन्य पालिकाका विभिन्न ठाउँमा एमाले बाजुराले प्रर्दशनी गरिएको छ।

साेही क्रममा बाजुराकाे सदरमुकाम मार्तडीमा नेकपा एमाले बडीमालिका नगर कमिटी द्वारा जनप्रर्दशन कार्यक्रमकाे आयोजना गरिएको हाे। कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा एमाले बाजुराका सचिव काँसी विकले जेनजीका नाममा जुन लुटपाट,आगजनी र विध्वंस मच्चाईयाे त्याे कार्य अत्यन्तै निन्दनीय रहेकाे बताए ।

साथै उनले देशकाे अस्मिता माथी गरिएको निन्दनीय कार्यका विरुद्ध नेकपा एमाले सडकबाटै उत्रिने बताएका हुन्।सहिलाई सहि र गलतलाई गलत भन्न सक्ने पार्टी एमाले मात्रै रहेकाेले एमाले सधैं सत्यकाे पक्षमा उभिने पार्टी रहेकाे समेत बताए ।

राष्ट्रिय एकता,संविधान सर्वाेच्चता र संसद पुनःस्थापनाको मागकाे लागी नेकपा एमालेले जनप्रर्दशन कार्यक्रमकाे आयाेजना गरेकाे एमाले बडीमालिका नगर कमिटी अध्यक्ष राजेश पायल विकले बताए । संविधान र देशकाे रक्षाकाे लागी एमाले सधैं एक कदम अघि नै हुने भएकोले  देश र संविधानकाे रक्षाका निमित्त एमाले सधैं कटिबद्ध रहने बताए ।

कार्यक्रममा बाेल्ने अन्य वक्ताहरुले अहिलेको सरकार वैधानिक नभई अवैधानिक तरिकाले अघि बढेकाे बताउँदै वैधानिक सरकार केपी शर्मा ओलीकै नेतृत्वमा मात्र बन्न सक्ने प्रष्ट पारेका हुन्।अहिलेकाे सरकार कुनै पनि हालतमा मान्य समेत नहुने उनीहरुकाे भनाइमा थियाे।

जनदवाव कार्यक्रममा सहभागीहरूले व्यानर सहित पार्टीका झण्डा,हातमा प्लेकार्ड बाेकेर “ राष्ट्रिय एकता कायम गर,संविधानको रक्षा गर ,“संसद पुनःस्थापना गर” प्रतिगामी सरकार मुर्दावाद भन्दै बजार परिक्रमा गरेर लाेकतान्त्रिक चाेकमा काेणसभाकाे आयोजना गरेका हुन्।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑