
गाेविन्द्र राज तिमिल्सेना,भाद्र १७,बाजुरा: जिल्लाको गौमुल गाउँपालिका वडा नम्वर ३ को अजयखोलामा बनेको बाजुराकै लामो र अग्लो झोलुङ्गे पुल यहाँका स्थानीयकाे लागी वरदान सावित बनेकाे छ।झोलुङ्गे पुल बने पछी यहाँका स्थानीयकाे घण्टौ हिड्नु पर्ने बाध्यताको अन्त्य भएको हाे।

गाउँपालिकाको समन्वय तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आर्थिक सहयोगमा स्थानीय पुर्वाधार विकास कार्यक्रमबाट अजयखोलामा पुल बनेपछी अहिले यहाँका स्थानीय र बिद्यार्थीलाई बिद्यालय जान निकै सहज हुँदै आएको छ । यो पुललाई “भाईरल पुल”उपनामले पनि चिन्न सकिन्छ ।
करिब २ सय ६० मिटर लामो झोलुङ्गे पुलले अहिले यहाँका बालबालिकाहरुलाई विद्यालयसम्म जान निकै सहज बनाएको हाे । अहिले पुल निर्माण भएपछि गर्जे,पाते,धल्काँडा,माझपाली लगायत ठाउँका स्थानीयलाई आवतजावतमा सहज हुनुका साथै राष्ट्रबाट प्राप्त हुने सेवा सुबिधा लिन वडा कार्यालय र जिल्ला सदरमुकाम मार्तडी सम्म पुग्न सहज भईरहेको स्थानीय गणेश बहादुर धामीले बताए ।
माझपाली र धल्काँडा लगायत गाउँलाई जोड्ने गरी पुल बनेपछि यहाँका स्थानीयलाई ठुलो राहत मिल्दै आएको हो ।वडा नम्वर ३ मा चार वटा गाउँ बस्ती छन्। ती बस्तीका झण्डै १ हजार ८ सय बढी जनसङ्ख्याले पुलको सेवा पाईरहेका छन्।
पालिकाको समन्वय,सहकार्यमा अजयखोलामा झोलुङ्गे पुल बनेपछी अहिले वडा नम्वर ३ का मात्र नभई अन्य वडाका व्यक्तिहरुलाई पनि आउजाउमा सहज हुँदै आएको गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले बताएकी छन्।
पुलको २०७९ मङ्सिरमा निर्माण सुरु भएर २०८१ वैशाखमा निर्माणको काम सम्पन्न गरिएको थियो । उक्त पुलको निवर्तमान प्रतिनिधि सभा सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लाल बहादुर थापाले रिवन काटेर औपचारीक रुपमा उद्धघाटन गर्नुभएको थियो ।
पुल बनेर सञ्चालनमा आएता पनि स्थानिय कामदारले पैसा नपाएको गुनासाे गरेका छन् । स्थानियले काम गरेकाे पैसा अझै उनिहरुले पाँउन सकेका छैनन्।रकम भुक्तानी नहुदा समस्या भईरहेकाे अंसमन चन्द्रोदय जे.वि निर्माण कम्पनी धनगढीका प्रतिनिधि तथा प्राबिधिक चेतन दाहालले बताए । कार्यलयबाट ५६ लाख ३० हजार भुक्तानि बाँकि रहेकाले कामदारको पैसा तिर्न नसेकेको उनले जानकारी दिए ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर