• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नीति,नियममा रहेर विद्यालय बन्द गरिएको हाे,नियम विपरीत भए सजाय भाेग्न तयार छाैँ: निमित्त प्रधानाध्यापक तिमिल्सेना

खप्तड मालिका न्युज November 6, 2025 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: ज्ञानाेदय माध्यामिक विद्यालय रजाताेलीका निमित्त प्रधानाध्यापक लाेकराज तिमिल्सेनाले शिक्षा नियमावलीमा व्यवस्था भए अनुसार नीति नियममा टेकेर विद्यालय बन्द गरिएको बताएका छन्।

बुधबार सामाजिक सञ्जालमा विद्यालय बन्द भएको टिकाटिप्पणी पश्चात् उनले विद्यालय मनाेमानी तरिकाले नभई नीति,नियम अनुसार बन्द गरिएको बताएका हुन्।शिक्षा ऐन निति,नियम अन्तर्गत रहेर विद्यालयले विद्यालय व्यवस्थापन समितिकाे राेहवरमा १ बर्षमा ५ दिन स्थानीय बिदा दिने व्यवस्था अनुसार विद्यालय बन्द गरिएको जानकारी दिए ।

सेवा क्षेत्र भित्र पर्ने धार्मिक,सांस्कृतिक तथा ऐतिहासिक क्षेत्रकाे बिषयमा विद्यार्थीहरुले पनि केही जान्न,बुझ्न र अध्ययन गर्न सकुन् भन्ने उदेश्यका साथ धार्मिक तथा आस्थाकाे धराेहर ऋषिमाण्डाैकाे पूजाका अवरसमा स्थानीय बिदा दिएकाे उनले बताए ।

धार्मिक तथा आस्थाकाे धराेहरण ऋषिमाण्डाैकाे पूजाआजा र स्थानीय संस्कृति भूवा पर्वका अवसरमा स्थानीय बिदा दिदैँ आएकाे बिद्यालयले यस बर्ष पनि पूजाआजाकाे अवसरमा स्थानीय विदा कट्टा हुने गरि विद्यालय बन्द गरिएको तिमिल्सेनाकाे भनाई छ ।विद्यालयलाई जुनसुकै बेला स्थानीय विदा उपभाेग गर्न पाउने अधिकार भएकोले यसमा कसैले केही प्रश्न गर्न समेत नमिल्ने बताए ।

उनले भने,“ विद्यालयलाई स्थानीय बिदा उपभाेग गर्न पाउने अधिकार छ । हामीले त्यहि अधिकारकाे उपभाेग गरेका हाैँ। नियमित विपरीत नभई नियम सम्बत् विद्यालय बन्द गरिएको हाे ”।साथै उनले सामाजिक सञ्जालमा विद्यालयकाे बिषयमा टिकाटिप्पणी भएकाेमा आफूले त्यसलाई गम्भीरतापूर्वक लिएकाे बताउँदै विद्यालय नियम सम्बत् बन्द रहेकाे हुँदा सामाजिक सञ्जालमा भाडभैलाे गर्नु उचित नभएको बताएका हुन्।

सत्य,तथ्य,र स्थलगत रिपोर्टिङ गरेर चर्चा परिचर्चा गर्नु र हावादारीका भरमा टिकाटिप्पणी गर्नु धेरै फरक हुने भएकोले यस्ता अवाञ्छित कार्य नगर्न उनले आग्रह गरेका हुन्।विद्यालय बन्द हुनु पुर्व एक दिन अघि नै सूचना प्रकाशित गरि सम्पुर्ण विद्यार्थीलाई कक्षाकाेठामै गएर जानकारी समेत गराईएकाे उनले बताएका हुन्।

धार्मिक जस्ताे पवित्र कुरालाई लिएर सामाजिक सञ्जालमा गरिएको हर्कत निन्दनीय रहेकाे बताउँदै उनले अब विद्यालयले स्थानीय विदा उपभाेग गर्न पनि पत्रकार सम्मेलन गर्नुपर्ने अवस्था आएकाे बताए ।“ नीति,नियम अनुसार विद्यालय बन्द गरेका हाैँ,गल्ती भए सजायका भागेदार हुन्छौं।”

विद्यालय बन्द हुने अवस्था सरकारले सार्वजनिक विदा ताेकेकाे दिन, वडादशैकाे घटस्थापनादेखि पुर्णिमासम्म,एक शैक्षिक शत्रमा हिउँदे र बर्खे बिदा गरि पैंतालीस दिन,उपनियम २ मा लेखिएदेखि बाहेक व्यवस्थापन समितिले एक शैक्षिक शत्रमा थप पाँच दिन विदा गर्ने व्यवस्था छ। उपनियम १ र २ मा लेखिएका बाहेक अन्य दिन विद्यालय बन्द गरेमा प्रधानाध्यापकलाई विभागीय कार्वाही हुने व्यवस्था छ ।

विद्यालयले विद्यार्थीकाे क्षमता विकासकाे लागी विभिन्न गतिविधि सञ्चालन गर्दै विद्यालयकाे चाैतर्फी विकासमा समग्र विद्यालय अघि रहेकाे कुरामा तिमिल्सेनाले जाेड दिए। शिक्षककाे तुलनामा विद्यार्थीकाे संख्या न्यून रहेकाे भए पनि आफ्नाे विद्यालय,आफै बनाउन भन्ने उदेश्यका साथ अघि बढेकाे बताएका छन्।

विद्यालयमा सुविधा सम्पन्न कक्षाकाेठा,विज्ञान प्रयाेगशाला,पुस्तकालय,टेलिभिजन,छात्रछात्रा शाैचालय,खानेपानी,विद्युत,लगायतकाे राम्रो सेवा सुविधा रहेकाे बताउँदै उनले विद्यार्थीहरुका लागी शैक्षिक सामाग्री,र कक्षाकाेठामा बेन्चकाे अलि अभाव रहेकाे बताएका हुन्।

माध्यामिक शिक्षा परिक्षामा नतिजा केही कारणबस् शून्य आएता पनि पुरक परिक्षाबाट सत् प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जानकारी दिए ।साथै नतिजा कमजाेर हुनुमा तिनै तर्फकाे कमजोरी रहेकाे बताउँदै उनले साे सम्बन्धमा अभिभावक,विव्यसकाे बैठक बसि समन्वय,तथा छलफल गरिएको बताए ।

कमजाेर विद्यार्थीहरुका लागी नाेराडकाे आर्थिक सहयाेगमा पिसविन नेपाल,प्लान ईन्टरनेशनल नेपाल,आभा परियाेजना अन्तर्गत थप कक्षा सञ्चालन गरिनुका साथै विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई अन्य बाह्य अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउदै उनीहरुकाे सर्वाङ्गिण विकासमा विद्यालय परिवार लागि परेकाे निमित्त प्रधानाध्यापक तिमिल्सेनाले बताएका छन्।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑