• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 18, Nov, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रामा देवीकाे मुर्ति

खप्तड मालिका न्युज October 6, 2025 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गाेविन्द्र राज तिमिल्सेना,बाजुरा: बाजुराकाे बडीमालिका नगरपालिका ७ मा रहेकाे धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रामा देवीकाे मुर्ति राखिएकाे छ ।

टाइगर हिलका नामले चिनिने बाजुराकाे धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रामा बडीमालिका नगरपालिका वडा नम्बर ७ काे आर्थिक सहयाेग र स्थानीयकाे सक्रियतामा आइतबार मुर्ति स्थापना गरिएको हाे ।

कालाजग्राकाे थप पर्यटन,प्रबर्द्धन गर्न तथा दर्शन गर्ने दर्शनार्थीलाई पुजाआजा गर्न सजिलाे हाेस् भन्ने उदेश्यका साथ देवीकाे मुर्ति स्थापना गरिएकाे बडीमालिका नगरपालिका ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताए ।

उनका अनुसार,वडाकाे करिब ३ लाख ५० हजारकाे लागतमा धनगढीबाट खरिद गरि मुर्ति स्थापना गरिएको बताएका छन् ।ढम्कने पदमार्ग हुँदै कालाजग्रासम्म महत्त्वपूर्ण सन्देश लेख्ने कार्य सम्पन्न पश्चात् देवीकाे मुर्ति स्थापना गरिएको पाध्यायकाे भनाइ छ। स्थापना गरिएको मुर्ति करिब ७५ देखि ८० केजीकाे रहेकाे छ ।

धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बाेकेकाे कालाजग्रामा बडीमालिका ७ नम्बर वडा तथा बडीमालिका नगरपालिकाकाे समन्वय, सहकार्य तथा सहयाेगमा पदमार्ग,(भ्युटावर)पुर्वाधार निर्माण, कालाजग्रा पर्यटन पर्वद्धन, वातावरण संरक्षण, लगायत विभिन्न जानकारी प्रदान गर्ने महत्त्वपूर्ण सन्देश लेख्ने कार्य गरि पर्यटन प्रबर्द्धनमा टेवा पुर्याईएकाे अध्यक्ष पाध्यायकाे भनाइ रहेकाे छ ।

देवीको पुजा हुने धार्मिक तथा पर्यटकीय क्षेत्र कालाजग्रामा देवीकाे मुर्ति स्थापनाले कालाजग्राकाे थप पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने बडीमालिका नगरपालिका ७ ढम्कनेका स्थानीय वसन्त राेकायाले बताए ।मुर्ति स्थापना पश्चात दैनिक पुजाआजामा सहज हुने उनकाे भनाइ छ।धार्मिक स्थलको रुपमा परिचित कालाजग्राकाे प्रचार,प्रसार तथा पर्यटन प्रबर्द्धन गर्न आवश्यक रहेकाे राेकायाले बताएका छन्।

साथै धार्मिक स्थलकाे त्यसको संरक्षण गर्न हामी सबैकाे कर्तव्य भएकाेले यस्ता धार्मिक स्थलकाे पर्यटन,प्रबर्द्धन र संरक्षणमा जोड दिन आवश्यक रहेकाे कुरामा उनले बताए । देवीकाे रुपमा परिचित धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रा समुद्री सतहबाट करिब ३२०० मिटरकाे उचाइमा अवस्थित रहेकाे छ । सदरमुकाम मार्तडीबाट २१ किलोमिटर पूर्वोत्तरतर्फ दुईटा पहाडको बीच भाग सिंहको आकृतिमा देखिन्छ ।

मनमोहक आकृति बोकेको कालाजग्रा हिमालको टुप्पो कालाजग्रा देवीको उत्पत्तिस्थल रहेको विश्वासका आधारमा जिल्लावासीले “कालाजग्रा देवी’’ का नामले श्रद्धा भक्तिपूर्वक पुकार्दै पुजा गर्ने गरेका छन्।हरेक बर्ष जनैपुर्णिमामा स्थानीयले त्यहाँ पुजा गर्ने गर्छन्।कालाजग्रा देवीकाे पुजा गर्दा घरमा सुख,शान्ती हुने,कुनै अनिष्ट,बाधा,अड्चन नआउँने,मनकाे मनाेकाङ्क्षा पूरा हुने,पुत्र नभएकालाई पुत्र लाभ हुने धार्मिक विश्वास रहि आएकाे छ ।

हिमालको शिरानीमा रहेको मन्दिर क्षेत्रले पर्यटकलाई तान्ने गरेकाे छ । कालाजग्रा अझै पर्यटन प्रबर्द्धन नहुँदा बाह्य पर्यटक भने कमै मात्रामा आउँने गरेका छन्। स्थानीय पर्यटन भने हजारौंकाे संख्यामा जाने गरेका छन्। जिल्लास्थित विभिन्न सरकारी कार्यालयका कर्मचारी,विभिन्न विद्यालयका शिक्षक,विद्यार्थी लगायत स्थानीय मनाेरञ्जन,घुमफिर तथा देवीकाे पुजाकाे लागी त्यहाँ जाने गर्छन्।

ढम्कने गाउँदेखि करिब डेढ घण्टाको उकालो चढ्दै कालाजग्रा गुफाताल पुगिन्छ ।गुफातालबाट करिब ४० मिनेटमा हिडेपछि मन्दिरमा पुग्न सकिन्छ । कालाजग्राकाे मुख्य आकर्षक भनेकै प्रकृतिको दुर्लभ उपहार झै लाग्ने चट्टान भित्रको गुफाताल र मन्दिर क्षेत्र हो । गुफाताल र मन्दिर क्षेत्रले कालाजग्राको शाेभा बढाएकाे छ ।

यहाँ घुम्न जाने पर्यटकको लागि,विभिन्न सुबिधाहरुको पनि ब्यबस्था गरिएको छ । कालाजग्रा गुफाताल मन्दिर सरक्षण तथा सम्बद्धन समिति गठन गरेर त्यहाँ घुम्न जाने पर्यटकको लागि विभिन्न प्रकारका पर्यटकलाई आबश्यक पर्ने सामाग्री पिकनिक भाडाकुडा,बाईनाकुलर,टेलिस्कोप पोशाक,पर्यटकलाई गाईट लाईन पुजा सामागी भरिया लगायत अन्य सेवा सुबिधा समेत रहेकाे छ ।

कालाजग्रामा २०७२ सालमा नेपाल सरकार प्रर्यटन मन्त्रालयकाे बजेट बाट कालज्ररा माईकाे मन्दिर, भिरमा गारेटाे बाटाे र गुफातालमा पुर्वाधार निर्माण गरिएको थियाे । त्यस्तै २०७७ मा स्थानीय सरकार वडाका वडा नं ७ का वडा अध्यक्षकाे पहलमा प्रदेश सरकारकाे बजेटबाट बाटाे रेलिङ र पि सि सि बाटाे निर्माण गरिएको थियाे।पछिल्लो समय कालाजग्रालाई थप विकसित बनाउदै लगिएकाे छ ।

चट्टान भित्रको अनौठो ताल र त्यही ताल माथि उभिएको पहाड,चारैतिरको धना जंगलले थप आकर्षित बनाएकाे कालाजग्रा क्षेत्रमा टेलिस्काेप र वाईनाकुलर समेत जडान गरिएको छ। सहज रुपमा वरपरका दृश्य उक्त सामाग्रीबाट नियाल्न सकिन्छ।भविष्य बोकेको गन्तव्यलाई अझै थप आकर्षीत र पर्यटकीय क्षेत्र बनाउन बडीमालिका नगरपालिका ७ नम्बर वडा कार्यालय कटिबद्ध रहेकाे छ ।

 

सम्बन्धित पोस्ट
  • प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने
  • राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने
  • भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं
  • बाजुराका प्रजिअ पाैडेलकाे तीन महिना नपुग्दै सरुवा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने

    राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

    भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

    समाचार

    प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने

    राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

    भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

    बाजुराका प्रजिअ पाैडेलकाे तीन महिना नपुग्दै सरुवा

    बाम्का बजारकाे गाथा समेटिएको साहित्यकार विष्टकाे काव्य लेख ‘प्रिय बाम्का’ सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑