
बाजुरा: बाजुराकाे गाैमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर राेकायाले पालिकालाई खेल क्षेत्रकाे विकासमा नयाँ ईतिहास रच्ने गरि स्थानीय सरकार कटिबद्ध भएर लागेकाे बताएका छन्।

शनिबार प्रथम ‘पालिका कप’ फुटबल प्रतियोगिताको उद्घाटन समाराेहमा बाेल्दै उनले यस्ताे बताएका हुन्।खेल र खेलाडीको सर्वाङगिण विकासका लागि पालिका पहिलाे कार्यकाल देखि नै कटिबद्ध भएर लागेकाे अध्यक्ष राेकायाले बताए ।
गाैमुल गाउँपालिकालाई खेल क्षेत्रमै नयाँ ईतिहास रच्ने गरेर स्थानीय सरकार लागी परेकाे राेकायाकाे भनाइ छ।खेल स्वास्थ्य र राष्ट्रका लागि महत्वपूर्ण छ।खेलले खेलाडीलाई मात्र नभई राष्ट्रकाे मान,सम्मान तथा राष्ट्रकाे नाम अन्तर्राष्ट्रिय क्षेत्रसम्म चिनाउने हुँदा पालिकाकाे खेल क्षेत्रकाे विकासमा कुनै कमी हुन नदिने राेकायाले बताए।
कार्यक्रममा बाेल्दै अध्यक्ष राेकायाले आगामी वर्षदेखि गाउँपालिकामा “देशभरिकै नमूना कप” आयोजना गर्ने घोषणा समेत गरेका छन्।खेल क्षेत्रकाे विकास र नयाँ खेलाडी उत्पादन गर्न आगामी बर्ष देखि “देशभरिकै नमूना कप”आयोजना गर्नेछौं । उनले भने,‘नमुना कप प्रतियाेगिताले पालिकाकाे खेल क्षेत्रकाे विकासमा थप टेवा पुग्नेछ ’।
गाउँपालिकाद्वारा आयोजना गरिएको प्रथम खुला सेभेन ए–साइड गौमुल कप फुटबल प्रतियोगिताले नयाँ खेलाडी उत्पादन तथा उनीहरुलाई प्राेत्साहनमा सहयाेग पुग्ने बताएका हुन्। साथै गाउँपालिकाले खेलमैदानको व्यवस्थापन गर्दै बृहत्तर खेलकुद कार्यक्रम सञ्चालन गर्ने तयारी समेत गरेकाे बताए ।
खेलकुद क्षेत्रले आपसी सद्भाव, सामाजिक एकता,भाईचाराकाे भावना,र स्वस्थ्य जीवन निर्माणमा सहयाेग पुर्याउने हुँदा खेलकुद क्षेत्रकाे विकासमा जोड दिन आवश्यक रहेकाे बताए ।खेल क्षेत्र समाज विकासको एक महत्वपूर्ण आधार हाे। त्यसैले खेल क्षेत्रलाई उच्च प्राथामिकतामा राख्न जरुरी रहेकाे कुरामा उनले जाेड दिए।
साथै उनले खेल प्रती खेलाडीको लगनशीलता, पर्याप्त हुनुपर्नेे समेत बताए । खेलाडीहरुमा अभ्यास, अनुशासन पयाप्त हुनुपर्ने बताउँदै उनले खेल क्षेत्रमा सरकारले पर्याप्त लगानी गर्न आवश्यक रहेको समेत बताएका हुन्।
बाजुरामा उचित किसिमकाे खेल मैदान नहुँदा समस्या हुँदै आएकाे बताउँदै उनले सिङ्गाे बाजुरा जिल्लाकाे खेल क्षेत्रकाे विकासमा यहाँका सम्पुर्ण राजनितिक दल,सराेकारवाला निकाय,स्थानीयले ध्यान दिन आवश्यक रहेकाे बताएका हुन्। जिल्लामा गुणस्तरीय खेल मैदान निर्माण गर्न सकेकाे खण्डमा बाजुराले खेल क्षेत्रबाटै चर्चा कमाउन सक्ने उनले बताए ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर