
बाजुराः बाजुराको बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बाँनियाले मित्रराष्ट्र चिन भ्रमण गरे बाफत ४ लाख बढी रकम भुक्तानी लिनुभएको छ । नगर प्रमुख बाँनियाले प्रक्रिया नपुर्याई कानुन विपरित ४ लाख ९२ हजार ६ सय पचास रुपैया भुक्तानी लिएका हुन् । बाँनियाले चलानी नम्बर १५२,मिति २०८० मंसिर २४ मा शिक्षा सम्बन्धी भ्रमणको उदेश्यमा उक्त रकम लिनुभएको हो ।

नगर प्रमुख बाँनिया २०८० मंसिर २४ गतेदेखि २०८० पुष ९ गतेसम्म वैदेशिक भ्रमण चिन जानको लागी भ्रमण आदेश आफै स्वीकृत गरेर जानु भएको थियो । उहाँ The First Road Chinese and Overseas Partner Exchange Conference कार्यक्रमको लागी अध्ययन अवलोकन गर्न बैदेशिक भ्रमण चिन जानुभएको होे । नगर प्रमुख बाँनियाले चिन भ्रमणमा जादाँ भ्रमण खर्च मार्फत नगरपालिकाबाट नियम विपरित कानुन प्रक्रिया पुरा नगरी रकम भुक्तानी लिएको पाईएको हो ।
महालेखापरिक्षक कार्यालयको २०८०।०८१ को लेखापरिक्षण प्रतिवेदन अनुसार बाँनियाले नियम विपरित ४ लाख ९२ हजार ६ सय पचास रुपैँया भुक्तानी लिएको जनाएको छ । नेपाल सरकार मन्त्रीपरिष्दको मिती २०७५ असोज ५ गतेको निर्णयले स्थानिय तहका पदाधिकारीको विदेश भ्रमण सम्बन्धी निर्देर्शिका २०७५ निर्देशिका नं.४ पदाधिकारीको विदेश भ्रमण गर्दा जिल्ला समन्वय समितीका प्रमुख र महानगरपालिकाका प्रमुखको हकमा नेपाल सरकार र अन्य पदाधिकारीको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेश भ्रमणको मनोनयन गर्ने व्यवस्था छ ।
तर नगर प्रमुख बाँनियाले भने नियम विपरित गर्दै गोश्वारा भौचर नम्बर ३७१, नगरपालिकाको चालु खर्च खाता २०८० फागुन २ मार्फत सो रकम भुक्तानी लिनुभएको छ । तर संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेश भ्रमणको लागी मनोनयन गरेको पत्र लेखापरिक्षणको क्रममा पेश हुन नआएकोमा नियम विपरित बाँनियाले आर्थिक अनियमिता गरि रकम भुक्तानी लिएको महालेखाको तथ्याकंमा देखाइएको छ ।
नगर प्रमुख बाँनियाले भ्रमण भत्ता बाफत लिएको रकम कानुन प्रक्रिया पुरा नगरेको हुँदा नियम विपरित अनियमित भएको महालेखापरिक्षकको लेखापरिक्षण प्रतिवेदन रिर्पोटले जनाएको छ ।
(महालेखा परिक्षकको रिर्पोट यस्तो छ)


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर