• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

अनमी थापाले कृत्रिम श्वास दिएर शिशुकाे ज्यान बचाईन्

खप्तड मालिका न्युज October 14, 2025 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुराकी अनमी रमा थापाले लगातार पाँच घण्टा कृत्रिम श्वास दिएर एक शिशुकाे ज्यान बचाएकी छन्।गौमुल गाउँपालिका १ माडीकी २९ बर्षकी निशा बोहराले जन्म दिएकाे शिशुकाे अनमी थापाले कृत्रिम श्वासकाे माध्यम मार्फत ज्यान बचाएकी हुन्।

निशालाई उनका आफन्तले माडी सामुदायिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन लगेका थिए । स्वास्थ्य संस्थामा पुर्याउँदा बच्चाकाे टाउकाे पेटमा अड्किएको थियो भने खुट्टा बाहिर निस्केका थिए । स्वास्थ्यकर्मीले हातले शिशु निकालेका हुन्।जन्मेको शिशु निसासिएको थियो, श्वास नै थिएन् ।बच्चा मरिसकेको भनेर छोडेका थियौ, अनमी रमा थापाले बताईन् ।फेरि पनि श्वास जाग्छ कि भनेर लगातार श्वास दियौ विस्तारै बच्चाको श्वास र मुटुको धड्कन चलेकाे अनमी थापाले बताईन्।

दिउँसाे पौने ४ बजे जन्मेको शिशुले रातीकाे करिब साढे ९ बजेतिर लगातार कृत्रिम श्वास दिए पछि बच्चाले अलि श्वास फेर्न सुरु गरेकाे थापाकाे भनाइ छ।कृत्रिम श्वासले लामाे समय पछि श्वास फेरे पछि बच्चा बाँच्ने आश जाग्याे। त्यसपछि एकपटक बच्चा रुयो फेरि पनि श्वास दिदै गयौ, चम्चाले दुध खुवायौ, विस्तारै बच्चाकाे स्वास्थ्यमा सुधार आएकाे अनमी थापाकाे भनाइ छ ।

जोखिम अवस्था सुत्केरी पनि गराएकी निशा र बच्चाकाे अवस्था अहिले सामान्य रहेकाे छ । माडी सामुदायिक स्वास्थ्य संस्थामा अहिलेसम्म यातायातका साधन पुग्न सकेका छैन् । सडक सञ्जाल नपुग्दा यहाँका कयौं आमाहरुले समस्या भाेग्नुपर्ने बाध्यता रहेकाे छ ।

माडी सामुदायिक स्वास्थ्य ईकाई विगत २ वर्ष देखि सेवा दिँदै आई रहेको छ । दुर्गममा स्वास्थ्य सेवाको पहुँच पुगाउन २ बर्ष पहिला स्वास्थ्य संस्था स्थापना गरिएको थियाे। गाैमुलकाे वडा नम्बर १ बाहेक अन्य वडामा सहज यातायातकाे पहुँच रहेकाे छ तर त्यहाँ पुग्न सकेकाे छैन्। यातायातका साधन सञ्चालनकाे लागी सडक निर्माण कार्य जारी रहेकाे छ ।

दुर्गमका आमाहरुका कहाँलिलाग्दा पीडा: राज्य संयन्त्र माैन?

जिल्लामा स्वास्थ्य संस्था टाढा हुँदा समयमै गर्भवती आमालाई स्वास्थ्य संस्था पुर्याउन नसक्ने अवस्था छ । तर उनीहरुको उद्दारको लागी राज्य संयन्त्रले पनि ध्यान दिएको पाईदैन्। विकट जिल्लाको रुपमा परिचित बाजुरा पनि यो समस्याबाट अछुत छैन्। बाजुरामा यस्ता खाले घटनाहरु कयौं घटिरहेका हुन्छन्। जिल्लामा ५ बर्ष यता मात्रै समयमै सुत्केरीको हवाई उद्धार नहुँदा दर्जनौ सुत्केरी आमाहरुको मृत्यु भएको छ ।

९ वटा स्थानीय तह भएको यस जिल्ला अझै पनि विकासका हिसाबले पछाडी छ । अझ भनौ गर्भवती सुत्केरी आमाहरुले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता झन विकराल छ ।यहाँ गर्भवती सुत्केरी आमाहरुलाई स्वास्थ्य संस्था पुर्याउन घण्टौ हिड्नु पर्ने अवस्था छ । यातायातको सुविधामा कमी ।विरामीलाई स्टेचर डोकामा हालेर अस्पताल लिनु पर्ने बाध्यता ।सुत्केरी आमाहरुलाई उद्धारको लागी जहाज कुर्दा कुर्दै उनीहरुको ज्यान जाने अवस्था छ ।

प्रविधिको युगमा अगाडी बढिरहेको अहिलेको एक्काइसौं शताब्दीसम्म पनी यहाँका आमाहरुले बाटोमै बच्चा जन्माउन बाध्य छन् । समयमै सहज उपचार पाउँन सकेका छैनन्।सुरक्षित मातृत्वको अनुभव यहाँका आमाहरुले गर्न पाएका छैनन्। पिडै पिडामा उनीहरु प्रताडित छन्।बाजुराका आमाहरुको लागी सरकारको बिशेष ध्यान दिन जरुरी रहेको देखिन्छ ।

सरकाले लागु गरेको सुत्केरी हवाई उद्धार कार्यक्रम बाजुरामा पनि प्रभावकारी बनाउन जरुरी देखिन्छ ।बाजुरामा अस्पताल पुग्न सुत्केरी महिलाहरुलाई हम्मेहम्मे हुन्छ ।उचित किसिमको बाटोघाटो,यातायातको सुविधा नहुदा उनीहरुले पीडा भोग्नु पर्ने बाध्यता छ । समयमै अस्पताल पुर्याउन नसक्दा कतिपय आमाहरुले आफ्ना सन्तान गुमाएकी छन् ।

सम्बन्धित पोस्ट
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’
  • बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    समाचार

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती

    आज देशका केही भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑