
बाजुरा: सर्पकाे टाेकाईबाट बाजुराका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका चाैसाल निवासी सर्जन बुढा रहेका छन्।

४० बर्षिय सर्जनलाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उप- प्रमुख कमला कुमारी जैशी न्याैपानेले बताएकी छन्।
दृष्टिविहीन बुढालाई मङ्गलबार राती गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो ।टाेकेपश्चात उपचारकाे लागी सेती प्रादेशिक अस्पतालमा लगिएकाेमा उनकाे मृत्यु भएको बताईएकाे छ ।
चाैसाल निवासी स्थानिय कलाकार समेत रहेका सर्जन बुढा गाैरीगंगा नगरपालिकाकाे राजीपुरमा बस्दै आउँनु भएको थियाे। उहाँ अशक्त शरीरका साथै नेत्रहीन थिए ।
प्रतिभाशाली कलाकार, सुरिलो स्वरका धनी दृष्टिविहिन गायक सर्पको टोकाइबाट निधन भएको प्रती त्रिवेणी नगरपालिकाले दु:ख व्यक्त गरेकाे छ ।
प्रात:स्मरणीय सर्जन बुढा प्रती भावपुर्ण श्राद्धाञ्जली संगै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट समेत गरिएको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर