
बाजुरा: बाजुरामा एक जनाले घाँटीमा पासाे लगाएर आत्महत्या गरेका छन्। बाजुराकाे त्रिवेणी नगरपालिका वडा नम्बर ८ का सुर्य थापाका छाेरा अन्दाजी २८ बर्षिय खडक थापाले घाँटीमा पासाे लगाएर आत्महत्या गरेका हुन्।

बुधवार विहान थापाले आफ्नै घरकाे धुरीमा प्लास्टिककाे डाेरीले घाँटीमा पासाे लगाई आत्महत्या गरेकाे अवस्थामा भेटिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देव वहादुर चाैधरीले बताए ।
उनका अनुसार,थापाले आत्महत्या गरेकाे अवस्थामा भेटिएकाे भन्ने खवर पश्चात् जिल्ला प्रहरी कार्यालयबाट आफू लगायत अन्य प्रहरीकाे टाेली घटनास्थलमा पुग्दा उनले आफै घाँटीमा पासाे लगाएर मृत अवस्थामा भेटिएकाे बताए।
थापाले गएराती नै आत्महत्या गरेकाे हुनसक्ने प्रहरीले बताएको छ । घटनास्थलकाे मुचुल्का गरि शब पाेष्टमार्टमकाे लागि जिल्ला अस्पताल बाजुरामा ल्याई शव गृहमा राखिएको छ । मृतक थापाका आफन्तले जाहेरी लिएर आए पश्चात् शवकाे पाेस्टमार्टम गरिने प्रहरीले बताएको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर