
गाेविन्द्र राज तिमिल्सेना/बाजुरा: बाजुरामा उत्पदित अर्गानिक मकैकाे माग बढ्दै गएकाे छ । पछिल्लो समय यहाँकाे ९ वटै स्थानीय तहमा उत्पादित मकैकाे माग देशका ठुला शहरमा बढ्न थालेकाे हाे।

बाजुराका अधिकाशं गाउँ बस्तीमा मकै खेती राम्राे उत्पादन हुने गरेकाे छ । मकै राम्रो उत्पादन भए पनि खेती भने जाेगाउनै मुस्किल हुने गरेकाे छ । जङ्गली जनावर बाँदरका कारण मकै खेती सखाप हुदै आएकाे हाे ।
मकै अन्य बालीहरु भन्दा धेरै खपत हुने बालीकाे रुपमा पर्दछ। खच्चरहरुलाई दाना खुवाउन देखि बिभिन्न परिकार, तेल, इन्धन, चीनी ,रक्सी बनाउन यसकाे प्रयाेग गर्ने गरिन्छ ।पहिले बाजुराका कृषकहरुले कमै मात्रामा खेती गर्थे ।तर पछिल्लो समय मकैकाे महत्त्व,माग बढ्दै गएकाेले अधिकाशं कृषकहरुले मकै बालीमा जाेड दिदैँ आएका छन्।
पहिले धेरै खेती नगर्ने यहाँका किसानले पछिल्लो समय मकै खेतीमा जाेड दिएकाे बडीमालिका नगरपालिका ७ का स्थानीय लाेकराज पाध्यायले बताए । पछिल्लो साय अर्गानिक मकैकाे माग बढ्न थालेपछि मकै खेतीमा किसानकाे चासाे बढेकाे पाध्यायकाे भनाइ छ।
मकै खेतीकाे विस्तारमा जाेड दिए पनि लगाएकाे बाली जाेगाउन मुस्किल हुने गरेकाे पाध्यायले बताए । बाँदरकाे आतंकका कारण खेती जाेगाउन अप्ठ्यारो हुने गरेकाे छ । बाँदरकाे आतंक नियन्त्रण गर्न सम्बन्धित निकायले बाँदर धपाउने मेसिन उपलब्ध गराएकाे खण्डमा सहज हुने यहाँका कृषकहरुकाे भनाइ छ।
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार यहाँको कुल जमिनकाे एक हजार ३५० हेक्टर जमिनमा मकै खेती गर्ने गरिन्छ। जसमा ५०.२५ मेट्रिक टन मकै उत्पादन हुने गरेकाे छ । त्यस्तै १.५ मेट्रिक टन मकैको उत्पादकत्व रहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनी बताए। कृषि ज्ञान केन्द्र बाजुराले यहाँका कृषकहरुलाई उन्नत जातकाे मकै बीउ वितरण समेत गर्ने गरेकाे छ ।
उन्नत जातकाे मकैकाे बिउ वितरणले यहाँका कृषकहरुलाई मकै खेतीमा थप आकर्षित गरेकाे कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।मकैको खेती नेपालको सबै क्षेत्रमा गरिने भए पनि यसको ७०.४२ प्रतिशत क्षेत्रफलमध्ये पहाडी भागमा (समुद्री सतहदेखि ९००—१८०० मि. उचाइसम्म) रहने गरेकाे छ ।
मकै बाली नेपालको कुल खाद्यान्न उत्पादनमा करिव २४ प्रतिशत योगदान पु¥याउने धान पछिको दोस्रो महत्वपूर्ण खाद्य बालीकाे रुपमा परिचित छ । मकैमा (प्रोटिन, कार्वोहाइड्रेट, भिटामिन ए, भिटामिन ई) प्रचुर मात्रामा उपलव्ध हुनुका साथै खाद्यान्नका लागी मात्र नभई घाँस, इन्धनका साथै पशु र कुखुरा,गधा,खच्चरकाे दानाका रुपमा प्रयाेग गरिन्छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर