• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 30, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

चाेयाका सामाग्रीहरुकाे संरक्षणमा बाजुराका रावत : मेहेनत अनुसारकाे आम्दानी भने कम

खप्तड मालिका न्युज November 5, 2025 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

 

गाेविन्द्र राज तिमिल्सेना,बाजुरा: बाजुराकाे खप्तड छेडेदह गाउँपालिका वडा.नम्बर ७ लमगाउँका स्थानीय प्रेम बहादुर रावत परम्परागत स्थानीय प्रविधिकाे संरक्षमा जुटेका छन्। निगालाेबाट बन्ने सामाग्रीहरु निर्माण गरेर रावतले लाेप हुदैँ गएकाे प्रविधिकाे संरक्षण गर्दै आउँनु भएको हाे।

पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका सुपा,डाला, डोका,नाङ्लो,छाप्री लगायतका सामग्री संकटमा परिरहेकाे अवस्थामा रावतले भने ती सामाग्रीहरुकाे अस्तित्व संकटमा पर्न नदिन सामाग्रीहरुकाे संरक्षण गर्दै मेहेनती किसानकाे परिचय दिएका छन्।

आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भरता बढ्दा स्थानीय सीप ओझेलमा पर्न थालेकाे छ। पहिलेकाे समयमा जताततै चाेयाबाट बनेका सामाग्री देखिन्थे । गाईभैँसी, भेडाबाख्रा चराउन जङ्गल जाने, दिनभर निगालोको चोयाबाट डाला, नाङ्ला र डोको बुन्ने गथ्र्यौँ ।

तर अहिले प्रविधिकाे विकासले याे पेशा लाेपन्मुख अवस्थामा पुगेकाे रावतले बताए ।रावतले भने,“अहिले अधिकांस ठाउँमा प्रविधिकाे सहायताले काम गरिन्छ । परम्परागत प्रविधि र सीप लाेप हुदैँ गएकाे छ। पहिले बुनेका डाला नाङ्ला एकै दिनमा बिक्री हुन्थे । त्यसबाट मनग्य आम्दानी हुन्थ्यो,तर अहिले बुन्ने गरेकाे भए पनि बेच्नै धाैधाै हुने गरेकाे छ।”

परम्परागत स्थानीय सिपकाे संरक्षण गर्नुपर्छ भनेर आफूले पनि चाेयाका सामाग्री बुन्ने गरेकाे रावतले बताए। गाउँघरमा बुनेर बेच्नकाे लागी टाढा बजारसम्म लिनुपर्छ,सामाग्री सबै विक्रि भए पनि मेहेनत अनुसारकाे आम्दानी भने नहुने गरेकाे उनले जानकारी दिए ।अहिले घर-घरमा प्लास्टिकका डाेका,डाला प्रयाेग गर्न थालिएकाेले स्थानीय सामाग्री माथि चुनाैती थपिएकाे उनकाे बुझाई छ।

तर मेहेनत र सिपलाई जस्ताे प्रविधि आए पनि असर गर्न सक्दैन भन्ने कुरा उनले प्रमाणित गरेका छन्।अहिलेकाे प्रविधिकाे युगमा पनि उनले चाेयाका सामाग्री निर्माण गरेर पुर्ख्याैली पेशा र सिपकाे संरक्षण गर्दै आएका हुन्।कुनै पनि पेशा,व्यवसाय सानाे ठुलाे हुदैन भन्ने साेच उनमा छ । त्यहि साेचका साथ रावत स्थानीय उत्पादित सामाग्रीकाे संरक्षणमा जुटिरहेका छन्।

आफ्नो पालामा हरेक दु:ख कष्ट भाेगेकाे स्मरण गराउदैँ उनले पछिल्लो समय आधुनिकताले दु:ख कष्ट सहज भए पनि परम्परागत प्रविधि,पेशा,व्यवसाय र सीप हराउँदै गएकाेमा दुख व्यक्त गरेका छन्।पहिले एकै सिजनमा धेरै चोयाका सामग्री बिक्री हुने गरेकामा अहिले बिक्री नै नहुने र प्रविधिले सामग्रीको प्रयोगमा कमी आएकाे रावतकाे भनाई छ।

परम्परागत प्रविधि र सीप प्रती नयाँ पुस्ताले चाँसो नदेखाउँदा सीप हस्तान्तरण हुन नसकेको बुढापाखाकाे भनाइ छ। बूढापाकाका हातखुट्टा चल्न छाडेपछि स्थानीयस्तरमा भएका कला, सीप र संस्कृति लोप भएर जाने खतरा बढेको उनीहरुकाे भनाइ छ।चोयाबाट बनेका डालो, नाङ्लो, डालोलगायत सामग्री प्लास्टिकको तुलनामा निकै बलियो हुने गरेका छन्।

तर स्थानीय उत्पादन भन्दा आयातित सामानप्रति आकर्षण बढी भएकाले मौलिक सीपबाट बनेका सामानले बजार नपाउने गरेकाे छ । स्थानीय परम्परागत प्रविधि र सिपकाे संरक्षण गर्नमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने देखिन्छ । स्थानीयलाई विभिन्न प्रकारका स्थानीय सामाग्री उत्पादन गर्ने तालिम दिई स्थानीय प्रविधि र सिपकाे संरक्षणमा स्थानीय सरकार लाग्नुपर्ने देखिन्छ ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑