• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

महिनाै बित्याे अस्पताल बाजुरामा ओआरएस पुगेन्,बिरामीलाई सास्ती

खप्तड मालिका न्युज October 28, 2025 मा प्रकाशित (९ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

खप्तड मालिका न्युज,बाजुरा:  जिल्ला अस्पताल बाजुरामा महिनाैँ देखि जिवनजलकाे अभाव रहेकाे छ । असाेज पहिलो साताबाट सकिएकाे जिवनजल कार्तिक दोस्रो सातासम्म पनि पुग्न सकेकाे छैन्।

झाडापखालाका बिरामीका लागि अत्यावश्यक मानिने ओआरएस (जिवनजल) काे अभाव हुँदा विरामीहरुलाई सास्ती हुने गरेकाे छ ।नि:शुल्क रूपमा वितरण हुँदै आएको जीवनजलको आपूर्ति रोकिएपछि उपचारका लागि आएका बिरामीहरू महिनाैँ देखि समस्यामा परेका छन्।

झाडापखाला लागेको बेला शरीरको पानी सन्तुलन राख्न प्रयोग गरिने जीवनजल अस्पतालमा महिनाैँसम्म नआउँदा बिरामीले बाहिर मेडिकलबाट महङ्गो रुपैयाँमा किनेर लिने गरेका छन्।

अस्पतालमा लामाेसमयसम्म जिवनजल नहुँदा बिरामीहरुले सास्ती खेप्नु परेकाे बडीमालिका नगरपालिका वडा.नम्बर ७ का स्थानीय मेघराज तिमिल्सेनाले बताए ।अस्पतालमा जिवनजल नहुँदा बिरामीहरुले बाहिर मेडिकलबाट महङ्गोमा किनेर लिनुपर्ने बाध्यता रहेकाे उनकाे भनाइ छ।

जतिसक्दाे चाँडाे जिवनजल आपुर्ती गरेकाे खण्डमा आफू जस्तैः अन्य विरामीलाई सहज हुने उनले बताएका छन्। यता अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार नयाँ खरिद प्रक्रियामा ढिलाई हुँदा जिवनजल समयमै उपलब्ध हुन नसकेकाे बताएका छन्।

जिवनजल खरिदकाे लागी टेन्डर खुलिसकेकाे र एक दुई दिनमै मुल्यांकन समितिबाट मुल्यांकन गरि कुन कम्पनीकाे टेन्डर पर्याे उक्त कम्पनीलाई सम्झौता अनुसार काम गर्न लगाई खरिद प्रक्रिया गरिने बताएका छन्। कार्तिक महिना भित्रै जिवनजल खरिद गरिने उनकाे भनाइ छ।

औषधि खरिदका लागि बजेटकाे पनि अभाव हुने गरेकाे अस्पतालले जनाएको छ। सरकारले नि: शुल्क औंषधी वितरणकाे लागी कम रकम दिने हुँदा रकम अभावले नै औंषधी खरिदमा समस्या हुने गरेकाे हाे । यस आर्थिक बर्षमा ९८ प्रकारका नि: शुल्क औंषधीकाे लागी २६ लाख रकम हालेकाे भए पनि उक्त रकमले औंषधी खरिदमा अपुग हुने गरेकाे अस्पताल जनाएको छ।

जिवनजल अभाब हुदा झाडापखाला र जलवियोजनका बिरामीले जिवनजल निजि अस्पताल बाट किनेर खानुपर्ने बाध्यता छ । अस्पतालमा ९८ प्रकारका औषधि निशुल्क बिरामीलाई दिनुपर्ने रहेको छ । नि:शुल्क औषधि अन्तर्गत जिवनजल अति आबश्यक पर्ने अन्तर्गत पर्ने गरेकाे छ । तर अस्पताल बाजुरामा महिनौ सम्म पनि जिवनजल नहुदाँ झाडापखालाका विरामीलाई समस्या हुँदै आएकाे छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑