• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

गितकार पवन मधुश्रीको “रारा तालैमा” पर्यटन,प्रबर्द्धनका लागी निकै लोकप्रिय

खप्तड मालिका न्युज November 2, 2025 मा प्रकाशित (७ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोविन्द्र राज तिमिल्सेना,बाजुराः समय परिवर्तशील छ।प्रविधिको युगले संसार चुमेको छ ।मनोरञ्जनमा मानिसहरु रमाएका छन्।गीत संगितको दुनियाँ फरक गतिले अघि बढेको छ। पछिल्लो समय नेपाली गित संगीतको मौलिकता हराउँदै गएको पाईन्छ ।

गित संगितको नाममा समाजमा विकृति,विसंगती फैलाउने प्रवृत्ति हावी भएको छ।कतिपय मौलिकता हिन अनेकथरी गितले सु-संस्कृत समाज निर्माणमा असर गर्दै आएका छन्।तर कतिपय यस्ता लोभलाग्दा गित पनि छन्। जसले सिङ्गो नेपालको धर्म,संस्कृति,भेषभुषा र पर्यटन,प्रबर्द्धनमा सहयोग गरेका छन्।

यस्तै लोभलाग्दो सिङ्गो नेपालकै पर्यटन,प्रबर्द्धनका लागी निकै नै सुहाउँदो गितको रुपमा लिन सकिन्छ ।कुशल प्रशासक,लेखक,साहित्यकार तथा गितकार पदम बहादुर माझी पवन मधुश्री को “रारा तालैमा” जुन गित पर्यटन,प्रबर्द्धनका लागी निकै सुहाउँदो र लोकप्रिय छ ।

भर्खरै सांगितिक बजारमा आएको उक्त समधुर गितको हरेक वाक्य सुन्दा छुट्टै आनन्द आउँने गर्दछ। गितमा नेपालको पर्यटन,प्रबर्द्धनको गाथा समेटिएको छ । कर्णाली तथा सुदूरपश्चिमका विभिन्न पर्यटकिय ठाउँका बिशेषता झल्काईएको छ । कला साहित्य र स्थानीय धार्मिक पर्यटन विषयको संगमका रुपमा रारा तालैमा नामक बोलको गितलाई लिन सकिन्छ।

गितमा नेपालकै सुन्दर ठुलो रारा ताल,त्यस वरपरको दृश्य,प्रकृतिको सुन्दर काखमा सजिएको बाजुराको सदरमुकाम मार्तडी वरपरको दृश्य,राकम छाल,रामारोशन,खप्तड पाटन,बैजनाथ धाम,अछाम, डोल्पा,हुम्ला,मुगु,कालिकोट,लगायतका थुप्रै सुन्दर ठाउँको दृश्य संग गित छायांकन गरिएको छ ।

प्रकृतिको सुन्दरता,पर्यटकीय क्षेत्रको प्रबर्द्धन संगै माया प्रेमलाई गितले झल्काएको छ । सुदूरकी चेली,कर्णालीको चेलो विच माया प्रेमको मधुरता लगायत थुप्रै कुरालाई देखाईएको छ। गितकार पवन मधुश्रीको लय तथा शब्दमा रहेको “रारा तालैमा” नामक बोलको गितमा प्रमोद माझी र पम्फा कँडेलको आवाज रहेको छ।

दिनेश ठकुल्लाकाे निर्देशनमा रहेको गितमा दिनेश ठकुल्ला,झरना विश्वकर्मा,सन्देश रिमाल,देविका कार्की, लगायतले अभिनयको भुमिका निर्वाह गरेका छन्।विनोद बाजुरेलीले एरेञ्जर गरेको गितमा अमृत उपाध्यायले छायाकंन गरेका छन्। जल राप्ती म्युजिक प्रा.लि उत्पादक रहेको गित मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो।

उक्त गित गितकार पदम बहादुर माझीकै अफिसियल युउट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गितकार मधुश्रीका जुनी, माटो, लोक झ्याउरेमा आधारित “बेलखेत पुल” लगायतका गितहरु यस अघि नै सांगितिक बजारमा आईसकेका छन्।प्रशासनिक क्षेत्रमा अब्बल मानिएका मधुश्री हाल बाजुराको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत छन ।

आफ्नो कामसंगै संगित तथा विभिन्न लेख रचना लेख्ने कामलाई मधुश्रीले निरन्तर दिदैँ आएका छन्।देशको आर्थिक, सामाजिक, राजनितिक, प्रशासनिक, लगायतका क्षेत्रमा गहिरो अध्ययन गर्ने मधश्रुी संगितमा पनि उत्तिकै तल्लिन छन्। उनका विभिन्न लेख रचनाहरु देशका चर्चित स्थानीय तथा राष्ट्रिय मिडियाहरुमा प्रकाशन हुने गरेका छन्।

लामो समयदेखि पवन मधुश्री नामबाट कान्तिपुर, नागरिक, हिमालय टाइम्स, राजधानी दैनिकमा लेख लेख्दै आएका मधुश्री राजधानी दैनिकमा ‘स्थानीय प्रजातन्त्र’ र पछि ‘चिन्तनको चौतारी’ नाममा स्तम्भ लेख्ने व्यक्तिका रुपमा स्थापित छन्।

मधुश्रीका गाउँले कविता संग्रह, नमुना राजनीति र विकास पुस्तक प्रकाशित छन् ।प्रशासक, लेखक, साहित्यकार,स्तम्भकारको रुपमा परिचित मधुश्रीले पछिल्लो समय गित संगितमा पनि आफ्नो छुट्टै छवि बनाएका छन्।

गित सुन्न तलको लिंक दबाउनुहोला…..

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑