• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

कोल्टी आधारभूत अस्पतालाई ‘उत्कृष्ट स्वास्थ्य संस्था’को अवार्ड

खप्तड मालिका न्युज September 3, 2025 मा प्रकाशित (८ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा–  बाजुराको पुर्वी उत्तरी भेगको बुढिनन्दा नगरपालिका कोल्टीमा रहेको कोल्टी आधारभूत अस्पताल यस बर्षको ‘स्वास्थ्य खवर हेल्थ’अवार्ड अन्तर्गत स्वास्थ्य संस्था विधामा ‘उत्कृष्ट स्वास्थ्य संस्था’को रुपमा पुरस्कृत भएको छ।

विकट क्षेत्रका नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्दै आएको अस्पताललाई स्वास्थ्य खबर पत्रिकाको १६ औं वार्षिकोत्सव तथा १३ औं हेल्थ अवार्ड कार्यक्रममा ‘उत्कृष्ट स्वास्थ्य संस्था’ विधामा पुरस्कृत गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयनमा स्वास्थ्यखबर फाउन्डेसनले आयोजना गरेको स्वास्थ्य खबर हेल्थ अवार्ड चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, अभियान्ता र स्वास्थ्य संस्थालाई प्रदान गरिएको थियो जसमा उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा कोल्टी आधारभूत अस्पतालले अर्वाड प्राप्त गरेको हो। साथै स्वास्थ्य क्षेत्रमा नगर प्रमुखले देखाएको तदारुकता र निरन्तर योगदानको कदर गर्दै उनलाई पनि सम्मान गरिएको थियो।

माथिल्लो क्षेत्रका ४ वटा पालिका संगै छिमेकी जिल्ला हुम्ला,मुटु,कालिकोट गरि अन्य १७ पालिकाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालले उत्कृष्ट स्वास्थ्य संस्थाको अवार्ड प्राप्त गर्दा निकै खुसी लागेको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताए ।

आफु पालिकाको प्रमुखमा निर्वाचित भए पश्चात् नगरको स्वास्थ्य क्षेत्रको सुधारमा लाग्नुका साथै प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने संकल्प लिएर अगाडी बढेको परिणाम बल्ल देखिएको बताए।पहिले जहाज कुर्दाकुर्दै बिरामीको ज्यान जान्थ्यो तर अहिले ती समस्याहरु दुर भएका छन् । समस्यालाई झेल्दै आज कोल्टी अस्पतालले कोल्टो फेरेको र उपचार सेवामा दख्खल भएको उनले बताए ।

स्वास्थ्य सेवामा निरन्तर सुधार र सक्रिय नेतृत्वकै कारण अस्पताललाई अवार्ड प्रदान गरिएको नगर प्रमुख बोहराले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयोजक स्वास्थ्यखबर फाउन्डेसनलाई धन्यवाद दिएका हुन्।कोल्टी आधारभुत अस्पतालमा अहिले स्त्रीरोग विशेषज्ञ, ओटी नर्स, डिजिटल एक्स–रे, रक्तसञ्चार सेवा, एनेस्थेसिया, फार्मासिस्ट, रेडियोग्राफर, डेन्टल हाइजिनिष्ट, अप्थाल्मिक असिस्टेन्ट लगायतका जनशक्ति छन्।

गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स–रे, प्रयोगशालाको डिजिटलीकरण, अनलाइन प्रतिवेदन प्रणाली, डिजिटल बिलिङ सेवा जस्ता आधुनिक सुविधा सुरु भएका छन्।जुन नगरपालिकाको पहल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको सहकार्यमा यस्ता सेवाहरु सूचारू भएका हुन्।प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा रहेको कोल्टी अस्पताल अहिले आधारभूत अस्पतालमा परिणत भएको छ।

अस्पतालको स्तरोन्नति गरिदै अहिले आँखा सेवा, दन्त सेवा, आकस्मिक प्रसूति सेवा, अस्पताल फार्मेसी, फोहोर व्यवस्थापन, भवन मर्मत, खानेपानी तथा विद्युत् सेवा व्यवस्थापन जस्ता महत्वपूर्ण पहलहरू कार्यान्वयनमा आएका छन्।कोल्टी अस्पतालले अहिले दुर्गमका नागरिकलाई सुगम क्षेत्र बराबरको सेवा दिदै आएको छ ।

कोल्टी अस्पतालमा अहिले सिजेरियन शल्यक्रिया नियमित हुन्छ। जसले गर्दा विमान कुर्दाकुर्दै महिलाको ज्यान गुम्ने खवर हटेको छ। एक वर्षमा २० भन्दा बढी सिजेरियन यहीँ भएका छन्। अहिले दन्त, आँखाजस्ता विशेषज्ञ सेवा, ब्लड क्रस म्याच, एक्स–रे, भिडियो एक्स–रे, ल्याब सेवा उपलब्ध छन्। स्मार्ट हेल्थमार्फत टेलिहेल्थ सेवा र एआरटी सेवा पनि सुरु छन्।

विकासमा कोल्टो फेरेको बुढिनन्दा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा मात्रै नभई शिक्षा,सञ्चार,यातायात,खानेपानी,विकास निर्माण लगायत क्षेत्रमा ठुलो फड्को मारेको छ। कुनै बेला निकै नराम्रो देखिने कोल्टी अहिले सुगम तिरका शहर,बजार जस्तैः छ।यता नगर प्रमुख बोहराले कोल्टी अस्पताललाई संघीय सरकारबाट अपेक्षित सहयोग प्राप्त नभएको बताएका छन्।कोल्टी अस्पताल पालिकाको मात्र अस्पताल नभई सम्पूर्ण माथिल्लो क्षेत्रका पालिकाहरूको अस्पताल भएकोले प्रदेश र संघीय सरकारले यसलाई महत्वका साथ हेर्नुपर्ने बताएका छन्।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑