• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 17, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

हामीले रातदिन सेवा दिएका छाैँ,तर जनशक्तिकाे व्यवस्थापन हुनुपर्याे: ईन्चार्ज पाध्याय

खप्तड मालिका न्युज November 7, 2025 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुराकाे मार्तडी स्वास्थ्य चाैकी चुथीका ईन्चार्ज काँशिचन्द्र पाध्यायले आफूहरुले रातदिन नभनी सेवाग्राहीलाई सेवा दिएकाे बताएका छन्।जनशक्तिकाे अभावका कारण समस्या सिर्जना भए पनि आफूहरु रातदिन नभनी जनताकाे स्वास्थ्य सेवामा कटिबद्ध रहेकाे बताएका हुन्।

स्वास्थ संस्थामा सेवा लिन जाँदा कार्यलयमा सहयाेगी बाहेक अन्य कुनै स्वास्थ्यकर्मी नहुने गरेकाे गुनासाेमा ईन्चार्ज पाध्यायले आफू उपचारकाे लागी बिदामा जिल्ला बाहिर हुँदा सेवा प्रवाहमा समस्या भएको हुन सक्ने बताएका हुन्।अन्य स्वास्थ्यकर्मीकाे व्यवस्था नभएका कारण समस्या सिर्जना भएको पाध्यायकाे भनाइ छ।

आफू बाहिर हुँदा स्वास्थ्य संस्थाकाे बिषयमा अनेकथरी टिकाटिप्पणी भयाे,एक्लैले केही गर्न सकिन्न,त्यसबारे सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । ईन्चार्ज पाध्यायले बताए। हामीले रातदिन सेवाग्राहीलाई सेवा दिएका छाै,पाध्यायले भने “जनशक्तिकाे व्यवस्थापन हुनुपर्याे । हामीले काम गर्ने हाे,कर्मचारीकाे व्यवस्थापन स्वयम् स्वास्थ्य चाैकी व्यवस्थापन समिति तथा पालिकाले गर्ने हाे । ”

बिशेषत् स्वास्थ्य संस्थामा जनशक्ति अभावकै कारण टिकाटिप्पणी हुने गरेकाे उनकाे भनाइ छ। दरबन्दी अनुसारका कर्मचारीकाे व्यवस्थापन हुन नसक्दा स्वास्थ्य संस्थाकाे सेवा प्रवाहमा समस्या हुने गरेकाे उनले बताए।ईन्चार्ज पाध्यायले भने,“आफूले रातदिन सेवा दिईरहँदा पनि मै आलाेचित भए। तर स्वास्थ्य संस्थाकाे समस्या बारे कसैले बुझेनन्।चाँडाे भन्दा चाँडाे दरबन्दी अनुसारका कर्मचारीकाे व्यवस्थापन हुनुपर्याे । ”

स्वास्थ्य संस्थामा दरबन्दी अनुसारका कर्मचारी आवश्यकता बारे तीन/तीन पटक निर्णय सहित व्यवस्थापन समितिलाई जानकारी गराईसकेकाे तर समस्या समाधान नभएको उनले गुनासाे गरे ।स्वास्थ्य संस्थामा कर्मचारी भन्दा पनि व्यवस्थापन समिति बढि जिम्मेवार बन्नुपर्ने बताउँदै उनले कर्मचारीले काम गर्ने हाे,समितिले व्यवस्थापन गर्ने हाे,तर यहाँ कर्मचारीले काम गरिरहँदा पनि आवश्यक कर्मचारीकाे व्यवस्थापन हुन नसकेकाे बताए ।

स्वास्थ्य संस्थामा पाँच जना जनशक्ति हुनुपर्ने ठाउँमा अहिले दुई जनाकाे भरमा स्वास्थ्य संस्था चलाउनु पर्ने बाध्यता रहेकाे छ। ३ जना प्यारामेडिक्स र २ जना नर्सिङ स्टाफ हुनु पर्नेमा अहिले १ जना प्यारामेडिक्स र १ जना नर्सिङ स्टाफ मात्र छन्। स्वास्थ्य संस्थामा हेल्थ असिस्टेन्ट ,अहेव,अनमी गरि थप ३ जनाकाे आवश्यकता रहेकाे देखिन्छ । तर कर्मचारीकाे पदपुर्ति हुन सकेकाे छैन्।

ल्याब असिस्टेन्ट र नर्सिङ स्टाफले औंषधी वितरण सम्बन्धी कार्य नगर्ने हुँदा एकै जना प्यारामेडिक्सकाे भरमा स्वास्थ संस्था चल्नुपर्ने बाध्यता छ । जसले गर्दा सेवा लिन आउँने सेवाग्राहीलाई समस्या हुँदै आएकाे हाे ।स्वास्थ संस्थामा अहिले १ जना प्यारामेडिक्स,१ जना नर्सिङ स्टाफ (सिअनमी)गरेर दुई जना स्वास्थ्यकर्मी छन् ।

थप ३ जनाकाे आवश्यकता भए पनि व्यवस्थापन भने हुन सकेकाे छैन् ।तत्कालिन जनस्वास्थ्य निरिक्षक स्वर्गीय धर्म बहादुर खत्रीकाे पालामा सम्पुर्ण कर्मचारीकाे व्यवस्थापन थियाे भने अहिले दुई जना बाहेक अन्य कर्मचारीकाे टुङ्गाे छैन्। सिअनमी डम्बरी जाेशी काजमा छन्। कल्पना रावल ल्याब असिस्टेन्ट हुन् भने अन्य दुई जना गणेशराज तिमिल्सेना सहयाेगी र लक्ष्मी पाण्डे पाध्याय स्विपरकाे रुपमा कार्यरत छन्।

अहिलेसम्म दरबन्दी अनुसारका कर्मचारीकाे व्यवस्थापन किन हुन सकेन् भन्ने बिषयमा यता स्वास्थ्य चाैकी व्यवस्थापन समिति संयाेजक तथा बडीमालिका नगरपालिका ७ का वडाअध्यक्ष धर्मराज पाध्यायका अनुसार,दरबन्दी अनुसारका कर्मचारीकाे व्यवस्थापनमा आफू लागी रहेकाे बताए । सहज रुपमा सेवा प्रवाह सुचारू गर्न जनशक्तिकाे पदपूर्तिकाे लागी विभिन्न निकायसँग समन्वय,सहकार्य तथा पहल भईरहेकाे बताएका छन्।

स्वास्थ्य चाैकीमा स्मार्ट हेल्थ कार्यक्रम,ल्याव सेवा लगायतका थुप्रै सेवाहरु सञ्चालनमा छन्। ल्याब सेवाले यहाँका नागरिकलाई सहज हुँदै आएकाे छ । सामान्यतया व्लड तथा युरिक टेष्टको सुविधा घर-दैलाेमा छ ।त्यस्तै गर्भवती तथा सुत्केरी महिलाहरुलाई सहज रुपमा सेवा प्रदान गरिदै आएकाे छ भने स्मार्ट हेल्थ कार्यक्रमले सेवाको पहुँच बाट टाढा रहेका स्थानीयलाई टेलि हेल्थ सेवा मार्फत गुणस्तरीय स्वास्थ्य सेवामा सहज हुदैैँ आएकाे छ ।

सम्बन्धित पोस्ट
  • ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल
  • पश्चिमी वायुको आंशिक प्रभाव
  • विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै
  • आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    समाचार

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

    समृद्धिको यात्रामा कर्णाली करिडोरः पिलिचौर देखि कवाडीसम्म कालोपत्रे हुने

    नेपाली काँग्रेस बाजुराको चुनावी भेला गौमुलमा सम्पन्न

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑