
बाजुराः राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले मान्छे संग कानुन डराएको बताएकी छन्। जिल्ला प्रशासन कार्यालय बाजुरामा आयोजित सरोकारवाला निकाय,सुरक्षाकर्मी र पत्रकार संगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।

अन्तरक्रिया र छलफलकै क्रममा बाजुरा आईपुगेकी खतिवडाले कानुन संग मान्छे डराउनुको सट्टा मान्छे संग कानुन डराएको बताईन्। अहिले कानुन बलवान नभई मान्छे बलवान बनेको छ । उनले भनिन्,‘ पहिले मानिस कानुन संग डराउँथ्यो, तर अहिले परिस्थिति उल्टो भएर मानिस सँग कानुन डराएको अवस्था छ । ’
अहिलेको समय कानुन नै मान्छेबाट डराएका कारण जताततै न्याय मरेको बताईन् ।साथै उनले सामाजिक कुरीति र महिला हिंसाबीच छलफल गर्दै नेपाली समाजमा अहिले पनि अनेकौं सामाजिक अभ्यास,रुढीबादी परम्परा विद्यमान रहेको उल्लेख गरेकी हुन्।
नेपाली समाजमा रहेको छाउपडी प्रथा,बोक्सीको आरोप सम्बन्धी हिंसा,बालबिवाह,दाईजो प्रथा,बालिका भ्रुण पहिचान गरि गर्भपतन,जातपातको आधारमा गरिने छुवाछूत,महिला र पूरुष बिचको असमान सम्बन्धका कारण समाज उहीँ परम्परागत चालचलनमा अल्झिरहेको बताएकी हुन्।
महिला माथी गरिने विभिन्न हिंसा,शोषण,दमनपूर्ण व्यवहारको अन्य हुन जरूरी रहेको बताउँदै यस्ता अवाञ्छित र अमानवीय हानिकारण अभ्यास,विभेद र असमानताहरुलाई राज्य र समाजको निरन्तर प्रयासले हटाउन जरूरी रहेको कुरामा जोड दिईन् ।
समाजमा विद्यमान महिलामाथी हुने हिंसा तथा विभिन्न प्रकारका हानिकारक अभ्यासहरु कायम रहेसम्म समग्र महिला तथा बालिकाको आर्थिक तथा सामाजिक विकास नहुने बताउँदै यस्ता हानिकारक अभ्यासका कारण महिला र बालिकामाथी शारीरिक तथा मानसिक प्रभाव परि कतिपय अवस्थामा बालिका तथा महिलाहरुले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको बताएकी हुन्।
समग्र बाजुराको परम्परागत प्रचलनबारे जानकारी लिदैँ उनले यस्ता हानिकारक अभ्यासको न्युनिकरण गर्न जरुरी रहेको बताईन्। बाजुराका महिलाहरुले भोग्नु परेका समस्याहरुलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै विद्यमान छाउपडी प्रथा,बोक्सीको आरोप,दाईजो प्रथा,छुवाछूत लगायत बिषयमा समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने कुरामा जोड दिईन्।
देशकै दुर्गम,कुपोषणको सिकार रहेको बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको डुमकोट अर्थात मुक्तिकोटका महिलाहरुको समस्या समाधान गर्न आफू माथिल्लो निकायमा समन्वय,सहकार्य तथा पहल गर्ने समेत बताईन्।
‘यहाँको अशिक्षा,भोकमरी,कुपोषण र महिलाहरुका समस्या उठान गरि ती समस्याहरुको न्युनिकरण गर्न आफू प्रतिबद्ध रहने छु ’। उनले भनिन्,‘ दुर्गमका महिलाहरुले भोग्नु परेका समस्याहरुको उठान गर्न कुनै कदम पछि हट्ने छैन्। ’
कार्यक्रममा जिल्लास्थित सम्पुर्ण सरोकारवाला निकाय,पत्रकारहरुले बाजुराका विभिन्न समस्याहरु उठान गर्दै सवाल जवाफ गरेका थिए । खतिवडाले विभिन्न प्रश्नहरुको बिषयमा प्रष्ट पारेकी थिईन्। उनले बिशेषत् महिला अधिकारका बिषयमा गहन छलफल गर्दै समसामयिक सुरक्षा,समस्या समाधान, चुनौति र अवसरका बिषयमा जानकारी लिएकी हुन् ।



खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर