
बाजुरा: बाजुरामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परेका छन्। कोल्टीबाट धनगढीका लागि छुटेको बस दुर्घटनामा परी २५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि २३ जनालाई मार्तडी र २ जनालाई कोल्टी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।।
बसमा चालकसहित २६ जना सवार रहेको २५ जना घाइते भएका हुन् ।घाइतेहरुको सबैको अवस्था सामान्य रहेको बुझिएको छ । शनिबार दिउँसो बुढीनन्दा नगरपालिका ७ सास्थामा बस दुर्घटना भएको हाे ।
कोल्टीबाट धनगढीका लागि छुटेको सदरमुकामतर्फ आउँदै गरेको सु.प.प्र.०१ ००१ ख ३१८१ नम्बरको बस दुर्घटनामा परेकाे हाे।
त्यस्तै सदरमुकाम मार्तडीबाट बुढिनन्दा नगरपालिका काेल्टी जाँदै गरेकाे जीप दुर्घटनामा परि पाँच जना घाईते भएका छन् । शनिवार दिउँसो बुढीनन्दा नगरपालिका १० पाण्डुसैन नजिकै जीप दुर्घटनामा परेकाे हाे।
जिप दुर्घटनामा परि चालक तुलाराम चदारा सहित बडीमालिका ७ का जयराज जोशी,शंकर जोशी,बुढिनन्दा नगरपालिका १ का सेते ल्वार ३ का जयलाल विक र जंगविर सार्की घाईते भएका हुन्।
चालक सहित ६ जना यात्रु सवार भे १ च ७८७ नम्बरको जीप एक्कासी अनियन्त्रित भएर सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकाहरुको हात, खुट्टा, टाउको सहित शरीरका विभिन्न ठाउँ चोट लागेको छ भने सबै जनाको अवस्था सामान्य रहेको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर