
बाजुराः बाजुराको त्रिवेणी नगरपालिकाले काुनुनी व्यवस्था विपरीत ४६ लाख बढीको अनुदान वितरण गरेको पाइएको छ । पालिकाले विभिन्न संघ संस्थाहरुलाई अनुदान उपलब्ध गराउनु कानुनी व्यवस्था विपरीत भएकोले सो रमक नगरपालिकाले अनियमितता गरेको पाइएको हो।

महालेखापरिक्षक कार्यालयको २०८०-८१ को लेखापरिक्षण प्रतिवेदन रिर्पोटका अनुसार नगरपालिकाले काुननी व्यवस्था विपरीत विभिन्न कार्यक्रमबाट ग्रामिण जनताको जिवनस्तर उकास्ने प्रयोजनार्थका साथ १५ वटा समुह तथा संस्थालाई ४६ लाख ८० हजार रकम नियम विपरीत भुक्तानी गरेर अनियमितता गरेको जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन,२०७४ अनुदान प्रदान गर्ने सम्बन्धमा कुनै व्यवस्था गरेको देखिदैन् । काुननमा अनुदान वितरण सम्बन्धी कुनै व्यवस्था नभएको र नगरपालिकाले कानुनी व्यवस्था विपरीत हुने गरी अनुदान दिएकोले उक्त रकम कानुन बेघर अनियमितता गरेको महालेखापरिक्षकको स्थानीय तह लेखापरिक्षण प्रतिवेदन रिर्पोटले देखाएको छ ।
यसरी काुननी व्यवस्था विपरीत नै पालिकाले ठुलो रकम अनुदानमा वितरण गर्दा पालिकाको आर्थिक स्थिति,पार्दशिता,शुशासन र जवाफदेहिता नहुने भएकोले यस्ता कार्यले नगरपालिकाको विकास समृद्धिमा खलल पुर्याउने हुँदा यस्ता कार्य गर्न नहुने महालेखापरिक्षक कार्यालयले जनाएको छ । जनताको जिवनस्तर उकास्नै भए पनि नगरपालिकाले व्यवस्था विपरीत अनुदान उपलब्ध गराउनु नितिसम्मत नभएको रिर्पोटमा देखाइएको छ ।
रिर्पोट अनुसार, पालिकाले सबैभन्दा बढी पदम स्मृति प्रतिष्ठानलाई ८ लाख, साजन दुग्ध विकास कार्यक्रम एण्ड कृषि तथा पशुपंक्षी फर्मको लागी ५ लाख ५० हजार रुपैया दिएको छ ।त्यस्तै त्रिबेणी सञ्चार बहुदेश्यीय सहकारी संस्था लिमिटेड,सामुदायिक रेडियो बडीमालिका र न्याय हेल्थ नेपालको लागी ५/५ लाख रुपैया दिएको छ ।
अनुष्का बहुउदेश्यीय कृषि तथा पशुपंक्षी मत्स्यपालनको लागी ४ लाख ३० हजार,त्रिबेणी मालिका मष्टा र घटाल बहुउदेश्यीय पशुपालन तथा कृषि फर्मको लागी ३ लाख ५० हजार,रविन्स बहुउदेश्यीय कृषि पशुपंक्षी मत्स्यफर्मको लागी ३ लाख,बालबालीकाको लागी शैक्षिक वातावरणीय केन्द्रको लागी २ लाख,मष्टामाण्डौ कृषि फर्म र परिर्वतन बहुउदेश्यीय कृषि तथा पशुपंक्षी फर्मको लागी १ लाख पचास हजार,त्यस्तै एकता बहुउदेश्यीय कृषि तथा पशुपंक्षी फर्म,मनोज बहुउदेश्यीय कृषि तथा पशुपंक्षी फर्म,दिप माछा पोखरी,र बाजुरा बहुमुखी क्याम्पसको लागी १/१ लाख गरेर ४६ लाख ८० हजार रकम नियम विपरीत दिएको छ ।
यी हेर्नुहोस् रिर्पोटसहित



खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर