
बाजुरा: बाजुराकाे बुढीगंगा नगरपालिकाले करार, ज्यालादारी र अस्थायी कर्मचारी हटाउने निर्णय गरेको छ । ४९ औँ कार्यपालिका बैठकले नगरपालिकामा झण्डै एक सय बढी अस्थायी कर्मचारीको कार्तिक १ गतेदेखि म्याद थप नगर्ने निर्णय गरेकाे हाे।

पालिकाले संघीय सरकार र प्रदेश सरकारको ऐन अनुसार पालिकामा कार्यरत अस्थायी कर्मचारीको म्याद थप नगर्ने, जेन-जी आन्दोलनमा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने लगायतका निर्णय गरेकाे नगर प्रमुख रामबहादुर बानियाँले बताए ।
प्रदेशको ऐनलाई ग्रहण गरेर आफुहरुले करार, ज्यालादारी र अस्थायी कर्मचारी हटाउन बाध्य भएको नगर प्रमुख बाँनियाकाे भनाइ छ। हालको अन्तिरिम सरकारले पनि कुनै कर्मचारी भर्ना नगर्न समेत परिपत्र गरेको र प्रदेशको ऐन कार्यान्वयन गरिएको प्रतिक्रिया दिएका छन् ।
प्रदेशले ल्याएको ऐनमा त्रुटी भएकाले यसलाई सच्याउन समेत उनले आग्रह गरेका छन् । अबबाट लोकसेवालाई कर्मचारी माग्ने गरी नगर सरकार अघि बढ्ने बताएका हुन्।नगरपालिकामा विशेषगरी स्वास्थ्य संस्थामा रहेका कर्मचारी बढी हटेका छन् ।
पालिकाका १० वटै वडाका कर्मचारीलाई हटाउने निर्णय गरेपछि कामकाजमा केही समस्या हुने भएको छ । तर पनि स्थायी दरबन्दी भएका कर्मचारीबाट नियमित रूपमा सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर